News Portal

कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने

हिमालीसंचार संवाददाता
२७४ पटक

धनगढी। कैलालीको गोदावरी नगरपालिकाले इसाईका लागि चिहान बनाउने भएको छ। नगरपालिकाको वडा नम्बर १ मा “मिलाप बप्तिस चर्च“को नव निर्मित भवन उद्घाटन गर्दै नगर प्रमुख विरेन्द्र भट्टले चिहान घाट निर्माण गर्ने बताएका हुन्। गोदावरी नगरपालिकाको सहकार्यमा ४१ लाखको चर्चका लागि भवन निर्माण गरिएको हो।

भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख भट्टले कसैलाई जात, धर्मको आधारमा विभेद नगरिने बताए। उनले भने, ‘सबैले आ–आफ्नो आस्था, विश्वास धर्म सिदान्त अपनाउने अधिकार सबैलाई छ। त्यसैले नगरपालिकाले पनि सबैलाई समान अधिकार र नगरपालिकाबाट पाउने सेवा सुबिधा दिने छ।’

इसाई समाजले राखेको माग अनुसार गोदावरी नगरपालिकामा छुट्टै चिहान उपलब्ध गराउने उनले बताए। नगर प्रमुख भट्ट गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट जितेका हुन्। दिनेशखबरबाट।

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...