News Portal

अफ्रिकी मुलुक बुर्किना फासोमा फेरि सैनिक ‘कू’

हिमालीसंचार संवाददाता
३५४ पटक

एजेन्सी। अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले सैन्य नेता पाउल हेनरी दामिबाको सरकार अपदस्थ गरेको छ। सरकार विधटनसँगै सेनाले संकटकाल लगाएको छ।

सेनाका क्याप्टेन इब्राहिम ट्रोरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर संक्रमणकाल लगाएको घोषणा गरेको हो। उहाँले देशमा बिग्रँदै गएको सशस्त्र विद्रोहको सामना गर्न नसक्ने कारण दामिबालाई हटाउनुपरेको बताएका छन्।

नयाँ सरकार गठन भएसँगै कर्फ्यू लगाइएको छ भने विभिन्न नाकाहरू बन्द गरिएको छ। त्यसैगरी सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिहरूलाई पूर्ण रूपमा बन्देज लगाइएको छ।

पश्चिमी अफ्रिकी मुलुकका लागि ८ महिनामा यो दोस्रो पटक सत्ता परिवर्तन भएको हो। दामिबाले यसअघि जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता लिएको थियो। त्यसलगत्तै मुलुकको सुरूक्षा व्यवस्था खलबलिएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए।

अस्थिर सरकारको फाइदा उठाउँदै विद्रोही बुर्किना फासोले अलकयदासँग सम्बन्धित केही विद्रोही समूहहरूलाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेको छ। सो क्रममा भएका हिंसात्मक गतिविधि बढेको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...