News Portal

  • देश बिदेशिको खेल मैदान भयो : पैसामा राजनीतिक मूल्य मान्यता सिद्वान्त बेचियो !

    कमला थापा
    ३२६ पटक

    नेपालको राजनितिमा मडारिएको कालो बादल आजकल धेरै बाक्लिदै जान थालेको छ, प्रधानमन्त्री प्रचण्डज्यू, भन्नुहुन्छ हाम्रो जनयूद्धले यति ठूलो परिवर्तन ल्यायो, समानुपातिक, समावेशी गणतन्त्र ल्यायौं, यत्रो ब्यबस्था परिवर्तन भयो, हामीले के गरेनौ जनताले त्यो परिवर्तनलाई किन नदेखेको ? तर प्रधानमन्त्रीज्यू ब्यबस्था परिवर्तन त भयो जनताको अबस्था परिवर्तन भएन, हिजोको भन्दा पनि दयनिय बन्दै गयो, तपाईहरुको आन्दोलनको प्रमुख नारा भ्रष्टाचारको अन्त्य, सामन्ती उन्मुलन थियो, तर आज भ्रष्टाचार नीतिगत र सदाचार हुदै गयो, बिदेशिको खेल मैदान भयो, पैसामा राजनीतिक मूल्य, मान्यता सिद्वान्त सबै बेचियो, राजनिति कुरुप हुदै गयो, यो प्रश्नको उत्तर तपाईहरु आफैले दिन सक्नु भएको छैन।

    समस्याहरुलाई ब्यबस्थापन गर्न नसक्नु, गल्ती सत्तासिनको कि जनताको ? हाम्रो समाज एक अर्कोलाई दुख सुखमा सहयोग गर्ने, मिलिजुली बस्ने धर्म, संस्कृति, परम्परा, रितिरिवाज देशको माटोसंग साक्षात्कार भएर बसेको समाज हो तर जबदेखि गणतन्त्र आयो देशले यी सबै कुरा गुमायो, समाज असुरक्षित, अनुशासनबिहिन बन्दै गयो, मानब अधिकारबिहिन समाज बन्दै गयो, के यसैमा जनता रमाई दिनुपर्ने, यसलाई राजनितिले दिएको उपहार मान्य ? यो लज्जास्पद गलत कुरा हो।

    गाउँगाउँ खाली भए आज गाउँ उजाड भए, सहरले थेग्न नसक्ने बस्ती बढ्यो, हेर्दाहेर्दै काठमाण्डौ कंक्रिटको जंगल भयो यसलाई जनताले गणतन्त्रको उपहार मानिदिनुपर्ने ?

    ०५७/५८ तिरको एउटा घटना यहाँलाई स्मरण गराउ चाहन्छु म नेपाली कांग्रेसको, नेपाल महिला संघको केन्द्रिय सदस्य मध्यमाञ्चलको संयोजक थिए, संगठनको कामले जिल्ला भ्रमण भैरहन्थो। त्यतिबेला म र केन्द्रिय सदस्य शुस्मा मुडभरि सिन्धुपाल्चोक बारबिसे संगठनको कामले गएका थियौं, काभ्रेको पाँचखाल अनेकोटमा ठुलो घटना भएछ, अनेकोटका अर्जुन दाहालको घरमा माओबादि मित्रहरु लुकेर बसेका रहेछन्, प्रहरीको अनुसन्धानले थाहा पाएर काठमाडौं, भक्तपुर काभ्रेका दसौ ट्रक प्रहरीले कारवाहि गरेछन्, हामिलाई बेलुका काठमाडौँ फर्कनुपर्ने, साथिहरुले थाहा पाएका रहेछन्, तर मलाई भन्नु भएको थिएन, मैले आफै गाडि चलाएको थिए बेलुका धेरै अबेर भैसकेको, मलाई साथ दिएर सभापति भुपेन्द्र थापा, लीला नेपाल अरु केहि साथिहरु सबै गाडिमा फर्कियौं, त्यो कुरा जब हामि धुलिखेल पार गर्यौ त्यसपछि मात्र साथिहरुले मलाई भन्नुभयो, किन भन्दा म डराउला भनेर, सोहि दिन धान कुटन मिलमा गएका अर्जुन दाहाललाई सुराकि गरेको भन्ने उहांहरुको आरोपमा पछि उनैको घरको आगनमा श्रीमति छोराछोरीका अगाडि नै अति पिडा दिएर रेटिरेटि मारे, अनुमानको भरमा, लम्जुङ्गका शिक्षक, काभ्रे धुसेनिका, कृष्णप्रसाद गौतम, ढुंगखर्कका भूतपूर्व गाबिस अध्यक्ष अनगिन्ति निर्दोष ब्यक्तिहरुको ज्यान घरबाटै जगंलमा लगेर मारियो।

    जनयुद्धका नाममा यस्ता धेरै निर्दोष ब्यक्तिहरुको ज्यान लिइएको छ। यस्तो घटनाहरूलाई स्वीकार गरेर तपाईहरुको भाषामा आत्माआलोचना गर्नैपर्छ, जनताका धनजन, सबै असुरक्षित भयो। गाउँगाउँ खाली भए आज गाउँ उजाड भए, सहरले थेग्न नसक्ने बस्ती बढ्यो, हेर्दाहेर्दै काठमाण्डौ कंक्रिटको जंगल भयो यसलाई जनताले गणतन्त्रको उपहार मानिदिनुपर्ने ?

