News Portal

युएइको दुबइमा बलिहाङ तङ्नाम हुने, गायक राम लिम्बु सहित स्थानीय कलाकारको प्रस्तुति

कार्यक्रम ६ नोभेम्बर २०२२ दुबइमा हुने भएको हो।

हिमालीसंचार संवाददाता
६९४ पटक

युएइ – किरात यक्थुङ चुम्लुङ युएइ र संघीय लिम्बुवान समाजिक मञ्च युएइको  संयुक्त आयोजनमा बलिहाङ तङनाम चाड मनाउन लागिएको किरात याक्थङ चुम्लुङ युएइका अध्यक्ष कमल लावती र संघीय लिम्बुवान सामाजिक मञ्च युएइका अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिए ।

“लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता, १ नं. प्रदेशको नाम लिम्बुवान किरात धोषणा गर” नारा सहित आगामी नोभेम्बर ६ तारिख २०२२ मा बर-दुबाईको अस्टोरिय होटलको याक एण्ड यति एभरेष्ट होटलमा दि भोइस अफ नेपाल सिजन-२ का बिजेता राम लिम्बूको सागीतिक प्रस्तुति रहने संघीय लिम्बुवान सामाजिक मञ्च युएइका अध्यक्ष बिक्रम लिम्बुले बताए । 

वलिहाङ तङनाम बास्तबमा याक्थुङ लिम्बू जातिको एक महत्त्वपूर्ण चाड हो । तङनामको बारेमा अनेक कथनहरु पाइन्छन् । किरात देशमा बलिहाङ नामको अति नै प्रजाप्रेमी र शक्तिशाली किरात राजा थिए। आफ्नो देश भित्रका जनताका साह्रा दु:ख सुखमा उनले साथ दिन्थे। देशका प्रजाहरुले खाए नखाएको बुझि सबैले खाएको खबर नआएसम्म उनी खादैनथे । 

उनी त्रिकालदर्शी पनि थिए । एक दिन राज सभा बोलाएर मन्त्री, सल्लाहकार, देशबासीमा ‘मेरो दिन पुगेको र स्वर्ग जादैछु, त्यसैले देशमा झैझगडा नगरी रहनु’ भनेर वाणी दिन थाल्यो । तब जनतामा प्रजाको आखाबाट आशु झार्न थाल्यो ।रुवाबासीले राजदरबार नै सोकाकुल भयो । प्रजाहरुले बिन्ति गरे। महाराज यो मृत्यु रोक्न के गर्नु पर्छ? हामी सो गर्न तयार छौ । 

प्रजाहरुको बिन्ति सुनेर राजाले कालबाट रोक्न ‘जब काल मलाई लिन आउछ, तब प्रत्येक घरघरमा लिपपोत गरेरदियो बालेर उज्यालो बनाउनु र मेरो प्राणको रक्षाको लागि तागेरा निङवाफु माङको अटुट प्रार्थना गर्नु’ भनेर सन्देश भयो ।  तब राजाको अन्तिम काल लिन आउने दिनमा भनेको औंशिको रात थियो । राजाले भने जस्तै घर सफा लिपपोत गरेर प्रत्येक घरघरमा झिलिमिली गरेर बत्ती बालेर तागेरा निङ्वा फु माङसँग बेलुका भयो भने “लारिङ्गेक” र बिहान घामम झुल्किने “नाम्लिङ्गेक” भन्दै प्रार्थना गरे ।

तब प्रजाहरुको प्रार्थना र उज्यालोमा काल लिन आएन र राजा फेरि बिउझिए। राजाको नयाँ अवतार भएको खुशियालीमा राजाको हुकुम भयो । अब यो देशमा घरघरमा पुगेर देउसी भैलो खेल्ने, मनोरञ्जन गर्ने भनी आएको आदेश अहिलेसम्म लिम्बू समुदायमा चाडपर्व तङनामको रुपमा रहन गएको किम्बदन्ती पाइन्छ । 

कोभिडको कारणले नियमित रुपले गर्नु पर्ने कार्यक्रम हुन सकेको थिएन । जसले याक्थुङ लिम्बूको मौलिक संस्कार, संस्कृति र पहिचान सहितको अस्तित्व आडको आवश्यकताका साथ कार्यक्रम संञ्चालन हुन गइरहेको जानकारी दिए ।बिशेष प्रस्तुतिमा केलाङ, यालाङ(धान) नाचका सहित विभिन्न संस्कृतिक प्रस्तुति समेत रहनेछ ।

नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष बिजय लक्ष्मी राईको प्रमुख अतिथि, नेपाली समाज युएई प्रतिनिधि बिशेष अथिति र युएईमा आबद्ध करिब १० संस्थाको बिशेष सहभागिता रहने आयोजकले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...