News Portal

त्रि–चन्द्र क्याम्पसको भवन पुनर्निर्माणसँगै घण्टाघरको जीर्णोद्धार हुने

हिमालीसंचार संवाददाता
३६५ पटक

काठमाडौं – सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन्। तर, घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन्। त्रि–चन्द्र क्याम्पसको सबैभन्दा पुरानो भवनको पुनर्निर्माण र सँगै जोडिएको घण्टाघरको जीर्णोद्धार हुने भएको छ। परिसरभित्र रहेकाले घण्टाघरको जिम्मेवारी त्रि–चन्द्र क्याम्पसले नै वहन गर्दै आएको छ।

त्रि–चन्द्र क्याम्पसका प्रमुख प्रा. डा. सुनील अधिकारीले भने, “घडी अझै थाकेको छैन तर दम दिएर साध्यै नचल्ने भयो। अब अटोमेटिक घडी जडान गर्नुपर्छ। अहिलेको घडीलाई क्याम्पसभित्र सङ्ग्रहालय बनाएर राख्नेछौँ।” 

तत्कालीन प्रधानमन्त्री वीरशमशेरले भिरालो जमिनको डिलमा घण्टाघर निर्माण गर्न लगाउनुभएको थियो। केही इतिहासकारले १९५१ साल र केहीले १९५७ सालमा घण्टाघर निर्माण भएको लेखेका छन्। त्यससँगै वीर पुस्तकालय पनि स्थापना गरियो र त्यसलाई पुस्तकखाना भनिन्थ्यो। दरबार हाइस्कुलको बुइगलमा राखिएका पुस्तकालयलाई वीर पुस्तकालयमा सारियो। 

त्यसबेला रानीपोखरी घण्टाघर भन्ने चलन थियो। राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको १९५६ सालको दस्तावेजमा पुस्तकखानाका हाकिमअन्तर्गत घण्टाघरको निगरानी गर्न सिपाही ठेकिएको उल्लेख छ। आलोपालो काममा आठ जना सिपाही खटाइएको हुन्थ्यो। उनीहरूले घण्टाघरको सफाइका साथै पालोपहरा दिने गर्थे। 

घण्टाघर संरक्षणका लागि राखिएका ती सिपाहीलाई पुस्तकालय स्याहारको पनि जिम्मा दिइएको सो लिखतबाट प्रस्ट हुन्छ। कुनै सिपाहीले ती दुवै काम गर्न नचाहेमा ‘उनका स्थानमा नयाँ मानिसलाई भर्ना गराउन ल्याउनू र तिनलाई हामी भर्ना गरिदिन्छौँ भन्ने ठाडो आदेश जारी भएको देखिन्छ। यो समाचारगोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...