News Portal

सत्ताको बागडोर आफ्नो हातमा लिएको नेताले जनतालाई गाली गर्नु कति उचित ?

कमला थापा
८१९ पटक

काठमाण्डौं। आजकल नेताहरुको छटपटाहट निकै बढेको देखिन्छ, बैसाख जेठको घामले हो या, भ्रष्टाचारको पैसा पचाउन गारो भएर हो। राजनितिका सुरुवाती दिनहरुमा काठमाण्डौंमा बस्दा कोठाको बहाल तिर्न नसक्ने अबस्थामा रहेका नेताहरु ०४६ सालको जनआन्दोलनपछी बारम्बार सत्तामा पुगेर सत्ता र शक्तिको दुरुपयोग गर्दै, भ्रष्टाचारबाट आर्जेको रकमले अहिले सबै नेताहरुका काठमाण्डौंमा राजदरबारलाई माथ गर्ने आलिसान महल, ६ करोडका गाडी, त्यस्तै जिवन‌शैली, छोराछोरीकोसमेत भडकिलो शैली अराजक गतिविधि कृयाकलाप देख्नेहरु भन्न थाले, के जनताका नेता भन्नेहरुको यी सब कुरा कसरी सम्भव भयो ? यो सबै गणतन्त्रले नेताहरुलाई दिएको उपहार हो ? यो गणतन्त्रको सदुपयोग ‌हो की दुरुपयोग ? अझै जनतालाई गाली गर्न सरम लाग्दैन ? आफुलाई सर्वहारा बर्गको नेतृत्व गर्ने भन्दै उदाएका कम्यूनिष्ट नेताहरुको दिन चर्या हो यो।

आजकल नेता झलनाथ खनाल ज्यूको पारा निकै चर्केको देखिन्छ, भाषण गर्न मन्च मात्र पाउनुपर्छ, गालिको बर्साद सुरु भैहाल्छन्, निर्वाचनमा हारेको झोक जनतामा खनिदैछन्, आफ्नै कुकर्मका कारण आफ्नै कार्यकर्ताले ढुंगा हान्छन्, प्रश्नको उत्तर माग्छन्, प्रश्नको उत्तर दिन सक्ने कुनै काम गर्न‌ नसक्ने अनि गालि राजालाई गर्ने यो कस्तो चरित्र हो ? के यो गणतन्त्र तपाई नेताहरुको लागि मात्र हो, अरुले देशको दुर्गती हुदां बोल्न नपाउने ?

तपाईहरुले गरेको भ्रष्टाचार देशलाई खोक्रो बनाईसक्दा, देशै बेच्न लाग्दा पनि टुलुटुलु हेरेर बस्नुपर्ने, यो हुन सक्दैन ! तपाईहरुको पाखण्डपनको सिकार कुनैपनि सभ्य र देश भक्त नागरिकले सहेर बस्न सक्दैन, तपाईहरुको रैती हैनन् जनता ? संबिधानको उलंघन गर्ने, तपाइहरु, संसदमा छलफलसम्म नगरि तत्कालीन राष्ट्रपतिबाट प्रमाणिकरण नगरी निष्कृय भैसकेको बिधेयक कुन नियम र संबिधान अन्तरगतलाई टेकेर बर्तमान राष्ट्रपतिले नागरिकता, बिधेयक प्रमाणिकरण गर्नु भएको, संसदलाई जानकारी बिनानै गर्न मिल्छ ? त्यस्तै तिनै तहका अदालत, सर्वोच्च अदालतले समेत दोषी ठहराएका मुद्धा माथि केवल मन्त्रीमण्डल क्याबिनेटको निर्णयले गर्न पाउंछ ? त्यो सार्वभौम संसदको अधिकार होईन ? त्यस्तो बिधेयक लाने अधिकार मात्र सभामुखलाई हुन्छ, संसदिय ब्यबस्थामा, प्रधानमन्त्रीलाई हैन ? यो सबै कुराको दोषी पनि राजा नै हुन ? तपाई त आफु निर्वाचनमा हार्नुको दोश पनि कतै उनैलाई दिन बेर छैन, राजनिति गर्न आउ भनेर बोलाउने तपाईको हैसियत के हो ? झलनाथजी राजा ज्ञानेन्द्र शाहलाई जथाभाबी बोल्दै, उनको नामलाई समेत बिगारेर बोल्न एउटा जनताको नेता हूं भन्नेलाई सुहाउछ की सुहाउँदैन समालेर बोल्दा राम्रो होला, देशैभरी नागरिक अभिनन्दन लिदै हिड्न दिन्न्, लौ त हिड भन्दै बोलाउदै हुनुहुन्छ, तपाईसंग अनुमती लिनुपर्ने होईन, उनलाई तपाईहरुबाट आजित भएका जनता आफै लिन गएका हुन, यो बुझन जरुरी छ। देश तपाई हाम्रो बाबुबाजेले दिएको अंश हैन, ज्ञानेन्द्र शाहको जिजुबाजेको पनि बाजे, राष्ट्रपिता पृथ्वीनारायण शाहले आर्जेको मूलुक हो, हेक्का रहोस्।

