News Portal

अफ्रिकी मुलुक बुर्किना फासोमा फेरि सैनिक ‘कू’

हिमालीसंचार संवाददाता
४२३ पटक

एजेन्सी। अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले सैन्य नेता पाउल हेनरी दामिबाको सरकार अपदस्थ गरेको छ। सरकार विधटनसँगै सेनाले संकटकाल लगाएको छ।

सेनाका क्याप्टेन इब्राहिम ट्रोरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर संक्रमणकाल लगाएको घोषणा गरेको हो। उहाँले देशमा बिग्रँदै गएको सशस्त्र विद्रोहको सामना गर्न नसक्ने कारण दामिबालाई हटाउनुपरेको बताएका छन्।

नयाँ सरकार गठन भएसँगै कर्फ्यू लगाइएको छ भने विभिन्न नाकाहरू बन्द गरिएको छ। त्यसैगरी सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिहरूलाई पूर्ण रूपमा बन्देज लगाइएको छ।

पश्चिमी अफ्रिकी मुलुकका लागि ८ महिनामा यो दोस्रो पटक सत्ता परिवर्तन भएको हो। दामिबाले यसअघि जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता लिएको थियो। त्यसलगत्तै मुलुकको सुरूक्षा व्यवस्था खलबलिएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए।

अस्थिर सरकारको फाइदा उठाउँदै विद्रोही बुर्किना फासोले अलकयदासँग सम्बन्धित केही विद्रोही समूहहरूलाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेको छ। सो क्रममा भएका हिंसात्मक गतिविधि बढेको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...