News Portal

भुत, वर्तमान र भविष्यको चिन्ता

सुजन कडेल
५८४ पटक

धादिङ। विगत भनेकाे भुत हाे। भुतले तर्साउनु सक्छ तर भुतलाई जित्न सक्नु पर्दछ। भुतले वर्तमानलाई केही असर गर्न हुन्न भन्ने कुरामा म ढुक्क छु। तर बारम्बार मनमा भुतकाे घटनाले घर जमाएर बसेकाे देख्दा अलिअलि डर भने पक्कै रहेको छ।

धादिङ। साँझकाे समय रहेकाे छ। शहरकाे हर चाेक र गल्लीमा झिलिमिली बत्ती बलेका छन्। आफ्नाे काम सकेर घर फर्कनेकाे ताँती लस्करै देख्न सकिन्छ। नजिकै आएर साइकलमा व्यापार गर्ने एक व्यापारी आँप लिनुहाेस्, केरा लिनुहाेस् भन्दै चिच्याइरहेका छन्। उनकाे आफ्नै बाध्यता छ।

आकाशमा धुम्म बादल लागेकाे छ। बर्षाकाे सम्भावना रहेकाे यसबेला छिट्टै समय कटिरहेकाे आभाष हुन्छ। याे समय धेरै बेर टिक्दैन। एकाएक साँझले दिनकाे उज्यालोलाई प्रतिस्थापन गरिसकेको हुन्छ।

दिनभरकाे काम, थकाइ र दबाबकाबिच आफ्नाे बासाेस्थानतर्फ प्रस्थान गर्न लागेकाे बेला सधैंझैँ बाटामा राेकिएर अबलोकन गर्ने क्रमले आज पनि निरन्तरता पायो। म एक मुसाफिर जाे आफ्नो र आफ्नाहरुकाे चाहना पूरा गर्न अहाेरात्र खटिने एक याेद्धा हुँ जाे कहिले पनि नथाकि निरन्तर काममा लागिपरेको हुन्छु।

जीवनकाे उर्जाशिल समय पढाइ, जागिर र अन्यकाे सेवामा गुजारेकाे म जीवनकाे मध्यान्तरमा आफ्नो पाइला चाल्दै गर्दा केही पाएकाे आभाष भन्दा केही पाउन नसकेकाे गुनासाेले पिराेलिएकाे भाव मनमा पलाएकाे छ।

जीवन संघर्ष हाे र संघर्ष जारीनै छ। लामाे यात्रा तय गर्दा बिच बाटाेमा लडखडाउन हुन्न भन्ने कुरा मनमा तड्काराे रुपमा रहेपनि अवकाे बाटाेकाे टुंगो नहुँदा मनमा पीडा हुँदाे रहेछ। मन संहाल्न गार्‍हो भएतापनि संहालिनुकाे विकल्प छैन।

जीवनमा धेरै निर्णय लिएँ। कतिपय निर्णय आफ्नो खुसीको लागि लिएँ। कतिपय रहरका खातिर त कतिपय दबाबका बिच लिन बाध्य भएँ। सबै निर्णय चाहेर मात्र पनि लिएका थिएनन्। चाहनाले मात्र जीवन सरल रेखामा चल्दैन भन्ने ज्ञान नभएको हाेइन।

हिजाेकाे दिनमा गरेकाे गल्तीले आज आरामका साथ निदाउन दिएको छैन, ढुक्कसँग बाेल्न दिएको छैन, संयमका साथ कदम चाल्न दिएको छैन। अब एकमात्र चाहना छ कि विगतकाे गल्तीवाट पाठ सिक्दै अबको दिन सुधार गराैँ र आगामी कदम चाल्दा अलि साेच बिचार, दीर्घकालीन असरकाे अनुमान गर्दै र संयमताका साथ सुरु गर्न सकुं।

विगत भनेकाे भुत हाे। भुतले तर्साउनु सक्छ तर भुतलाई जित्न सक्नु पर्दछ। भुतले वर्तमानलाई केही असर गर्न हुन्न भन्ने कुरामा म ढुक्क छु। तर बारम्बार मनमा भुतकाे घटनाले घर जमाएर बसेकाे देख्दा अलिअलि डर भने पक्कै रहेको छ। त्यसलाई जित्ने कोशिस हरबखत गर्दै आएकाे छु। अब विगत भुलेर वर्तमानमा रमाउनपर्ने कुरामा दुईमत छैन। वर्तमानमा रमाउन सकेमा मात्र भविष्य उज्ज्वल हुने गर्दछ। त्यसैले अहिले भविष्यकाे बारेमा धेरै चिन्तित हुनु आवश्यक देख्दिन।

भुतलाई भुलेर, वर्तमानमा रमेर अनि भविष्यकाे चिन्ता नलिई मात्र मानिसले सफलता हात पार्ने कुरामा कुनै शंका छैन।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...