तपईको गणतन्त्रले तपाईहरुलाई यही गालीगलौच गर्न मात्र सिकाएको छ ? तपाई यही सिकाउनु हुन्छ भने तपाईका कार्यकर्ताले तपाईलाई ढुंगा नहाने के फूल बर्साउँछन् कसरी मर्यादा गर्न सक्छन्, तपाईहरुले सिकेको र सिकाउने सभ्यता, संस्कृति सायद यो भन्दा बढी के होला र ?

देशको यो हालत दैनिक असुरक्षा, अभाव, गरिबी, अन्याय, दण्डहीनता, कानुनीराजको धज्जी, भ्रष्टाचार, मानव तस्करी, काण्डै, काण्डले भरिएको अलोक तान्त्रिक, सरकार, देशमा अभावसंग जुधिरहेका जनता, मिटर ब्याज, चर्को बैंकको ब्याज, बैंक आतंक, चार महिनादेखी यी र यस्ता समस्या लिएर उत्रिएका जनता तिनको माग सम्बोधन गर्ने निती, सरकारले खै सम्बोधन गरेको ? एक पछी अर्को, नक्कली भुटानी काण्ड संगठित अपराध, त्यसलाई झिसमिस पार्न सकिन्छ की भन्दै, जलारी काण्ड, आयो, देशको भू-भाग मिचिदै छ, अखण्ड भारतको नक्सामा नेपालका जमिन गाभिएको कुरा आईरहदा तपाईहरु, सरकार किन मौंन ? दानापानी हरिन्छ भनेर होईन, गठबन्धनमा रहेका पार्टि यी सब कहाँ छन् ?

प्रधानमन्त्रीलाई आफ्नो देशको समस्याहरुप्रती भन्दा, भारत भ्रमणको चिन्ता, कहिले बोलाउला भन्ने पर्खाईमा समय खेर, जब मित्र राष्ट्रले यदि तिमी आउने भए पहिला नागरिकता बिधेयक पास गरेर मात्र आउ भन्ने संदेश पाउने बित्तिकै एक घण्टामा असंवैधानिक बाटोबाट पास गर्दै दौडिहाले, किन यती हिरिक्कै भएको ? के भारतको भ्रमण नगरुन्जेल नेपालका प्रधानमन्त्रीले मान्यता पाउदैनन्, यो जनताले नबुझेको कुरा, त्यसैले अरुलाई गालि गरेर हैन, देश र जनताको सेवा गरेर राष्ट्र, राष्ट्रियता, देशको बिकास, उन्नति, जनताको जिवनस्तर उकास्ने कार्यक्रमहरु, औद्योगिक बिकाश तसर्थ, ध्यान देशलाई आर्थिक समृद्धितर्फ लाने सोचमा ध्यान पुर्याउन सके मात्र देश, जनताको शिर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उच्च रहने छ, र नेताहरु पनि सम्मानित हुन सक्छन्, यसतर्फ ध्यान जाओस्, समयको दुरुपयोगबाट हैन, समयको सदुपयोगबाट मात्र सम्भब छ।
जय नेपाल।

(थापा, पूर्व सांसद हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...