News Portal

गोरेटोदेखि गाउँघरसम्म !

रातारात जसरी पनी पदमा पुग्नुपर्छ, पद नपाएको दिन त्यो पार्टि छोडेर अर्को पार्टि प्रबेश गरिहाल्ने, सांसद भएर मन्त्री भैहाल्नुपर्ने, यो आजको राजनीतिक चरित्र हो।

कमला थापा
८७४ पटक
काठमाडाैं

आज कता-कता पुराना ती बिगतका सुमधुर सम्झना याद आयो, मन रमायो, बिगत बिर्सने कुरा होईन बिगत बिर्सियो भने बर्तमान सुगम हुदैन भन्ने भनाई हाम्रा पुर्खाहरुको छ, आज मलाई त्यो बिगतमा पुर्याउनु हुने मित्र कृष्ण प्रसाद गौतम जीलाई धेरै धन्यबाद दिन चाहन्छु, मानिसले कमाउने धन, सम्पत्ति मात्र होइन, कमाउनुपर्ने भनेको मित्र, गर्नुपर्ने सदकर्म र बस्नुपर्ने भनेको ती सदभाव, निश्वार्थी मन भित्र रहेछ, आज त्यस कुराको स्मरण भएको छ, कता-कता लाग्थ्यो, ती हिडेका गोरेटाहरुले बिर्सियकी ? भन्ने लाग्थ्यो, किनकी आज गोरेटा फराकिला हुदै धुले सडकहरुमा परिणत भैसके, यात्रामा जरुवा पानि पिएका ती कुवाहरु, सबै सुके होलान्, बिकाशका नाममा बिनास भएका बनजंगल, काटिएका रुखहरुले पानीका मूल सुकाएका छन्, १२ बर्षको जनयुद्धले गाउँ उजाडियो, प्रत्यक जिल्ला सदरमुकाम, सहरहरु कंक्रिट जंगल बन्यो, ति शान्त सरल बस्तीहरु, सदभाव पूर्ण मित्रता, सहयोगी भवनाहरुमा परिवर्तन आयो समाज यति स्वार्थमा बदलियो, एकले अर्कोको अस्तित्व स्वीकार्नै नचाहने, आफ्नै पार्टीका साथीहरुलाई, समाप्त पार्नैपर्ने तर आफु सफल हुनपनि नसक्ने प्रबृती बढदै गएको समाजमा सम्झने मित्र भेटिंदा डुब्न लागेको मानिसले एउटा परालको त्यान्द्रो भेटदा पनि ठूलो सहारा पाए जस्तो लाग्ने रहेछ।

राजनीतिक परिवार भित्र जन्मिएर काभ्रे जिल्ला कर्मक्षेत्र हुन पुग्यो, बिध्यार्थी जिवन, हुदै सामाजिक, राजनैतिक यात्रा सुरु भयो, यात्राको पहिलो पाईला टेकेको गाउँ भुगदेउ, पांगु थियो, कहां बस्ने, खाने सुझाव सबै काभ्रेका आदर्श नेता स्व. शप्तलाल ताम्राकार बुबले मार्ग प्रशस्त गर्नु भयो, भुगदेउमा हामी बिष्णु थापाको घरमा पुगेर बस्यौ, भोलीपल्ट आउनुको उद्देश्य बारे सोधपुछ भयो, कति सत्कार, सदभाव थियो, त्यसको वर्णन गर्न सक्ने क्षमता म मा छैन, उहांहरुले सोध्नुभयो, तपाई सुशीला थापाको छोरी-बुहारीको हुनुहुन्छ ? म उहांको कोही पनि पर्दिन हाम्रो गाउँ नजिक छ, उहांहरुले ०१५ सालमा शुसीला थापा छिटको धोती छोटो लगाएर आउनु भएको र यहांको समस्या देखेर तपाईहरुको आबस्यक्ता झोलुङ्गे पुल रहेछ म बनाईदिन्छु, भन्नुभएको कुरा अबगत गराएर दुख मान्दै, तर त्यसपछि फर्किएर आउनु भएन, तपाई पनि गएपछि त्यस्तै त होलानी, हेर्नुहोस हाम्रो बस्ती सबै खोला वारी छ, बस्तुभाउ, गाईगोठ सबै खोला पारी प्रत्येक साल खोलामा ठूलो बाढी आउँदा वारिका वारी, पारिका पारिनै हुनुपर्छ घांसपात, कूडो दिन, दुध दूहुन बाढी नरोकिन्जेल जान सकिदैन, बर्षमा २/३ जना बगाउछ, यो भनाईले मेरो मनमा गहिरो चोट पुग्यो, शन्तोष भट्टराईजीको बुबा पन्डितजीले एकदिन उहांको घरमा खाना खुवाएर सबै मिलेर हामिलाई गाउँको समस्या देखाउँदै यहां निर यो खोला माथि झोलुङ्गे पुल भयो भने हामीलाई धेरै सुबिधा हुने थियो, भन्दै अबगत गराउनुभयो, हामि सबै जानकारी लिएर त्याहांबाट अर्को गाउँ पांगु पुग्यौं।

