News Portal

मकाउको परिचय: मकाउ स्थित “कोलन-पदयात्रा” प्रकृतिको सामिप्यमा लटपटिदै हिड्दा – सन्जिब कोयी

हिमालीसंचार संवाददाता
९६६ पटक

मकाउ चीनको विशेष प्रसाशनिक क्षेत्र हो। चीनको दक्षिणी भेग जुहाइ प्रदेशसंग सिमाना जोडिएको तटिय क्षेत्रमा मकाउ अबस्थित छ। चीन हुदै हङकङबाट पर्ल डेल्टा नदीसंग जोडिएको एउटा स्वायत्त क्षेत्र हो। मकाउको पूर्वीतर्फ करिब ४० माइल (६०किलोमिटर) को दूरीमा हङकङ रहेको छ । सन् १९९९ सालसम्म मकाउ पोर्तुगालको अधिनमा रहेको थियो।

यो उपनिवेश २० डिसेम्बर १९९९ सम्म पोर्तुगाली शासनको अधीनमा रहेको थियो। जब यसलाई चीनमा हस्तान्तरण गरियो त्यसपछि जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्रको रुपमा रुपान्तरित भयो । युरोपेली औपनिवेशिक युगको लगभग ६ सय वर्षको अन्त्यलाई चिह्नित गर्यो।

मकाउले विभिन्न सांस्कृतिक प्रभावहरुको मिश्रणलाई प्रतिविम्वित गर्दछ। ताईपा, कोलन र मकाउ गरी तीन भागमा वर्गिकृत गरिएको छ। ताइपा स्थित कोटाई स्ट्रिपमा विशाल क्यासिनो र महलहरु रहेका छन्। यो क्षेत्र ताइपा र कोलनसंग जोडिएका भूभाग हुन्। मकाउलाई “एसियाका लास भेगास” उपनामले समेत परिचित छ। यहाँको थप उल्लेखनीय स्थलहरु मध्ये मकाउ टावर सार्वाधिक अग्लो टावर रुपमा लिइन्छ । मकाउ टावरदेखि मकाउका सुन्दर मनोरम सम्पूर्ण दृष्यलोकन गर्न सकिन्छ। यो विश्वकै अग्लो मानव निर्मित बञ्जी हो।

नेपालको जस्तै देविदेउताका मूर्तिहरु, गुम्बाहरु अनी पदयात्राका लागि बनाएका सुविधा सम्पन्न गोरेटाहरु निर्माण गरिएको छ। हरेक उच्च पहाडका टापुहरुमा प्रकृतिका छिट्टाहरु नाचिरहेको अनुभूति हुन्छ। भेटिएका मन्दिरका प्रवेशद्वारहरुमा कलात्मक मूर्तिहरु, देवीको पाउ जस्तै देखिने विभिन्न सुन्दर आकृतिका कलात्मक चित्रहरु मात्र नभएर विभिन्न जीवजन्तुहरुको कलात्मक चित्रहरु कुदिएका छन्। एउटा अनौठो कुरो त ठ्याक्कै भगवान गौतम बुद्धको मुर्तिसंग मिल्दो जुल्दो मुर्ति हरेक ठाउमा राखिएको हुन्छ।  

मकाउमा अधिकांश नेपालीहरु सुरक्षाकर्मीको रुपमा क्यासिनो, बैंक, सुपरमार्केट र कारागारहरुमा कार्यरत रहेका छन्। मकाउ सरकारले भर्खरै मात्र क्यासिनोमा कार्यरत श्रमिकहरु मकाउभरका कुनै पनी क्यासिनो प्रवेशमा प्रतिबन्ध लगाएको छ। 

क्यासिनो प्रवेशमा प्रतिबन्ध लगाएपछि नेपालीहरु पहाडका चुचुरोहरुमा प्रकृतिसंग नजिक भएका छन्। शहरका रंगी विरंगी झिलिमिली बत्ति अब हरीयो प्राकृतिक मनोरम सुन्दर दृश्य, प्रकृति, चराचुरुङगीहरुको चिरविराहट आवाज सुन्दै पैदल यात्राका लागि हुलका हुल गोर्खालीहरु निस्किने क्रमश दिनानुदिन बृद्धि भइरहेको छ।

सन् २०१२ सालदेखि मकाउ सरकारले क्यासिनोमा कार्यरत कर्मचारी कार्यअवधि भन्दा अन्य समयमा मकाउको कुनै पनी क्यासिनोहरुमा प्रवेशमा रोक लगाएको कारण पैदल यात्रा तर्फ आकर्षित भएका हुन्।  

नेपालको भक्तपुर जिल्ला भन्दा सानो क्षेत्रफल भित्र सिंगो मुलुक समिटिएको मकाउको क्षेत्रफल समेत सिमित रहेको छ। यहाँको डायलिङ कोड +८५३, मकाउको कुल क्षेत्रफल ११८ km2, मुद्रा मकाउ पतका, कुल ६६७,०२९ जनसंख्या रहेको संसारकै धनी जनसंख्या रहेको मुलुको रुपमा चिनिन्छ। मकाउको स्थानीय भाषा क्यानटोनिस (कोङतुवा) हो। यसको अलबा म्यानडोरिन ( फुतुङवा)  चीना भाषा र अंग्रेजी भाषा नै मकाउमा बोलिने प्रचलित भाषा हुन्। 

मकाउमा नेपाली समुदायद्वारा गठीत विभिन्न जातिय संघसंस्थाहरु गठन गरिएको छ । जसले आफ्नो संस्कार, संस्कृति र पहिचान स्थापित गर्न मकाउमा आफ्नो समाजलाई एकजुट गर्ने महत्वपूर्ण कार्य गर्दै आएको छ। पछिल्लो समय मकाउमा गठीत जातिय संघसंस्थाहरुको सक्रियतामा नेपाल आदिबासी जनजाति महासंघ मकाउ भिमकुमार राई किरातको अध्यक्षमा गठन गरिएको छ। 

त्यस्तै, नेपाली सहयोगी हातहरु नामक संस्थाले मकाउमा सक्रिय रुपमा आफ्नो क्रियकलाप अधि बढाई रहेका छन्। निर्देशक उदय वाग्ले रहेको नेपाली सहयोगी हातहरु मकाउ, सुदर्शन थापा मगरको अध्यक्षतामा गठन भएको छोटो समयमा राम्रो परिचय दिएको नेपाली सहयोगी हातहरु मकाउले नेपाली समुदाय माँझ विभिन्न सामाजिक कार्यहरु गरिरहेका छन्। 

सन्जिब कोयी
केपिलासगढी-७ सुङदेल, खोटाङ सगरमाथा

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...