काठमाण्डौं। भारतका नवौं प्रधानमन्त्री स्व. पिभी नरसिंह राव सन् १९९१ देखि १९९६(1991-1996)सम्म प्रधानमन्त्री थिए। तत्कालीन अबस्थामा स्टक एक्सचेन्जका ब्रोकर हर्षद मेहता थिए। उनले प्रधानमन्त्री पिभी नरसिंह रावलाई पार्टि सहयोग स्वरुप भनेर १० मिलिएन भारु चन्दा दिएका रहेछनन्। प्रधानमन्त्री रावले उक्त रकम लियवापद तिन बर्ष जेल र १ लाख भारु जरिवाना तिर्नुपरेको थियो।
सन् २००० मा उनको मृत्यु भयो। बिधिले चलेका देशहरुमा कानूनले दोषी चिन्छ, ब्यक्ति चिन्दैन भन्ने नजिर बसायो। यस्तो नजिर यति नजिक छिमेकी मूलुकमा छ। तर हामी हेर्दैनौ ! जहां नराम्रा कामभयका हुन्छन् त्यसलाई हामीकहाँ उदाहरणको रुपमा लिने गरिन्छ र अन्य देशमा पनि राजनिति भित्र त्यस्तै हुने गरेको छ भन्दै दोषी उम्काउने, ठूलालाई जोगाउने सानातिना निरिहलाई सजाय दिने प्रचलन हाम्रो जस्तो अर्ध बिकशित मूलुकहरुमा हुने गर्छ। जसले गर्दा यहां अपराधले कानून चलाउछ कानूनले अपराधीलाई छुन सक्दैन यो दण्ड हीनताको पराकाष्ठा हो। नेपालमा अहिले यही भैरहेको छ।
प्रधानमन्त्री प्रचण्डज्यूले धेरै बोल्नु भयो म कुनैपनि भ्रष्टाचारी, जतिनै ठूला भएपनी कोसैलाई छोडदिन, प्रत्येक भ्रष्टाचारका फाईलहरु खोल्ने छु। अहिले त टेलर मात्र हो पुरा फिल्म देखाउन बांकि नै छ। जनता त्यो पूर्ण फिल्म हेर्न चाहन्थे। किनकी यो देशलाई कंगाल बनाउने, महांरोग भनेकै देशमा बिकसित हुदै गएको, बिकराल रुपमा मौलाएको भ्रष्टाचार नै हो भ्रष्टाचारले जनताको जिवनस्तरलाई तहसनहस बनाएको छ। यस्को अन्त्य नभयसम्म जनताले सुख पाउनेवाला छैन र राष्ट्र सुरक्षित रहन सक्दैन,” समृद्ध नेपाल सुखी जनताको ” नारा त्यो देखाउने दांत मात्र हो। यत्रा काण्डमा मुछिएका भिडियो च्याटमा कुरागरेका अडियोहरु आईनै रहदा पनि मुछिएका ब्यक्तिहरुलाई सोधपुछको दाएरामा समेत ल्याउन नसक्ने सरकारले ठुला कुरा गर्नु बेकार जनतामा भ्रम छर्नु मात्र हो। त्यसैले जनतालाई बिश्वास लागेको थिएन, पद र शक्तिमा भएका मानिसले थोरै बोल्छ, धेरै काम गर्छ।
जस्ले धेरै बोल्छ उसले काम गर्दैन यो सत्य हो। यहाँ फरियावाद, नाता, कृपाबाद र लेनदेनमा कानून किनबेच हुन्छ, न्यायका नाममा कमजोरलाई फसाएर शक्तिशाली जोगाउने काम हुन्छ त्यहां पत्याउन सक्ने अबस्था नै देखिन्न। तर पनि सारै झिनो आशा जनतामा थियो। कतै आफ्ना हिजोका गल्ती, कमिकमजोरीलाई धोइपखाली गर्न खोज्नु भयको पो होकी ? भनेर, तर हामिलाई थाहा थियो, प्रधानमन्त्री प्रचण्डज्यूको यो ठूलाठूला कुरागरेर अरुलाई तर्साउने र आफ्नो शत्ता टिकाउने खेल मात्र हो। उहां भन्दा पक्का खेलाडी, शत्ताको बागडोर सम्हालीसकेका, अनुभबी खप्पिस अरु थिए, प्रचण्डजीको कमजोर सानो पार्टिको उपस्थितिले गर्न सक्ने सम्भावना थियन, उहांको डगंकार मात्र ठूलो हो, अरुले उहांको बेग कहांसम्म पुग्न सक्छ भनेर हेरिरहेका थिए। जब खतराको घण्टी आफ्नै पट्टी भित्र गुन्जन थाल्यो, फिल्मलाई मध्यान्तरसम्म पनि नपुर्याई लाचार हुन पुग्नु भयो।
