News Portal

कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने

हिमालीसंचार संवाददाता
२३० पटक

धनगढी। कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने भएको छ। नगरपालिकाको वडा नम्बर १ मा “मिलाप बप्तिस चर्च“को नव निर्मित भवन उद्घाटन गर्दै नगर प्रमुख विरेन्द्र भट्टले चिहान घाट निर्माण गर्ने बताएका हुन्। गोदावरी नगरपालिकाको सहकार्यमा ४१ लाखको चर्चका लागि भवन निर्माण गरिएको हो।

भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख भट्टले कसैलाई जात, धर्मको आधारमा विभेद नगरिने बताए। उनले भने, ‘सबैले आ–आफ्नो आस्था, विश्वास धर्म सिदान्त अपनाउने अधिकार सबैलाई छ। त्यसैले नगरपालिकाले पनि सबैलाई समान अधिकार र नगरपालिकाबाट पाउने सेवा सुबिधा दिने छ।’

इसाई समाजले राखेको माग अनुसार गोदावरी नगरपालिकामा छुट्टै चिहान उपलब्ध गराउने उनले बताए। नगर प्रमुख भट्ट गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट जितेका हुन्। दिनेशखबरबाट।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...