News Portal

  • सत्ताको उन्मादले बेहोसी सरकार

    दुर्गा प्रसाई पूर्व मेचीदेखी पश्चिम महाकाली हुदै काठमण्डौं आईसके !

    कमला थापा
    ३३८ पटक

    ईतिहांसमा हामीले पढेका थियौँ इटालीको राजधानी रोम जलिरहेको थियो, तर राजा ” नीरो” बासुरी बजाएर बसिरहेका थिए भने, जस्तै आज नेपाल रोईरहेको छ। जनता जलिरहेका छन्, दिनदिनै आत्म हत्या गर्नेको संख्या बढदो छ। बांच्न पाउ सरकार भनेर चिच्याई रहेकाछन् तर, हाम्रा गणतन्त्र नेपालका सयौं राजाहरु आफ्नै पद, प्रतिष्ठा, शक्ति आर्जनका खातिर लुठाचुंडिमै मस्त छन्, के यहि हो गणतन्त्र नेपालको रुप ?

    के यसैलाई भनिन्छ जनताको सरकार, बैंकको मिटर ब्याजले आक्रान्त जनता आ-आफ्ना माग सहित सडकमा उत्री सकेका छन्, ती सबैको आवाजलाई बुलन्द गर्दै सामाजिक अभियानको नेतृत्व गर्दै दुर्गा प्रसाई पूर्व मेचीदेखी पश्चिम महाकाली हुदै काठमण्डौं आईसके, अभियानमा हजारौं पिडित ब्यापारी, ब्यवसायी बुद्धिजिवी, बिभिन्न पेशाका ब्यक्तित्व, बिश्लेषकहरुको सहभागिता रहेको देखिन्छ। यो देख्दा लाग्दैन नेताहरुले सोचे जस्तो त्यसै रोकिएला र यत्रो समुहलाई सडकमै अलपत्र पारेर दुर्गा प्रसाई भाग्ने छन, किनकी यसमा नागरिकहरु जोडिईसकेका छन्।

    अभियानमा १५ बूदे माग सहित बिभिन्न नारा लागेको छ “राजा ल्याउ देश बचाउ” गणतन्त्र चाहिदैन ०४७ को संबिधान लागु गरौं आदी, उता नेताहरु भन्दै छन्। जनतालाई दिग्भ्रमित गर्ने काममा केहि ब्यक्ति लागेका छन्, सरकार नाका, नाकामा जनता रोक्न गृहबाट उर्दी जारी गरेर रोकिरहेको छ तर त्यो समस्याको समाधान होइन अभियन्ता दुर्गा प्रसाई जनताको सहायक भएर आएको देखिन्छ।

    त्यती कमजोर अबस्थामा उनी छैनन्, जनताको पूर्न साथ पाइसकेका छन्, त्यसैले कतै राजा ज्ञानेन्द्रलाई पनि यो बिश्वास थियो, एकदिन जनता र देश ठूलो दुर्घटनामा पर्न सक्छ त्यतिबेला राष्ट्र, जनतालाई आफुले साथ दिनुपर्छ, बचाउनुपर्छ भन्ने बिश्वासमा राजा ज्ञानेन्द्र देश नछोडी स्वदेशमै बसेका रहेछन् भन्ने देखिन्छ। धन्न नेपाली जनताको भाग्य कमसेकम आज आफ्नो आस्थाको केन्द्र राजा पुकार्न त पाएका छन्।

    नेपालमा अहिलेसम्म जति पनि आन्दोलनहरु भए, ती सबै राजनीतिक परिवर्तनका लागी भयका थिए ०३६ साल देखीका आन्दोलनमा सरिक हुदै आएका हामी कार्यकर्ताहरुले नागरिक आन्दोलन देखेका थिएनौं। मुलुकमा बढदै गएको भ्रष्टाचार, महंगी, बेरोजगार, अन्यायबाट आजित भएका जनता, ब्यापारी बर्गहरुले धेरै अगाडी देखी उठाउँदै आएका कुराहरु सरकार सुन्ने पक्षमै भएन। किनकि सत्ताको उन्मादले होस गुमाई सकेको सरकार, ठूला दलहरुले देश लुट्न मात्र हैन आफ्नै कार्यकर्तालाई मानसिक तनाबमा बाँच्न समेत बाध्य पारिरहेका छन्।

    जस्तो ०७४ को चुनाबमा एमालेबाट शोषण गरिएकी “राज्य लक्ष्मी गोल्छा”बाट धेरै कुरा बाहिर आएपछी भित्रभित्रै मिलायो, त्यस्तै केश नेपाली कांग्रेसका केही कार्यकर्तालाई पनि नपरेको होला भन्न सकिन्न। त्यसैले बैंकले उद्योमीहरुलाई सताएको जस्तो पार्टीले आफ्नै कार्यकर्तालाई पनि मानसिक तनाबमा पारेका घटना छन्, जुन बाहिर आएका छैनन्। जय नेपाल।

    (थापा नेपाली कांग्रेसको पूर्व सांसद हुनुहुन्छ।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...