आज : २०२६-०६-१०, बुधबार

लुम्बिनी मेगा म्युजिक कार्यक्रमको लागि अतिथी कलाकार बुधबार कुवेत आइपुग्ने

कुवेत– लुम्बिनी समाज नेपाल कुवेत को “लुम्बिनी मेगा म्युजिक कार्यक्रमको सोमा चर्चित कलाकारहरु ‘धोकेबाज हौ तिमी”गायिका एलिना चौहान र कमाउनेनी हो रमाउनेनी हो गायक खेम सेन्चुरि, सांस्कृतिक कार्यक्रमको लागि यही आउदो बुधबार अगस्त ९ तारिक कुवेतको समय अनुसार बिहानको ठीक १० बजे जजिरा एयरलाइन्स हुँदै कुवेत आइपुग्ने लुम्बिनी समाज नेपाल कुवेतको अध्यक्ष नेत्र पेमी मगरले जानकारी दिए।

अतिथि कलाकारहरुलाई स्वागतको लागि कुवेतमा कयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी,पत्रकार, कलाकार, खेलाडी, साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यही आँउदो बुधबार अगस्त ९तारिक कुबेतको समय अनुसार बिहानको ठीक १० बजे अन्तराष्ट्रिय बिमानस्थलमा आइदिनहुनको लागी लुम्बिनी समाज नेपाल कुवेत का अध्यक्ष नेत्र पेमी मगरले अनुरोध गरेका छन्।

कार्यक्रमको थपविवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ११ अगस्ट २०२३, शुक्रबार
समय : बिहान ११ बजे देखी
सम्पर्क : 98850735, 65539781, 60753849, 66970376, 97267041