News Portal

कुवेतमा बेचिएकी सन्ध्या बिश्वकर्माको सकुशल उद्धार

हिमालीसंचार संवाददाता
७८६ पटक

कुवेत सिटी। एनआरएनए एनसीसी कुवेतका अध्यक्ष धिरेन सुवेदी (बिनोद कुंवर नेतृत्वको) लगायतको टिमको पहलमा कुवेतबाट पीडित सन्ध्या बिश्वकर्माको सकुशल उद्धार गरिएको छ।

उनी आज जजिरा एअरवेजको उडानबाट कुवेतबाट नेपाल उडेकी छिन। उनलाइ नेपालबाट ७५० केडीमा बेचिएको थियो। दुबइमा भिजिट भिषामा पुगेकी सन्ध्यासंग कुवेत पुग्न भने वर्किङ भिषा नै थियो र पुगे लगत्तै उनी घरेलु कामको करारमा बांधिएकी थिइन। तर उनले घरमा काम गर्न सकिनन र एनआरएनएको पहलमा बिशेषतः अध्यक्ष धिरेन सुवेदीले एजेन्टसंग सम्वाद गरी उद्धारलाइ सम्भव बनाउन मदत गरेका हुन।

सन्ध्या एक प्रतिनिधि पात्र मात्रै हुन, कुवेतमा यो नियती ब्यहोर्ने सैयौं नेपाली महिलाहरू रहेका छन, जो युएइमा भिजिटमा आइ अन्ततः कुवेत पुग्छन।

नेपाल सरकारले घरेलु काममा कुवेत जान प्रतिबन्ध लगाएकाले नेपालबाटै श्रम स्वीकृति लिइ कुवेत आउन सक्दैनन र नेपालको कानुन बमोजिम पाउनुपर्ने न्याय र सुरक्षा पाउन सक्दैनन। नेपाल सरकारले जान पनि नदिने, रोक्न पनि नसक्ने मौजुदा लाचारीको शिकार सन्ध्या जस्ता कैयन नेपाली महिलाहरू परि नै रहेका छन।

यो पनि पढ्नुहोस्।

कुवेतको दूतावासले नेपाली युवालाई भारतीय नागरिक बनाइदिएपछि ३ महिनादेखि कुवेतको जेलमा

ग्लोबल एनआरएनए कुवेतको अध्यक्षमा धिरेन्द्र राज सुवेदी निर्विरोध

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...