News Portal

उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनकाे आभाष आमा शब्द

हिमालीसंचार संवाददाता
४५९ पटक

चन्द्र थापा धादिङ –आमा एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने दिन अर्थात् माता तीर्थ औँसी । संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ।
उनै आमा जसले संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा सन्तानका इच्छा पूरा गरिन्।आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ।

प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ। ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहन शक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलि दिन्छिन्। हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ।आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान जन्माउन,भगवानले आमालाई नै सुम्पिएका होलान्। नेपोलियन बाेनापार्टले त्यसै भनेका होइनन्, मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु।

तर केही समय अगाडि अन्दाजी १०- १२ वर्ष जतिको एउटा बाबुको पीडाले अहिले सम्म झस्काई रहेको छ , लैनचौर मा चिया होटलमा चिया खादै थिए,एउटा हातले प्लास्टिक र कागज भएको झुत्रा बोरा समाउदै अर्को हातले दुधको पाकेटमा राखिएको डेन्ड्राइट चुस्दै ४-५ जना बच्चाहरु मेरो नजिकै आउदै थिए ती मध्ये एक जना बच्चा भर्खर भर्खर त्यस्तो काममा लागेको देखिन्थ्यो,कलिलो अनि कुलकुलाउदो शरीर,त्यसरी डेन्ड्राईट चुस्दै हिडेको देख्दा सोध्न मन लाग्यो र बोलाए बाबु तिम्रो नाम के हो ? यसरी डेन्ड्राइट चुस्न हुदैन नि ! उसबाट जवाफ आयो तपाई लाई के मतलव, अनि फेरि सोधे घर कहाँ हो,रिसायो र वोलेन अनि
अनुरोध पुर्वक उसलाई १०० रुपैया हातमा राख्दिन खोजे,आश्चर्य माने।

जस्तो गरि लियो अनि,जान्छु अंकल भन्दै गर्दा फेरी भावुक हुदै हात समाएर सोधे,बाबू तिमी स्कुल पढ्ने उमेरमा किन यसरी हिडेको,वल्ल उसबाट जवाफ आयो,बाउ विदेश मा अकै सग विहे गर्यो अहिल बेखवर छ अनि आमा पनि कता गयो गयो,सुनेको पोइल गयो रे अनि वेसहारा बने, साथीहरू संग भेट भयो

माया गर्छन, उनिहरु संगै हिडेको छु यति भन्दै गर्दा मेरा आखा मा आँशु छचल्किदै थियो,उसलाई साथीहरू ले बोलाई रहेको ले यति भनेर दोडिहाल्यो,बाबु बाबु भन्दै थिए एक छिन मै परै पुगि हाल्यो । अनि लाग्छ प्रत्येक वर्ष मातातिर्थ अाैंसी को दिनमा यिनै संझना ले भावुक बनाउछ सम्झन्छु त्यो बच्चा के गर्दै होला ? उसका बा-आमा किन यति सम्म निर्दयी भएका होलान,तिनका कोखमा जन्म लिनु ती अवोध बच्चा को के दोष ?

प्रसंग यति मात्रै हैन,यो त प्रतिनिधि मुलक उदाहरण हो, समाजमा यस्ता घटना हरु कतिपय लाई मजाक बन्न थालेको छ । मान्छेहरुमा धन सम्पत्ति अनि बैँसको उन्माद ले धेरै को घर परिवार तहस नहस भएको छ । बाबा आमा छदै गर्दा जिउँदै टुहुरा भएका छन् सन्तान,जसलाई आमा शब्द संझने बित्तिकै आशुको धारा बनेको छ तर ती निर्दयी बाबू आमा लाई के थाहा यस्को पीडा कति हुन्छ भनेर,घरमा श्रीमती बाल बच्चाहरु को विचल्ली बनाएर फेरि अर्को घरको श्रीमती ताक्ने कुलंकार केही पुरुष र उन्माद अनि प्रलोभनमा पर्ने केही महिलाका कारण कति बच्चाहरुको माताको काँख खोसिएका छ त कतिको पिताको अविभावकिय जिम्मेवारी खोसिएको छ।

बालबच्चा को भविष्य उज्ज्वल बनाउने सपना वोकेर विदेशीएको व्यक्ति सामाजिक सञ्जाल को दुरुपयोग अनि बैंस उन्मादले अन्ततः न घर को नघाट को हुदा बाल बच्चा जीवन शैली दयनीय वन्दै छ। हस्पिटल वेडमा बच्चा छोडेर हिडेका छन,जंगलमा फालिदिएका छन् अनि यहि होत मातृवात्सल्य ? सोच नारी !! सोच पुरुष !! तिमी एक दुई जनाको गलत कार्य ले धेरै लाई समस्या बनाएको छ ।

यी र यस्तै बालबच्चा नाउँमा काम गर्ने थुप्रै संघ सस्थाहरु छन तर किन बालबच्चा को हालत यस्तो भै रहेको छ भनेर सोच्न जरुरी छ । उन्मादमा हुने बहुविवाह लाई हद‌ै सम्म कडाई गर्ने हो भने यस्ता घटना हरु मा धेरै कमि हुन्छ।तसर्थ कसैको सफलतामा काेही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ उसको आमा हुन्छिन्। आमा सिर्फ आमा मात्र हुँदिनन्, सन्तानको लागि पहिलो पुस्तक पनि हुन। आमा नै पहिलो गुरु हुन्, आमा नै पहिलो साथी हुन्, आमा नै पहिलो सल्लाहकार हुन्, आमा नै हरेक पीडाको सारथी हुन्।

 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...