News Portal

एलिना चौहान र खेम सेन्चुरीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

हिमालीसंचार संवाददाता
३७६ पटक

कुवेत सिटी। लुम्बिनी समाज नेपाल कुवेतद्वरा आयोजित ११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३ ´सांस्कृतिक कार्यक्रमको लागि अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी गायिका एलिना चौहान र लोकप्रिय गायक खेम सेन्चुरी। कुबेतको समय अनुसार मध्याह्न १२:३० बजे कुवेत आईपुगेको छ।

अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँहरुको स्वागतार्थको लागि आयोजक लुम्बिनी समाज नेपाल कुवेत परिवार कुवेतमा कृयाशील नेपाली संस्थाका प्रतिनिधिहरु, पत्रकार साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो भने, आगमनमा वहाँहरुलाई पुष्पगुच्चा दिई र खादा दोसल्ला ओढाई बिमानस्थलमा भब्य स्वागत गरेका छन्।

 

पर्सि ११ तारिख शुक्रवारको दिन कुवेतस्थित इन्डियन सेन्ट्रल स्कुल जिलिबको हलमा आयोजना गर्न लागेको मेगा म्युजिक शो २०२३ कार्यक्रमको लागि कुबेतमा क्रियाशील नेपाली संघसंस्था, पत्रकार, कलाकार, बुद्धिजिवी, समाजसेवी, तथा सम्पूर्णमा निमन्त्रणा गरिसकेको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजकले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको थप जानकारी :-

आयोजक : लुम्बिनी समाज नेपाल कुवेत
मिति : अगस्त ११ शुक्रवार २०२३
स्थान : इन्डियन सेन्ट्रल स्कुल जिलिब कुवेत।

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...