News Portal

बागमती प्रदेश प्रहरी गणमा एसपीबाट ‘कुटिए’ प्रहरी जवान

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौं। बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप लागेको छ।

गणमा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई खड्काले कुटपिट गरेको आरोप लागेको हो। गणमा कार्यरत १ जना जुनियर अधिकृतका अनुसार शनिबार बिहान सबैका सामुन्ने एसपी खड्काले जवानद्वयलाई कुटपिट गरेका हुन्।

नेपाललाइभसँग कुरा गर्दै एसपी खड्काले प्रहरी जवान भण्डारी र अधिकारीलाई कुटपिट गरेको नभइ सचेत गराएको दाबी गरेका छन्। ‘कुटपिट गरेको होइन। सचेत गराइएको हो,’ एसपी खड्काले भने।

गण स्रोतका अनुसार प्रहरी जवान भण्डारी र जवान अधिकारी शुक्रबार राति मोटरसाइकल दुर्घटनामा परेका थिए। दुवै जनाले मदिरा सेवन गरेर जानजान मोटरसाइकल दुर्घटना गराएको भन्दै एसपीले कुटपिट गरेका नेपाल लाइभको सम्पर्कमा आएका गणका एकजना जुनियर अधिकृतले जानकारी दिए।

‘उनीहरु (जवान भण्डारी र अधिकारी) शुक्रबार राति साथीको जन्मदिनको पार्टीमा जाने भनेर गएका थिए। फर्किँदा मोटरसाइकल दुर्घटनामा परेछ। सोही विषयलाई लिएर एसपी सापले आज (शनिबार) बिहान दुवै जनालाई कुटपिट गर्नुभयो,’ नेपाल लाइभको सम्पर्कमा आएका ती जुनियर अधिकृतले भने।

एसपी खड्काले भण्डारी र अधिकारीले जानजान दुर्घटना गराएको दाबी गरे। ‘बिना जानकारी बाहिर गएर मोटरसाइकल दुर्घटना गराएपछि केरकार गरेर सचेत गराइएहो हो,’ एसपी खड्काले भने।

एसपी खड्काको कुटपिटबाट जवान भण्डारीको कानमा चोट लागेको बताइएको छ। अहिले दुवै जनालाई आफूले अस्पताल पठाउने व्यवस्था गरेको एसपी खड्काको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...