News Portal

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

ध्रुव बीसी क्षेत्री
३६४ पटक

अछाम। अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्। घटनामा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विकको मृत्यु भएको हो।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– २ बाट मलामी बोकेर बेलखेततर्फ जाँदै गरेको से १ त ६७५६ नम्बरको ट्रयाक्टर मध्यपहाडी लोकमार्गअन्तर्गत कालिकास्थानमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते ३४ जनामध्ये २४ जनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ।

गम्भीर घाइते पञ्चदेवल विनायक नगरपालिका– ६ का १५ वर्षीय लोकेन्द्र विक र ११ वर्षीय दमन विकलाई नेपालगन्ज रिफर गरिएको छ। पञ्चदेवल विनायक नगरपालिकाकै वडा नम्बर ६ का १६ वर्षीय खम्ब विकलाई अछामको बयलपाटा अस्पताल लगिएको छ। घाइते ७ जना भने विनायकमै सामान्य उपचार गरी घर फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार मंगलसेनमा उपचार गराइरहेका २४ जना खतरामुक्त छन्। विनायकदेखि बेलखेत जाने क्रममा घुम्तीमा मोड्ने क्रममा ट्रयाक्टरको ट्रलीले लोड धान्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...