News Portal

बागमती प्रदेश प्रहरी गणमा एसपीबाट ‘कुटिए’ प्रहरी जवान

हिमालीसंचार संवाददाता
२९४ पटक

काठमाडौं। बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप लागेको छ।

गणमा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई खड्काले कुटपिट गरेको आरोप लागेको हो। गणमा कार्यरत १ जना जुनियर अधिकृतका अनुसार शनिबार बिहान सबैका सामुन्ने एसपी खड्काले जवानद्वयलाई कुटपिट गरेका हुन्।

नेपाललाइभसँग कुरा गर्दै एसपी खड्काले प्रहरी जवान भण्डारी र अधिकारीलाई कुटपिट गरेको नभइ सचेत गराएको दाबी गरेका छन्। ‘कुटपिट गरेको होइन। सचेत गराइएको हो,’ एसपी खड्काले भने।

गण स्रोतका अनुसार प्रहरी जवान भण्डारी र जवान अधिकारी शुक्रबार राति मोटरसाइकल दुर्घटनामा परेका थिए। दुवै जनाले मदिरा सेवन गरेर जानजान मोटरसाइकल दुर्घटना गराएको भन्दै एसपीले कुटपिट गरेका नेपाल लाइभको सम्पर्कमा आएका गणका एकजना जुनियर अधिकृतले जानकारी दिए।

‘उनीहरु (जवान भण्डारी र अधिकारी) शुक्रबार राति साथीको जन्मदिनको पार्टीमा जाने भनेर गएका थिए। फर्किँदा मोटरसाइकल दुर्घटनामा परेछ। सोही विषयलाई लिएर एसपी सापले आज (शनिबार) बिहान दुवै जनालाई कुटपिट गर्नुभयो,’ नेपाल लाइभको सम्पर्कमा आएका ती जुनियर अधिकृतले भने।

एसपी खड्काले भण्डारी र अधिकारीले जानजान दुर्घटना गराएको दाबी गरे। ‘बिना जानकारी बाहिर गएर मोटरसाइकल दुर्घटना गराएपछि केरकार गरेर सचेत गराइएहो हो,’ एसपी खड्काले भने।

एसपी खड्काको कुटपिटबाट जवान भण्डारीको कानमा चोट लागेको बताइएको छ। अहिले दुवै जनालाई आफूले अस्पताल पठाउने व्यवस्था गरेको एसपी खड्काको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...