News Portal

  • कल्याणकारीको दशैं विशेष सांगीतिक धमाका अक्टोबर ६ मा हुँदै

    हिमालीसंचार संवाददाता
    ५५७ पटक

    कुवेत सिटी। कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैंकाे अवसर पारेर नेपालबाट निम्त्याईने अतिथि कलाकारहरू शान्ति श्री परियार, उर्गेन दोङ र आश्मा बिश्वकर्मासहितका कलाकारका साथमा सांगीतिक कन्सर्ट गर्ने भएको छ।

    कल्याणकारीले आफ्नाे दाेश्रो सांगीतिक प्रस्तुतिकाे रूपमा आगामी ६ अक्टोबर २०२३ शुक्रबारका दिन कल्याणकारी सांगीतिक धमाका गर्न लागेको समाजका महासचिव आङ नोर्बु शेर्पाले हिमालीसंचारसँग कुरा गर्दै जानकारी दिएका हुन्।

    महासचिव शेर्पाका अनुसार माहबुल्ला ब्लक १ स्ट्रिट १३४ स्थित अलिया इन्टरनेशनल हस्पिटलको नजिकै रहेको तथा नेपालीहरूकाे खुला फुटबल मैदानसँगको इन्नोभा इन्टरनेशनल स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सो कार्यक्रम गर्न लागिएको हो।

    यस अघि चर्चित कलाकार दुर्गेश थापालाइ कुवेत ल्याएर कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सांगीतिक मनोरन्जन प्रदान गरेको कल्याणकारीले यस पटक पनि नेपालकी चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, त्यसै गरि गायक, कम्पोजनर तथा गीतकार उर्गेन दोङ र चर्चित डान्सर आश्मा बिश्वकर्मालाइ कुवेत ल्याई सांगीतिक धमाका गर्न लागेको हो।

    अतिथि कलाकारहरूलाइ अनुबन्ध गरिसकेको कल्याणकारीले कार्यक्रम हलको पनि तय गरि सकेको छ भने कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउन सम्पुर्ण कुवेतवासीलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा रहेका कुनै पनि संघसंस्थाले कार्यक्रम नजुधाइदिनु हुन पनि आग्रह गरेको छ।

    स्मरण रहोस, स्थापनाकालदेखि नै सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै आएको कल्याणकारी नेपाली युवा समाज कुवेतले समय समयमा विभिन्न खेलकुद प्रतियोगिताहरू गराउँदै आएको छ भने कुवेतमा रहेका हरेक संघसंस्थासँग हातेमालो र सहकार्य गर्दै आएको छ।

    कार्यक्रमको विवरणः-

    मिति : २०२३ अक्टोबर ६ शुक्रबार
    समय : बिहान ११ बजे
    स्थान : इन्नोभा इन्टरनेशनल स्कुल, माहबुल्ला, ब्लक १ स्ट्रिट १३४, अलिया इन्टरनेशनल हस्पिटल नजिक, नेपाली फुटबल खेल मैदानसँगै
    कार्यक्रम : कल्याणकारी दशैं विशेष सांगीतिक धमाका २०२३

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...