मूलुकमा बाढि, पहिरोले जनताको धन, जनको क्षेति भएको छ। बस्ने बास छैन, खाने गांस छैन तर सरकारको ध्यान त्यता जांदैन, १ कुन्टल सुन काण्डमा सबैको ध्यान केन्द्रित गराएर अन्य कैयन तस्करिका सामान भित्री सकेका होलान्, यस्ता कुन्टलका, कुन्टल सुन यही १८ महिना भित्रमा १७ सय कूइन्टल आईसकेको छ भन्ने समाचार ब्यापक आएकै छ। यस्का साथमा कतिपय खतरनाक सामानहरु आएका नहोलान् भन्न सकिन्न भन्नेहरुको संख्या कम छैन, तर सुन्ने कस्ले, सुन्ने निकायहरु नै सबै यहि धन्दामा संलग्न भएका फोटा, अडियो, भिडियो देखिएको छ। हिजो मात्र अर्का अध्यागमनका निर्देशक झलकनाथ अधिकारी र दावा छिरिङबिच भएको कुरा अडियो बाहिरियो, उनलाई मन्त्रालयमा फिर्ता बोलाएको समाचार छ। यो दावा छिरिङलाई काभ्रेबाट नागरिक्ता दिलाउने ब्यक्ति को हो ? त्यो पनि पत्ता लगाउन जरुरी छ।
यसरी आ-आफ्ना पालामा यस्ता दर्जनौं काण्डहरुमा संलग्न नभएको र ४ दर्जन भन्दा बढी काण्डमा नमुछिएका कुनै पूर्व प्रधानमन्त्रीहरु, गृहमन्त्री, अर्थमन्त्री छैनन् , सबैलाई जेलहाल्न सक्ने क्षमता यो सरकारमा थियो ? कदापी थिएन, केही हिम्मत गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूले देखाउनु भएको हो। तर उहालाई आफ्नै पार्टीभित्रका तत्त्वलगायत ठूला पार्टिका सबै नेताहरु एक जुट भए, त्यसमा पनि यति, ललिता निवास, सुन, नक्कली भुटानी शरणार्थी प्रकरण नागरिक बेच्नेसम्मका अपराधिक काण्डलाई पनि माथ गर्ने, गिरिबन्धु टी स्टेटको फाईल खुल्न लागेपछी प्रतिपक्ष बिक्षिप्त हुदै एकले अर्कोको पोल खोलाखोलको धम्की सुरू गर्दै एकजुट भैहाले, सत्ता पक्ष, प्रतिपक्ष सबैलाई एक अर्कोको कमजोरी थाहा भएकोले फिल्मको सुटिङ नै बन्द हुने अबस्थामा पुग्यो। सर्पको खुट्टा सर्पलाईनै देख्छ भन्ने प्रमाणित भयको छ। अब कस्ले कस्लाई कार्वाही गर्ने ?
एकमहिना बन्द भएको संसद खोलेको दिन अझै रमाईलो झांकी एकले अर्कोलाई बधाई साटासाट गर्दै निकै ठूलो लडांइमा बिजय हांसिल गरेर आए जस्तो रमिता देखियो। भित्र तिन ठुला पार्टीहरुबिच सहमति भए अनुसार अहिलेसम्म जति भयो-भयो अब यस भन्दा अगाडी नबढ्ने र सबै काण्डका फाईल लगायत गिरिबन्धु टी स्टेटको फाईल सदाका लागि बन्द गर्ने सहमति भएको कुरा बाहिर निस्किदै गर्दा प्रतिपक्षका नेताजीले पत्रकारहरुलाई प्रफुल्ल मुद्रामा दिएको जवाफ प्रष्ट देखियो। यसरी देश अन्तराष्ट्रिय अपराधिक गिरोहको उर्वरा स्थल बन्दै गएको छ।
नेता बिदेशी-स्वदेशी गिरोह, माफियाहरुको पन्जामा पुरै जकेडी सकेको अबस्थाले सरकार त्यो गिरोहबाट बाहिर निस्कन सक्ने स्थिति देखिदैन। यो त इन्जिन थोत्रिसकेको गाडी खिरिखिरी चलेको जस्तो अबस्थामा छ। कहां पुगेर झ्याप्पै बन्द हुने हो थाहा छैन। त्यस्तै हाम्रा नेताहरुले चलाएको गणतान्त्रिक शासन कहां पुगेर देश दुर्घटनामा पार्ने हो। भन्न सकिन्न अब जनताले सहेर बस्न हुदैन यसका बिरुद्ध जनता एक जुट भएर देश बचाउन अगाडी बढन ढिलो गर्नुहुँदैन।
जय नेपाल।
(लेखिका थापा पूर्व सांसद हुनुहुन्छ।)