News Portal

कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

हिमालीसंचार संवाददाता
३७७ पटक

काठमाडौँ। वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौँको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारी रहेकी छन्।

अधिकारीले लोकराज भण्डारीलाई कतारमा आकर्षक तलब हुन्छ, रोजगारीमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम लिई सम्पर्कविहीन बनेको प्रहरीको भनाई छ।

वैदेशिक रोजगार विभागबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा प्रहरी टोलीले अधिकारीलाई बुधवार गंगबुबाट पक्राउ गरेको थियो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...