News Portal

प्रधानमन्त्रीज्यूको अभिब्यक्तिले जन्माएको संकट

"प्रस्ट रुपमै भनेका छन्, मलाई प्रधानमन्त्री बनाउन प्रितमजीले धेरै मिहिनेत गर्नुभयो जसको लागि बारम्बार देल्ली धाउनुभयो र यहाका पार्टीहरुसंग समेत कुरा राख्नुभयो" जसको भिडियो नै सबैसंग छ।

कमला थापा
४९२ पटक

काठमाण्डौं। देश हाँक्ने नेताहरुमा बढदै गएको गैरजिम्मेवारीपनले देशलाई अस्थिरतामा मात्र होइन संकटमा पारिसके, जहां बोल्यो त्यही बिबाद उत्पन्न गराउने, गलत मनोबृत्ति भएका, कुनै भिजन, मिसन, देशको अस्मिता राष्ट्र, राष्ट्रियता, भूगोल, जनताप्रति उत्तरदायी नभएका पार्टीहरुले पहिला‌ आफ्नो देश, त्यसपछि मात्र पार्टि भन्ने भावना बिर्सिएर, बुझपचाएर देशलाई असुरक्षित बनाउदै लगेका छन्, राष्ट्र नै सर्बोपरी हो भन्ने, कुनै पनि पार्टिहरुको शिधान्त भित्र नहूदा यिनिहरुको भबिष्य त धरापमा पर्छ, देशलाई समेत असुरक्षित बनाएर जादैछन्, राष्ट्र नै प्रमुख हो भन्ने शिद्वान्त बोकेको नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टी समेत माओबादी, कम्युनिष्टहरुलाई बोकेर आफ्नो कतर्ब्यबाट बिमूख हुदै गएका कारण यो देशको धर्म, संकृति, मात्र होइन देशको स्वाभिमान, सार्वभौम सत्ता सम्पन्न, स्वतन्त्र राष्ट्र, ईतिहांसमा कहिले बिदेशीको गुलाम नभएको देश नेपाल, आज नेताहरु बिदेशीका गुलाम बनेर देशमाथि घात गर्न अग्रसर भएका छन्।

प्रधानमन्त्री प्रचण्डज्यूले ब्यापारी सरदार प्रितम सिंहकी छोरीद्वारा लिखित पुस्तक बिमोचनमा बोलेको राष्ट्रघाती अभिब्यक्तिले उनलाई फेरी ठूलो बिवादमा तानेको छ, यो कुनै बिवादका लागि , बिवाद बनाईएको कुरा नभै, उनले स्पष्टताका साथ मनभित्र लुकाउदै आएको कुरा अन्तरआत्माले बोलेको हो, उक्त समारोहमा उनले “प्रस्ट रुपमै भनेका छन्, मलाई प्रधानमन्त्री बनाउन प्रितमजीले धेरै मिहिनेत गर्नुभयो जसको लागि बारम्बार देल्ली धाउनुभयो र यहाका पार्टीहरुसंग समेत कुरा राख्नुभयो” जसको भिडियो नै सबैसंग छ। उक्त भिडियोमा प्रितमजी दंग भएर हांस्नु भएको पनि के झुठ नै हो ? एउटा देशको प्रधानमन्त्रीले आफुले बोलेको कुरालाई होइन मैले अर्कै सन्दर्भ भन्न खोजेको भन्न मिल्छ ? यतिसम्म झुट बोलेर जनतालाई बेबकुफ बनाउन खोज्ने ? तपाई बन्न सक्नु होला, तर जनतालाई बनाउन सक्नु हुन्न, नेताहरु सबैलाई हेक्का रहोस, राष्ट्रपतिको चुनाब गर्ने बेलामा पनि यस्तै एकजना भारतीय बिद्वान प्राध्यापकले फलाना-फलाना भनेर ४ जना ब्यक्तिहरुको नाम दिएका थिए, त्यस्तै नेपालका लागि पूर्व राजदूत “रन्जित रे” ले लेखेको बिवादाष्पद पुस्तकको उदघाटन पनि पहिला प्रचण्डज्यूले नै गर्नु भएको थियो, यसरी नेताहरुले आफूलाई बेचेर प्रधानमन्त्री बनेका कुराहरु जनताहरु माझ लुकेको थिएन, आज प्रधानमन्त्री प्रचण्डज्यू स्वयमले प्रष्ट साबित गर्नु भयो।

राष्ट्रियता नेताहरुबाटै संकटमा पर्दैछ, यस्तो प्रधानमन्त्रीलाई बोकेर गठबन्धन सरकारको ठूलो दल नेपाली कांग्रेस आफ्नो परिवार, आफ्ना नजिकका मानिसहरू जोगाउने झिनो प्रलोभनमा फसेर हिजोमात्र गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा गर्नु पर्दैन भन्ने निर्णय गर्यो, के यो नेपाली कांग्रेस जस्तो जिम्मेवार ऐतिहासिक, पार्टिलाई सुहाउछ ?

