News Portal

बझाङको बुङ्गल नगरपालिकाका आईटी अफिसरले स्थानीय युवालाई बीच बजारमै भकुरे

हिमालीसंचार संवाददाता
३३३ पटक

कैलाली। बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन्। नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन्।

रामचन्द्रले बुधबार दिउँसो कार्यालय समयमा समेत नगरपालिकामा कोही कर्मचारी नभएको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए। सोही भिडियो किन राखेको भन्दै कार्कीले आफूलाई आक्रमण गरेको जोशीले बताए। कार्कीको हातपातले आफ्नो छाती र औँलामा चोट लागेको उनले जानकारी दिए।

जोशीमाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। राजनीतिक पहुँचकै भरमा कार्की नगरपालिकाको सूचना तथा प्रविधि शाखाको प्रमुखमा नियुक्त भएको जोशीको आरोप छ। उनले योग्यताको विषयमा समेत बेला-बेलामा प्रश्न उठाउँदै आएका छन्। तर, मेयरदेखि अन्य राजनीति नेतासँग बलियो पहुँच बनाएका उनीमाथि कसैले पनि छानबिन नगरेको जोशीले बताउँदै आएका थिए।

नगरपालिकाले रिक्त दरबन्दीमा स्थायी पदपूर्तिको लागि लोकसेवा आयोगलाई कोटा पठाउन सक्ने व्यवस्था हुँदाहुँदै जनप्रतिनिधिले आफू निकटलाई जागिर लगाउन करार कर्मचारी भर्ती गर्ने गरेको आरोप लागिरहेको छ।

महालेखा परीक्षकको कार्यालयले यसअघि पनि करार कर्मचारी राखेकोमा प्रश्न उठाउँदै आएको छ। यस्ता कर्मचारी पाल्नकै लागि वार्षिक नगरपालिकाको डेढ करोडसम्म खर्च हुने गरेको महालेखाले औंल्याएको छ।

बुधबार रामचन्द्रले खिचेको कार्यकालको भिडियोमा कोही पनि कर्मचारी र जनप्रतिनिधि अफिसमा देखिँदैनन्। कार्यालय समयमै एक जना पनि कर्मचारी नभेटेपछि नगरपालिकाको सेवा प्रवाह र जनप्रतिनिधिको भूमिकामै प्रश्न उठेको छ।

यता मेयर जयबहादुर धामीले भने उनीहरुबीच केही समय अघिबाटै विवाद र झगडा सुरु भएको बताए। उनले भने, ‘हिजोको घटनामा पनि नगरपालिकाको विषय होइन। उहाँहरू छिमेकी पनि हो। उहाँहरूको पुरानै झगडा हो।’

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...