News Portal

  • त्रि–चन्द्र क्याम्पसको भवन पुनर्निर्माणसँगै घण्टाघरको जीर्णोद्धार हुने

    हिमालीसंचार संवाददाता
    २९६ पटक

    काठमाडौं – सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन्। तर, घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन्। त्रि–चन्द्र क्याम्पसको सबैभन्दा पुरानो भवनको पुनर्निर्माण र सँगै जोडिएको घण्टाघरको जीर्णोद्धार हुने भएको छ। परिसरभित्र रहेकाले घण्टाघरको जिम्मेवारी त्रि–चन्द्र क्याम्पसले नै वहन गर्दै आएको छ।

    त्रि–चन्द्र क्याम्पसका प्रमुख प्रा. डा. सुनील अधिकारीले भने, “घडी अझै थाकेको छैन तर दम दिएर साध्यै नचल्ने भयो। अब अटोमेटिक घडी जडान गर्नुपर्छ। अहिलेको घडीलाई क्याम्पसभित्र सङ्ग्रहालय बनाएर राख्नेछौँ।” 

    तत्कालीन प्रधानमन्त्री वीरशमशेरले भिरालो जमिनको डिलमा घण्टाघर निर्माण गर्न लगाउनुभएको थियो। केही इतिहासकारले १९५१ साल र केहीले १९५७ सालमा घण्टाघर निर्माण भएको लेखेका छन्। त्यससँगै वीर पुस्तकालय पनि स्थापना गरियो र त्यसलाई पुस्तकखाना भनिन्थ्यो। दरबार हाइस्कुलको बुइगलमा राखिएका पुस्तकालयलाई वीर पुस्तकालयमा सारियो। 

    त्यसबेला रानीपोखरी घण्टाघर भन्ने चलन थियो। राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको १९५६ सालको दस्तावेजमा पुस्तकखानाका हाकिमअन्तर्गत घण्टाघरको निगरानी गर्न सिपाही ठेकिएको उल्लेख छ। आलोपालो काममा आठ जना सिपाही खटाइएको हुन्थ्यो। उनीहरूले घण्टाघरको सफाइका साथै पालोपहरा दिने गर्थे। 

    घण्टाघर संरक्षणका लागि राखिएका ती सिपाहीलाई पुस्तकालय स्याहारको पनि जिम्मा दिइएको सो लिखतबाट प्रस्ट हुन्छ। कुनै सिपाहीले ती दुवै काम गर्न नचाहेमा ‘उनका स्थानमा नयाँ मानिसलाई भर्ना गराउन ल्याउनू र तिनलाई हामी भर्ना गरिदिन्छौँ भन्ने ठाडो आदेश जारी भएको देखिन्छ। यो समाचारगोरखापत्र दैनिकमा छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...

    भारतमा विषाक्त खोकी सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

    भारत, असोज २३ – भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक खोकी सिरप सेवनका कारण कम्तीमा २०...