प्रधानमन्त्री जस्तो ब्यक्तिले बोलेको कुरा कुनै पनि हालतमा ब्यक्तिगत हुन सक्दैन, यसले मित्र राष्ट्र भारतलाई समेत हित गर्दैन, ऐतिहासिक संबन्ध रहेको, दुई देशका जनजनसम्म रहेको सम्बन्ध, मित्र भाबलाई बिवादमा तानिरहन्छ, सिमाना बिवाददेखी हरेक काममा हस्तक्षेपकारी भूमिकाले गर्दा त्यसैपनि चिसिंदै गएको सम्बन्धलाई सुधार गर्दै बिश्वासको बातावरण बनाउनु पर्नेमा, यस्ता पद लोलुप ए-काद नेता बोक्दैमा नेपाल कमजोर बनाउन सकिन्छ भन्ने हिन भावनाबाट मित्र राष्ट्र मुक्त हुन जरुरी देखिन्छ, प्रधानमन्त्रीले पनि आफ्नो राजनितिलाई दिगो बनाउनु छ भने यत्रो बिवाद आईसकेपछि अरुले माग्नु भन्दा आफैले नैतिकताको आधारमा राजिनामा दिनु उपयुक्त देखिन्छ, त्यस्तै नेपाली कांग्रेसले यस्ता कम्निस्ट चलचित्रलाई कांधमा बोकिरहनु भनेको आफै सिद्धिनु हो, भन्ने कुरा बुझ्न अब धेरै ढिलो नगर्दा राम्रो होला।

प्रतिपक्षले प्रधानमन्त्रीको राजीनामा माग्नु प्रतिपक्षको कर्तव्य र धर्म हो, त्यती नगर्ने हो भने संसद निरंकुश र एकतन्त्रीय शासन प्रणाली जस्तो भैहाल्छ, तर प्रतिपक्षका नेता केपी ओलीज्यू चांहि एकदमै दुधले नुहाएका चोखा हुन्, त्यो पनि होईन, उनी दुई तिहाईको प्रधानमन्त्री हुदां भारतीय जासुसी संस्थाका प्रमुखलाई आफ्नो सयन कक्षमै भेटेर के-के कुरा गरे त्यस्को जानकारी आजसम्म सार्बभौम संसद र जनताले पाएका छैनन्, के त्यो राष्ट्रिय सरोकारको विषय थिएन ? देशको प्रधानमन्त्रीले त्यसो गर्न पाईन्छ कि पाईदैन ? त्यस्तै अर्को भारतीय पत्रकार प्रधानमन्त्री केपी ओलीजीलाई भेटेको भोलिपल्टै हेलीकप्टर लिएर नेपालको सम्बेदनशिल स्थान सगरमाथाको बेस क्याम्प पुगे, कस्को अनुमति लिएर ? आजसम्म त्यो अनुत्तरित नै छ, यसरी देश, राष्ट्र र जनताको सार्वभौम अधिकारमाथी खेलवाड गर्दै, प्रधानमन्त्री छोडनु परेको पिडाको ह्यांग ओभरबाट मुक्त हुनुभएको छैन, आफुहरु माथी संकट आयो भने सबै पार्टीहरु एक हुन्छन्, जनताको पक्षमा हुने छैनन्, यो उहांहरुको चरित्रले अहिलेसम्म साबित गरेको कुरा हो, तर प्रधानमन्त्रिले राजिनामा गर्नुपर्छ यो सवाल राष्ट्रिय अस्मिताको हो, प्रधानमन्त्रीज्यूले बोल्नुभएको भिडियो सामाजिक संजालमा छ्या्छ्याप्ती देख्न सकिन्छ।

(लेखिका थापा नेपाली कांग्रेसको पूर्व सांसद हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...