News Portal

कर्णाली नदी तर्न अझै पनि डुंगाको भर

हिमालीसंचार संवाददाता
३२६ पटक

परमानन्द पाण्डे, टीकापुर। कर्णाली नदीको दौलतपुरघाटमा पक्की पुल नहुँदा स्थानीय डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुरघाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण डुंगाबाट वारपार गर्दै आएका हुन्।

हिउँदेयाममा नदीमा पानीको बहाव केही कम हुने भए पनि बर्खामा उर्लदो भेलमा भने स्थानीय ज्यानकै बाजी थापेर आउजाउ गर्छन्। कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो।

दौलतपुरघाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन्। ‘जोखिमपूर्ण डुंगा चढ्नु हाम्रो बाध्यता हो, टीकापुर नगरपालिका वडा नं. ५ का स्थानीय मीना चौधरीले भने, ‘हामी जन्मेदेखि नै यसरी नै वारपार गर्दै आएका छौं, हिउँदमा त पानी कम हुन्छ, सजिलै हुन्छ तर बर्खामा कर्णालीको भेलमा निकै डर लाग्छ।’

कर्णाली नदीले दुबै प्रदेश र दुबै जिल्लाको सीमाना छुट्याएको भए पनि यहाँका स्थानीयहरुको सम्बन्ध घनिष्ट छ। टीकापुरका सयौं बासिन्दाको खेत राजापुरमा छ भने, राजापुरका लागि टीकापुर नजिकको व्यापारिक केन्द्र हो।

‘हाम्रो खाने खेत नै राजापुरको दौतलपुरमा छ, धान ल्याउनेदेखि खेति लगाउनसम्म दिनमै ३/४ पटकसम्म ओहोरोदोहोरो गर्नुपर्छ’ टीकापुरका खेम धमालाले भने, ‘ज्यान जोखिममै राखेर जानुपर्छ, समय पनि धेरै लाग्छ।’ नदीमा सञ्चालन हुँदै आएका डुंगा (स्टिमर)बाट स्थानीय आवतजावत गर्छन्।

बर्दियाको दौलतपुर उब्जनीका लागि उर्वर भूमि हो। टीकापुरमा बसोबास गर्नेहरू पनि दौलतपुरमै खेतीपाती गर्छन्। दौलतपुरमा उब्जाएको खाद्यान्न बाली डुंगाबाटै टीकापुर भित्र्याउँछन्। कर्णाली नदीको तीव्र बहावका कारण बेलाबेलामा दुर्घटनासमेत हुने गरेको छ।

‘दुई वर्षअघि साउनको महिनामा २१ जना सवारी बोकेको स्टिमरमा समस्या आउँदा मुस्किलले एक किलोमिटर तल डुंगा पार लगायौं,’विगत ३३ वर्षदेखि दौलतपुरघाटमा डुंगा सञ्चालन गर्दै आएका गौरी चौधरीले भने, ‘के गर्नु यात्रुलाई तार्नैपर्छ अझ रातिको समयमा कयौं बिरामीलाई टर्च बालेर नदी तार्नुपर्छ।’

स्थानीयले लामो समयदेखि दौलतपुरघाटमा पक्की पुलको माग गर्दै आएका छन्। उनीहरुले संघर्ष समितिसमेत गठन गरेका थिए। समितिका सदस्य भरत साउँदले पुलका लागि धेरै निकायमा धाएपनि सम्बोधन हुन नसकेको बताए।

‘अब त आशा पनि मरिसक्यो,’साउँदले भने, ‘सबै तहका सरकारसँग पक्की पुल माग गरेका थियौं, सबैले पहल भइरहेको छ भन्छन् तर हाम्रो समस्या उस्तै छ।’ वर्षौंदेखि डुंगाको जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयहरुले पक्की पुल निर्माण हुनुपर्ने बताउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...