News Portal

स्थानिय स्तरवाटै ग्यास प्रयोगमा जनचेतना जगाउन आवश्यक – चन्द्र थापा,अध्यक्ष

हिमालीसंचार संवाददाता
४०३ पटक

काठमाडौं – अत्यन्तै प्रज्वलनशिल पदार्थ एल पि ग्यास शहर देखि गाउँ गाउँ सम्म र घरायसी देखि व्यवशायीक प्रयोजनन सम्म प्रयोग भई रहेको वर्तमान अवस्थामा यसको प्रयोगमा जनचेतना जगाउनुको साथै विक्री वितरणलाई तत्कालै व्यवस्थित गरिन आवश्यक छ। अहिले भइरहेको छरपस्ट डिलरका कारण वेला वेलाका विभिन्न समस्याहरु आउने हुन्छ। यसलाई व्यवस्थित गर्न गराउन विगतका दिनहरुमा थुपै प्रयास भए पनि अभियानले पुर्णता पाउन सकेको छैन। जब जब प्रयोगमा जनचेतनाको कमि सगैअरु र अन्य विविध कारणले दुर्घटनाहरु वढ्छ,अनि सुधारात्मक कुराहरु देखि फरक फरक मूल्यको समेत चर्चा शुरु हुन्छ । दिनहरु वित्दै जान्छन,दुर्घटनामा कमि आउछ अर्थात भए पनि सुनिदैन,उठान भएका सुधारात्मक अभियानहरु पनि विस्तारै विस्तारै सेलाउदै जान्छ ।

यसै क्रममा ग्यास विक्रेता महासंघको पदाधिकारी टीमबाट माननिय उधोग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई भेट गरि ग्यास प्रयोगमा जनचेतना मुलक कार्यक्रम स्थानिय स्तरबाट गरिनु पर्ने,कारोवार लाई व्यवस्थित वनाउन छरपष्ट रुपमा रहेका डिलर,डिष्ट्रीव्युटरहरुलाई व्यवस्तित गर्न गराउन र उपयोगमा जनचेतना जगाउन कानुन वनाएर स्थानिय स्तर वाटै शुरु गरिहाल्नु पर्ने जस्ता विषयहरु उल्लेख पत्र वुझाएका छन् ।

यसरी नै तपाईहरु स्थानिय स्तरमा पुग्नु भयो कि भएन भनि हिमाली संचारको संवाददाताले कुराकानी गर्दा,स्थानिय निकाएसंग कुराकानी गर्न खोज्दा केहि जनप्रतिनिधी ज्युहरले चासो दिनु हुन्छ तर केहिले मतल वै गर्नु हुन्न । कुराकानी गर्न खोज्यो फोन उठाउनु हुन्न भेट दिनु हुन्न यी र यस्ता विषय हरुमा उहाँहरुले वढि चासो दिनु पर्ने हो तर खै प्रायले वास्तै गर्नु हुन्न,त्यहि भएर यसरी माथिल्लो निकाएमा पुग्नु परेको छ,थापाले दु:खेसो गरे ।

हामीले पनि धेरै ठाउँमा जनचेतनामुलक कार्यक्रमहरु गरिसकेका छौं ।तर स्थानिय स्तरबाटै अभियानको रुपमा ल्याउन सकिएन भने प्रभावकारी नहुने र आउने दिनहरुमा स्कुल कलेज हरु ले प्रज्वलनशिल पदार्थ ग्यासको प्रयोग,विजुली को प्रयोग,सामाजिक संजालको प्रयोग,उपभोग्य सामग्री को खरिद र प्रयोग संवन्धमा उपभोक्ता सचेतना संवन्धी शिक्षाहरु पाठ्यक्रम मै समावेस गर्न आवश्यक देखिन्छ माहासंघ अध्यक्ष थापा भन्छन्।

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...