News Portal

देउवाको बिकल्प खोज्ने अबस्था किन आयो ?

कर्ण बहादुर अधिकारी
५८१ पटक

लोकतन्त्रमा बिश्वास राख्ने तपाई अनि म त्यहि लोकतान्त्रिक पद्धतिलाई अंगाल्दै आएको बृहत पार्टी कांग्रेस भित्रका म महान हुँ म नै सर्बेसर्बा हुँ भन्ने दाई भाउजु साथै उहाँको आसपासमा रहेका बाउन्न धातु र चौसठ्ठी भिरीङ्गीहरूले पार्टी र संगाठानिक संरचनालाई ध्वस्त पारी राख्दा पनि दाई ठीक छ भन्ने तपाई हामी कस्तो ? कहिले पार्टीको ह्वीप जारी भएको छ भन्दै त्यहि मुला काटे झै गर्दन काट्नेहरूलाई मतदान गर भन्छ। कहिले के भन्छ अनि कहिले के ! बिपी कोईरालाले स्थापना गर्नु भएको कांग्रेसको बर्तमान अबस्था देख्दा रून मन लाग्छ।

पार्टी भित्रका महान हस्तिहरू बर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, पार्टी सभापति शेरबहादुर देउवा, आर्जु राणा, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, प्रकाशशरण महत जस्ता कुपात्रहरूकै कारण आज कांग्रेस सकिने अबस्थामा छ। त्यसरी नै कोईराला खान्दानसंग जोडिएका शेखर, सशांक, सुजताहरूको पनि अबस्था त्यहि नै हो। कांग्रेस भित्र खम्बा बनेर उभिएका दुई नेताद्वय अर्जुन नरसिंह केसी र रामशरण महतको कुरा खासै सुन्ने जमर्को समेत गर्दैनन देउवाले त्यस कारण यो बिषम परीस्थितिमा हामीले केहि गर्न जरूरी छ। जसरी डाईनोसर लोप भयो त्यसरी नै कांग्रेस पनि लोप हुन्छ की भन्ने चिन्ता बढ्न थालेको छ। मैले नै पार्टी धानेको हुँ भन्ने शेरबहादुर देउवाले अब चितवन र तनहुँको मत गणना गरे पश्चात टाउकोमा हात राखेर आम कांग्रेसीहरूको माझमा राजीनामा बुझाए हुन्छ।

गाडीलाई गन्तब्यमा पुराउन सिपालु ड्राईभर चाहिन्छ त्यसरी नै पार्टी हाक्ने पनि असल र सिपालु नेता हुनुपर्यो। आफूमा सांगठनिक संरचनालाई मजबुद बनाउने कुनै तरीका छैन भने दाबी मात्र गरेर बुढो गोरूले गाई ओगटे झै किन ओगट्नु। देश, जनता र समय कसरी अगाडी बढ्दै छ भन्ने साधरण हेक्का समेत नभएका हरी लठ्ठकहरूसंग के आशा गर्नु। पार्टी भित्रको असल कार्यकर्ताहरूलाई चिन्न नसक्नु लाखौ करोडौ रूपैयामा टिकट बितरण हुनु, हाम्रालाई भन्दा राम्रालाई चुनेर अगाडी बढाउनु पर्नेमा हाम्रालाई काखी च्यापेर राम्रालाई पाखा लगाउनु दुर्भाग्य नभएर के भन्ने !

स्वर्णीम वाग्ले जस्तो नेतालाई घेरा बन्दीमा पारेर पार्टी परीत्याग गर्न बाध्य बनाउने देउवा नै होईन र ? पार्टी भित्रको पेलाईकै कारण पार्टी परीत्याग गर्न बाध्य भए स्वर्णीम वाग्ले। अब मत परीणाम हेर्दा जनमत स्वर्णीमकै पक्षमा देखियो। राम्रा कार्यकर्ताहरूलाई पार्टी भित्र अड्याउने की लात हानेर पाखा लगाउने ? देउवाको रणनितिमा कांग्रेस चलाउने हो भने कांग्रेसको हालत तहस नहस हुने छ। राजनैतिक संस्कार र ज्ञान नभएकाहरूले पार्टी स्थापना गरको ५ महिना नबित्दै ठूला पार्टीहरूलाई सर्लक्कै निल्न खोज्नुलाई तपाई के भन्नु हुन्छ अनि के बुझ्नु भयो ? समयको माग र जनताको भावना बुझ्न नसक्नु तपाई हाम्रो कम्जोरी नभएर के ?

आसेपासेहरूकै कारण सकिन लागेको किन बुझ्दैनौ। जब देउवाले पार्टी सम्हाले अनि पार्टी दलदलमा फस्न खोजेको हो। सत्ता मोह र प्रधानमन्त्री पदकै लागि यिनले माओबादी लगायतका दलहरूसंग गठबन्धन गरे तर परीणाम सोचेको जस्तो आएन। म जस्तै कट्टर कांग्रेस हुँ भन्ने काला कांग्रेसले माओबादीलाई मतदान गरेनन्। उता माओबादी हुँ भन्नेहरूले पनि कांग्रेसलाई मतदान गरेनन्। माओबादीकै गढ भनेर चिनिएका तनहुँका केहि स्थानका माओबादीहरूले पनि यो उप-चुनावमा घण्टीमा मतदान गरे तसर्थ टाउँको जोडिदैमा मुटु र तल्लो भाग एक हुन सकेन किनकी बिगतका ती कालो दिनलाई काँहा भुल्छन र कांग्रेसीहरूले।

यसरी नचाहिदो हर्कत गर्ने महोदयहरूको आनी बानी थाहा हुँदा हुँदै पनि देउवा ठीक भन्ने तपाई र म कस्तो ! के अब हामी देउवा रहित कांग्रेस बनाउन सक्दैनौ ? के हामी पार्टी संरचना मजबुद बनाउनेहरूलाई अगाडी बढाउन सक्दैनौ ? गगन, प्रदिप र बिश्व प्रकाश शर्माहरूलाई लगाम लगाउने सभापतिलाई किन केहि भन्न र लेख्न सक्दैनौ ! आखिर कारण के ? कांग्रेस लोकतान्त्रिक पार्टी भएकै कारण बोल्न त पाईन्छ नी हो माहाशय। यदि आवाज उठाउन मन छ भने अरूको होईन आफ्नै सभापतिबिरूद्ध आवाज उठाऔं। आफैले लात हानेर खेदाएकाहरूले इतिहास रच्दैछन्। अब पार्टी भित्र देउवाको बिकल्प खोज्ने समय आईसकेको छ। पार्टी भित्रका परजीवीहरूलाई पाखा नलगाएसम्म हामीले सोचेको र परीकल्पना गरेको कांग्रेस बन्न सक्दैन।

प्रचण्ड जस्तो छेपारोलाई साथ दिने देउवा र उहाँको सेनामेनालाई बेलैमा सचेत नगराउने हो भने भबिष्यमा कांग्रेस ईतिहासको पानामा सिमित हुनेछ।

– नुवाकोट, हाल: काठमाडौ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...