पांगुमा हामी सुवर्णलाल मुल्मी र रामकुमार मुल्मीजीको घरमा बस्यौँ, भोलीपल्ट रामकुमारजीको बुबाले त्यसैगरी गाउँका सबैलाई भेला गराएर छलफल गराउनुभयो, बिबिध समस्याहरुको साथै त्यहांको पनि प्रमुख समस्या झोलुङ्गे पुल नै थियो, दिनभरीको थकान पछी घरमा आएर रामकुमारजीको हजुर आमाले ठूलो चरेशको थाल, बैठके कचौरामा, दुध दही र देवाली पुजा गरेको बोकाको मासु खुवाउनु भएको खाना, अहिले पनि धेरै याद आउछ, बिबिध समस्याहरुको साथै प्रमुख समस्या त्यहां पनि उहि झोलुङ्गे पूल नै थियो, गांउका दाजुभाई-दिदिबहिनिहरुको त्यो अपार मायाले मलाई एउटा बेग्लै आनन्द दियो, बेलुका रामकुमारजी बनेपामा बस्नुहुने भएकोले उहांको श्रीमतीले मलाई आफ्नै कोठामा राख्नुभयो।

त्यतिबेला गाउँ कति हराभरा शान्त सरल बस्ती, मानिसहरुमा कति इमानदारिता थियो, त्यहि हाम्रो पहिलो भेट पाल्सागं लामा दाई र राजु लामासंग भएको थियो, दुई दिनको बसाई पछि हामी त्याहांबाट फर्कियौं, मेरो मनमा भने एउटै कुराले बारबार घचघचाईरह्यो कसरी गाउँ घरको त्यो समस्या सामाधान गर्ने, खोजी सुरु भयो, पत्ता लाग्यो BBLL (स्थानीय पूल कार्यक्रम) त्यसका सम्योजक (रोवट ग्रोली र शन्तनु अर्यालजी)को सहयोगमा जिल्ला भरीका माग पुरा गर्न र बिबिध बिषयमा काम गर्ने सफलता मिल्यो, यो प्रेरणा त्यही गाउँले दियो जहां मेरो पहिलो पाईला टेक्ने अबसर मिलेको थियो, यसरीनै बिशाल जिल्लाको प्रत्यक गाउँघर, पुग्ने दुखसुख बाड्ने अबसर मिल्यो, माओबादी हिम्सा चरम उत्कर्षमा पुगेकोले ०६९ मा आएर काम रोक्नुपर्यो, अझ धेरै गर्नु थियो त्यो संझदा दुःख लाग्छ, हाम्रो जेनेरेसन त्यसरी पहिला समाजका लागि केही गर्नुपर्छ त्यसपछि मात्र लक्ष्यमा पुग्न सकिन्छ भन्नेमा बिश्वास गर्दथ्यो, तर आजको परिबेस त्यस्तो छैन।

रातारात जसरी पनी पदमा पुग्नुपर्छ, पद नपाएको दिन त्यो पार्टि छोडेर अर्को पार्टि प्रबेश गरिहाल्ने, सांसद भएर मन्त्री भैहाल्नुपर्ने, यो आजको राजनीतिक चरित्र हो, नेताहरुलाई पनि त्यस्तै चाहिन्छ, जसले नेताहरुको असिमित आबस्यक्ता पुरा गरिदिन सक्छन्, यसरी राजनिति माफियाहरुको हातमा पुग्यो, पुराना, इमानदार कार्यकर्ताहरुलाई बिस्थापित गर्दै जांदा नेताहरु उनैबाट संचालित भए, नयां शक्ति भन्नेहरु पुराना भन्दा दश गुणा स्वार्थी निस्कियो, देश बिदेशीहरुको खेलौना भयो, राजनिति यसरी असफल हुदैछ, नेता बदनाम भयका छन्, देशको अर्थतन्त्र समाप्त भैसक्यो तलब खुवाउन बिदेशी श्रृण, कति दिन चल्छ यसरी मूलुक, अब जनताले यसको बिकल्प खोज्नै पर्छ। जय नेपाल।

(लेखक थापा पूर्व सांसद हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...