News Portal

गगन थापालाई आक्षेप लगाउने केशव स्थापितको कर्तुत बाहिरियो 

गगन थापासँग टक्कर लिन खोज्दा मन्त्री केशव स्थापितको भाईरल भयो यौनकाण्ड !

हिमाली संचार संवाददाता
१००० पटक

काठमाडौं : पत्रकार रश्मिला प्रजापतीले काठमाडौं महानगरपलिकाका पूर्वमेयर एवम् प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितलाई यौन हिंसामा परेको आरोप लगाएकी छिन् ।

तत्कालीन एमालेबाट प्रदेश सभामा विजयी भएका स्थापितले आफूलाई १५ वर्ष अगाडि यौन प्रस्ताव राखेको महिला पत्रकार प्रजापतीले आरोप लगाएकी छिन् ।

स्थापितले आफूलाई यौन दुर्व्यवहार गरेको कुरा उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । १५ वर्षअघि भएको यौन दुर्व्यवहार बारे पत्रकार प्रजापतीले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन् ।

प्रजापतीले सामाजिक सञ्जालमा उक्त घट्नाबारे पहिलो पटक लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव पत्रकार प्रजापतीले फेसबुकमा सेयर गरेकी छिन् ।

प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री समेत रहेका स्थापितले ह्यारेस गरेको बारे प्रजापतीले खुलेर लेखेकी छिन् । केशवले अहिले पनि अन्य महिला पत्रकारहरूलाई पनि ह्यारेस गरेको कुरा उनले दावी गरेकी छिन् ।

‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरू ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरूलाई ह्यारेस गरिरहेका छन् । मलाई थाह छ, दर्जनभन्दा बढी महिलाहरूलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो’, पत्रकार प्रजापतीले लेखेकी छिन् ।

प्रदेश ३ का मन्त्री एवम् काठमाडौं महानगरपालिकाका पूर्वमेयर स्थापितले पत्रकार रश्मिला प्रजापतीले आफ्नो मानमर्दन गरेको भन्दै मानहानीको मुद्धा चलाउने धम्की दिएका छन् ।

निर्वाचनका बेला नेपाली कांग्रेस युवा नेता एवम् काठमाडौं क्षेत्र नं। ४ बाट उम्मेदवार बनेका गगन थापाको मानमर्दन हुने गरेर जथाभावी आक्षेपहरू लगाएका थिए । थापालाई स्थापितले बाख्रापालन गरेर भ्रष्टाचार गरेको भनेर आरोप पनि लगाए । तर, कृषि मन्त्रालयले स्थापितले लगाएको आरोपको खण्डन गरिदिएको थियो ।

कांग्रेसका नेताहरूको मानमर्दन गर्दै आएका स्थापित अहिले आएर आफै यौन हिंसाको अभियोगमा आफै फसकेका छन् । उनलाई बचाउन पूर्वएमालेको नेतृत्व भित्रभित्रै सक्रिय भएर लागेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यो स्थापितलाई लागेको यौन हिंसाको बारेमा मौनता साँधेर बसेका छन् । सामाजिक सञ्जालमा पूर्वएमालेहरूको जमेर आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...