News Portal

कल्याणकारीको दशैं विशेष सांगीतिक धमाका अक्टोबर ६ मा हुँदै

हिमालीसंचार संवाददाता
६४३ पटक

कुवेत सिटी। कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैंकाे अवसर पारेर नेपालबाट निम्त्याईने अतिथि कलाकारहरू शान्ति श्री परियार, उर्गेन दोङ र आश्मा बिश्वकर्मासहितका कलाकारका साथमा सांगीतिक कन्सर्ट गर्ने भएको छ।

कल्याणकारीले आफ्नाे दाेश्रो सांगीतिक प्रस्तुतिकाे रूपमा आगामी ६ अक्टोबर २०२३ शुक्रबारका दिन कल्याणकारी सांगीतिक धमाका गर्न लागेको समाजका महासचिव आङ नोर्बु शेर्पाले हिमालीसंचारसँग कुरा गर्दै जानकारी दिएका हुन्।

महासचिव शेर्पाका अनुसार माहबुल्ला ब्लक १ स्ट्रिट १३४ स्थित अलिया इन्टरनेशनल हस्पिटलको नजिकै रहेको तथा नेपालीहरूकाे खुला फुटबल मैदानसँगको इन्नोभा इन्टरनेशनल स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सो कार्यक्रम गर्न लागिएको हो।

यस अघि चर्चित कलाकार दुर्गेश थापालाइ कुवेत ल्याएर कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सांगीतिक मनोरन्जन प्रदान गरेको कल्याणकारीले यस पटक पनि नेपालकी चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, त्यसै गरि गायक, कम्पोजनर तथा गीतकार उर्गेन दोङ र चर्चित डान्सर आश्मा बिश्वकर्मालाइ कुवेत ल्याई सांगीतिक धमाका गर्न लागेको हो।

अतिथि कलाकारहरूलाइ अनुबन्ध गरिसकेको कल्याणकारीले कार्यक्रम हलको पनि तय गरि सकेको छ भने कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउन सम्पुर्ण कुवेतवासीलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा रहेका कुनै पनि संघसंस्थाले कार्यक्रम नजुधाइदिनु हुन पनि आग्रह गरेको छ।

स्मरण रहोस, स्थापनाकालदेखि नै सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै आएको कल्याणकारी नेपाली युवा समाज कुवेतले समय समयमा विभिन्न खेलकुद प्रतियोगिताहरू गराउँदै आएको छ भने कुवेतमा रहेका हरेक संघसंस्थासँग हातेमालो र सहकार्य गर्दै आएको छ।

कार्यक्रमको विवरणः-

मिति : २०२३ अक्टोबर ६ शुक्रबार
समय : बिहान ११ बजे
स्थान : इन्नोभा इन्टरनेशनल स्कुल, माहबुल्ला, ब्लक १ स्ट्रिट १३४, अलिया इन्टरनेशनल हस्पिटल नजिक, नेपाली फुटबल खेल मैदानसँगै
कार्यक्रम : कल्याणकारी दशैं विशेष सांगीतिक धमाका २०२३

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...