News Portal

बझाङको बुङ्गल नगरपालिकाका आईटी अफिसरले स्थानीय युवालाई बीच बजारमै भकुरे

हिमालीसंचार संवाददाता
३७३ पटक

कैलाली। बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन्। नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन्।

रामचन्द्रले बुधबार दिउँसो कार्यालय समयमा समेत नगरपालिकामा कोही कर्मचारी नभएको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए। सोही भिडियो किन राखेको भन्दै कार्कीले आफूलाई आक्रमण गरेको जोशीले बताए। कार्कीको हातपातले आफ्नो छाती र औँलामा चोट लागेको उनले जानकारी दिए।

जोशीमाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। राजनीतिक पहुँचकै भरमा कार्की नगरपालिकाको सूचना तथा प्रविधि शाखाको प्रमुखमा नियुक्त भएको जोशीको आरोप छ। उनले योग्यताको विषयमा समेत बेला-बेलामा प्रश्न उठाउँदै आएका छन्। तर, मेयरदेखि अन्य राजनीति नेतासँग बलियो पहुँच बनाएका उनीमाथि कसैले पनि छानबिन नगरेको जोशीले बताउँदै आएका थिए।

नगरपालिकाले रिक्त दरबन्दीमा स्थायी पदपूर्तिको लागि लोकसेवा आयोगलाई कोटा पठाउन सक्ने व्यवस्था हुँदाहुँदै जनप्रतिनिधिले आफू निकटलाई जागिर लगाउन करार कर्मचारी भर्ती गर्ने गरेको आरोप लागिरहेको छ।

महालेखा परीक्षकको कार्यालयले यसअघि पनि करार कर्मचारी राखेकोमा प्रश्न उठाउँदै आएको छ। यस्ता कर्मचारी पाल्नकै लागि वार्षिक नगरपालिकाको डेढ करोडसम्म खर्च हुने गरेको महालेखाले औंल्याएको छ।

बुधबार रामचन्द्रले खिचेको कार्यकालको भिडियोमा कोही पनि कर्मचारी र जनप्रतिनिधि अफिसमा देखिँदैनन्। कार्यालय समयमै एक जना पनि कर्मचारी नभेटेपछि नगरपालिकाको सेवा प्रवाह र जनप्रतिनिधिको भूमिकामै प्रश्न उठेको छ।

यता मेयर जयबहादुर धामीले भने उनीहरुबीच केही समय अघिबाटै विवाद र झगडा सुरु भएको बताए। उनले भने, ‘हिजोको घटनामा पनि नगरपालिकाको विषय होइन। उहाँहरू छिमेकी पनि हो। उहाँहरूको पुरानै झगडा हो।’

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...