News Portal

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

ध्रुव बीसी क्षेत्री
४०० पटक

अछाम। अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्। घटनामा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विकको मृत्यु भएको हो।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– २ बाट मलामी बोकेर बेलखेततर्फ जाँदै गरेको से १ त ६७५६ नम्बरको ट्रयाक्टर मध्यपहाडी लोकमार्गअन्तर्गत कालिकास्थानमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते ३४ जनामध्ये २४ जनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ।

गम्भीर घाइते पञ्चदेवल विनायक नगरपालिका– ६ का १५ वर्षीय लोकेन्द्र विक र ११ वर्षीय दमन विकलाई नेपालगन्ज रिफर गरिएको छ। पञ्चदेवल विनायक नगरपालिकाकै वडा नम्बर ६ का १६ वर्षीय खम्ब विकलाई अछामको बयलपाटा अस्पताल लगिएको छ। घाइते ७ जना भने विनायकमै सामान्य उपचार गरी घर फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार मंगलसेनमा उपचार गराइरहेका २४ जना खतरामुक्त छन्। विनायकदेखि बेलखेत जाने क्रममा घुम्तीमा मोड्ने क्रममा ट्रयाक्टरको ट्रलीले लोड धान्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...