News Portal

चर्चित गायिका “मञ्जु पौडेल”लाई कुबेतको बिमानस्थलमा भब्य स्वागत

हिमालीसंचार संवाददाता
४८० पटक

कुबेत सिटी। सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ कार्यक्रमको लागि अथिती कलाकार चर्चित गायिका तथा कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” कुबेतको समय अनुसार बिहान् ७ बजे जजिरा एयरलाइन्सबाट कुवेत आईपुगेकी छन्।

अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थको लागि आयोजक नेपाल कुवेत साँस्कृतिक मन्च परिवार कुवेतमा कृयाशील नेपाली संस्थाका प्रतिनिधिहरु, पत्रकार साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो भने, आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र खादा दोसल्ला ओढाई बिमानस्थलमा भब्य स्वागत गरेका छन्।

पर्सि ८ तारिख शुक्रवारको दिन कुवेतस्थित इन्डियन स्कुल Aspire Indian International School जिलिबको हलमा आयोजना गर्न लागेको २२ औ तीज विशेष सांगीतिक धमाका २०२३ कार्यक्रमको लागि कुबेतमा क्रियाशील नेपाली संघसंस्था, पत्रकार, कलाकार, बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्णमा निमन्त्रणा गरिसकेको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजकले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने

मिति : ८ सेप्टेम्बरमा २०२३
समय : दिनको ठिक ०१ बजे
स्थान : Aspire indian international School
आयोजक : नेपाल कुवेत साँस्कृतिक मन्च

तस्बीर : विजय तामाङ 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...