News Portal

  • कानून हातमा लिएर गरिएका अपराधहरु !

    प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री नारायणकाजीलाई सफल हुन देलान् ?

    कमला थापा
    ३५० पटक

    संसद सिंगै देश दिनदिनै नयाँ नयाँ बिषयले तातिरहेको देखिन्छ, यसपालिको संसद पहिलाको भन्दा निकै सक्षम, योग्य यूवा, महिलाहरुको उपस्थितिले केही आसा पलाउन थालेको देखिन्छ। पुराना पार्टिहरुले आफ्ना क्षमतावान यूवा, कार्यकर्ताहरुलाई हिजोआज पनि दबाएर राखेका कारण आजको परिस्थिति श्रृजना भएको हो भन्ने कुरामा दुई मत रहेन, पुरातनबादीहरुको अत्याचारको सिमा नगाईले आजित भएका जनतामा आक्रोश बढिरहेको थियो, परिणाम त्यस्तै आयको छ।

    सिर्जनशिल सांसदहरुको उपस्थितिले जनतामा केही आशा जगाउँन सक्छकी ? भन्ने देखिन्छ पुराना पार्टीहरुको मिलिजुली खाने धन्दा अहिले पनि यथावत् रहेको अबस्थामा नयांहरुबाट यसको अन्त्य हुन्छ की भन्ने पर्खाईमा झिनो आशा लिएर जनताले हेरिरहेको पाईन्छ। जनताका दैनिक जीवन यापनका साधारण कुरामा समेत सरकार कहिले उत्तरदायी भएन, रास्ट्रप्रतिको यति उदासिन र गैर जिम्मेवार सरकार, कर्मचारी प्रसाशन कहिं कतै सायदै होला, तर भ्रष्टाचारका ठूलाठूला काण्डलाई दबाउन भने सरकार, पुराना पार्टिहरु माहिर देखिन्छन्, हजारौ काण्ड लुकाय जस्तै अहिलेको
    नक्कली नेपाली भुटानी प्रकरणलाई कसरी दबाउने भन्ने कसरतमा तिन ठूला पार्टीका नेताहरुको गोप्य बैठक जारी छ।

    उनिहरुको भनाई अनुसार यदि यो उच्चस्तरीय ठगी काण्ड दबाईएन भने ब्यबस्था रहदैन हामी सबै सकिन्छौं, भन्दै बसेको गोप्य बैठक आफ्ना परिवार देखि आफन्त जोगाउने प्रयत्नमा जुटेका छन्, यसमा नयां शक्तिका रुपमा उदाएका पार्टीहरुको कठिन परिक्षा सुरु भएको छ। देश जोगाउन नयांहरुको भूमिका कस्तो हुन्छ ? उनिहरुका लागि यो कठिन परिक्षा हो, हेर्न बाँकीनै छ।

    भुटानी शरणार्थीका नाममा नक्कली नेपालीहरु अमेरिका पठाउने उच्च ओहदाका संगठित ठगी काण्डले संसद, सिंगै देश तातेको देखिन्छ, अन्तर्राष्ट्रिय जगतमा यसले देश, जनताको शिर झुकाएको छ, यस्तो जघन्य अपराधमा संलग्न भयका र कानूनले ठहर गरिएका ब्यक्तिहरुलाई हदैसम्मको कारबाही गर्नुपर्छ भन्ने सदनदेखि सडकसम्म जनताको माग हो। कार्यकर्ताको आत्मसम्मानमा चोट पुर्याउने यस्ता जघन्य अपराधमा कुनै पनि दोषीले उन्मुक्ति पाउनु हुदैन भन्ननै हो।

    गणतन्त्रको धज्जी उडाउने काम तिनै ठुला पर्टिका सिमित भिभिआइपी ठान्ने र उनकै परिवारहरुबाट हुने गरिएका अपराध दुर्भाग्यपूर्ण हो, यस्ता काम पद, शक्तिका आडमा गरिने कुराहरु हुन्, सानातिनाले गर्न सक्ने होईन।

    प्रधानमन्त्री प्रचण्ड सरकारको कदम स्वागत योग्य छ, तर के उहांले यसलाई पार लगाउन सक्नु होला ? कारण प्रस्ट छ, अरुको बैशाखी टेकेको सरकार बैशाखी थुतेका दिन गर्लम्मै जान्छ, यो नहोला भन्न सकिन्न, जुन पार्टिको समरर्थनमा बनेको छ, उनकै प्रमुख परिवार प्रिय कार्यकर्ता तानिएका छन् त्यस्तै हालत प्रतिपक्षको छ। यस्तो अवस्थामा दुई ठूला पार्टि एक ठाउँमा नआउलान्न् भन्न सकिन्न, अहिलेसम्म गर्दै आएको त्यहि देखिन्छ, यसमा अपबाद हुन सक्ला ? हिजो आरोप लगाइन्थ्यो फरियाबाद, नातागोताबादको त्यो भन्दा के अहिले कम छ ? गणतन्त्रको यो रुप ! होस गुमेको अबस्थामा पुगेकाहरु गोप्य बैठकमा जुटेका छन्, प्रधानमन्त्री प्रचण्डजी गृहमन्त्री नारायणकाजीजीलाई सफल हुन देलान् ?

    २५ गतेको संसदमा आफुलाई बोल्न‌ नदिएको भन्दै बिद्वान सांसद अर्धनग्न अबस्थामा प्रस्तुत भए, उनी त अर्धनग्न देखिए, तर यो मानब तस्कर जस्तो जघन्य अपराधमा संलग्नहरु बाहिरी आवरणमा देखिय पनि पुरै नग्न भएकाछन्, अर्को ठूलो भ्रष्टाचार उदांगिदै छ भन्ने सुनिन्छ। नेपाल ईष्टक एक्स्चेन्जमा लाईसेन्स दिलाईदिए बापद २० अर्बको कुरा आउदैन्। यसरी अनगिन्ती काण्डहरुमा देश डुबिसकेको देखिन्छ अब यो गणतन्त्रले धान्न‌ सक्ला ? एउटा कहावत छ, “डालोले छोप्दा भयन, ढोक्सोले छोप्दा पनि भएन, डोकोले छोप्दा देखियो” भने जस्तै हो, हजारौं अपराध लुकाउन सफल भएको उत्सुकताले हौसला पाएर गरिएको यति ठूलो मानब तस्करी उदांगिदै गर्दा अपराध लुकाउन सकिदो रहेनछ भन्ने चेतना सबैमा जागोस पशुपति नाथले सबैको रक्षा गरुन।
    जय नेपाल।

    (थापा पूर्व सांसद हुनुहुन्छ।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...