    हाम्रा सम्पति जोगाउन दिनुभएन, मेरै बनेपाको जमिन, ठुलो बिल्डिङ आजको मूल्यमा २५/ ३० सौं करोड पर्ने ६ रोपनि जमिन सागको भाउमा ६२ सालमा बेच्नुपर्यो, सधैको धम्की त्यहाँ माओबादी सेना राख्ने तपाईहरुको तयारी थियो, तर त्यो सहरको माझमा भएर हो, के कारणले काभ्रेको कामीडाँडामा लगेर राखियो, यो कुनै बनावटि कुरा होईन, त्यस्तै प्रचण्ड कमरेडको हस्ताक्षर भएको पत्र १०, १५, २० लाख, कतीकती मलाई पठाउनु भएको थियो, उक्त पत्र देख्ने तपाईंकै मुखपत्रका संम्पादक अहिले उहाँ हुनुहुन्न तारा न्यौपाने, जनार्दन आचार्य, अरु बरिष्ठ पत्रकार ईश्वरी वाग्ले, जीवराज भट्टराई अहिले पनि हुनुहुन्छ। ०६१ को धरपकडमा सुरु हूदां उक्त पत्र लुकाउँदा लुकाउँदै कता पर्यो, तर गिरिजा बाबु, शुशील कोईराला, बिरेन्द्र दाहाल सबैले हेर्नु भएको थियो, केहि पैसा लाने सुदिप पुन अहिले बर्षमान पुनको पिय जस्तै छन्। आज यो कुरा किन उठाएको भन्दा, १२ बर्षको जनयुद्धले कुनै न कुनै रुपमा पिडा नभोगेको जनताहरु कमै होलान्, सबैले दुःख पाएको हुँन्।

    काभ्रेका तत्कालीन सिडिओ हिमनाथ दवाडि, जनसम्पर्क अधिकृत राजेन्द्र जीसी मलाई एक्लैएक्लै गाडि लिएर नहिडन सतर्क गराउनु हुन्थो, मेरो सुरक्षामा उहांहरुले निकै ध्यान राखेको मलाई नै थाहा हुदैन थियो, हाम्रो समाज यति मिलनसार थियो, यस्तो मेलमिलापको समय र समाज आज तपाईहरु मेलमिलापमा आईसकेको अबस्थामा पनि तपाईको पार्टी, नेपाली कांग्रेस र एमाले आफुहरुलाई ठुला हौं भन्ने पार्टीहरुको अकरमन्यता सत्ता लिप्सा भागबण्डा, पदिय लालसामा मात्र बितेको हूदां राजनितिको उर्जा ब्यर्थ खेर गएको छ।

    जनता, देश, राष्ट्र, राष्ट्रियता गौण हुँदै गएको र दण्ड पिडिताहरु प्रति १६ बर्षसम्म पनि उदासिन रहेको परिस्थितिले पिडितहरु उठन न्याय माग्न बाध्य भएका हुन्, भन्ने कुरामा शंका नहोला, पिडित अरु मात्र छन् भन्ने होईन माओबादी साथिहरु पनि धेरै छन्, जसका परिवार गुमाएका, यूद्वमा अंगभंग भएका ति सबैले न्याय त पाउनु पर्यो भन्नेनै हो यो कुनै एकपक्षको मात्र होईन पिडा सबैको एउटै हुन्छ यसलाई सरकार, पार्टि, सम्बन्धित निकायहरु, सरोकार वाला सबैले सकारात्मक दृष्टिले हेर्नुपर्यो, सबैलाई हिजोकै शैलिमा धम्काउने फेरि बन्दुक उठन सक्छ मारिन सक्छौ भन्ने धम्कि दिईरहनु भनेको त हिम्सक मानसिकतालाई अझै त्याग्न सकेको देखिदैन र ? सत्ता र शक्तिको आडमा बसेर त झनै गर्न, मिल्दैन न्याय पाउनु न्याय माग्नु पिडितहरुको अधिकार हो।

    लाखौ जनता गरिब भए, काम गरेर खान पाएनन् देशमा ब्यापक अराजक, असुरक्षा, भ्रष्टाचारको दलदलमा फस्दै गयो, आज पनि तपाईहरुकै गठबन्धनका कारण नेपाली कांग्रेसका हामि जस्ता लाखौ कार्यकर्ताहरु अन्यायमा परेका छौ, गुनासो माओबादी नेताहरुसंग मात्र हैन प्रमुख गुनासो नेपाली कांग्रेससंग पनि धेरै छ, जसले जनताको नजरबाट देशलाई हेर्दै हेरेन, आफुले उच्च पद हासिल गर्दा खुसी हुँदै एउटै बिटो परेर अंकमाल गर्न सक्नेले देशमा चरम आर्थिक मन्दी, गरिबि बढि सक्दा पनि पूर्ब, बर्तमानका उच्च पद हासिल गरेकाहरुलाई सुबिधा सम्पन्न गराउनमै राष्ट्रिय ढुकुटी रित्याईदै छ, यही हो राजनिति ? यसैलाई भनिन्छ गणतन्त्र ? यदि यसैको नाम गणतन्त्र हो भने यस्तो गणतन्त्र जनताले चाहिदैन भनेर लाखौ जनता सडकमा आईसके, सडक ताती सक्यो।

    जय नेपाल।

    (थापा नेपाली कांग्रेसको पूर्व सांसद हुनुहुन्छ।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प, बिरामीहरू उपचारविना फर्कन बाध्य

    काठमाडौं, असार २३ – उपभोक्ता अदालतको पछिल्लो आदेशविरुद्ध नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको आन्दोलनका...

    पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिनमा निर्मल निवासमा शुभेच्छुकहरूको भिड

    काठमाडौं, असार २३ — पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९ औं जन्मदिन पारिवारिक वातावरणमा शुभेच्छुकहरूको...

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...