News Portal

  • ‘घोपा बचाउ’ भन्दै १२ औं दिनदेखि धराने युवा सडकमा, मेयर राईको पनी समर्थन

    हिमालीसंचार संवाददाता
    १७० पटक

    धरान – ‘धोपा बचाउ’ मुख्य नारा लिएर ‘हामी नेपाल’ को नेतृत्वमा धरानका युवाहरुले १२ औं दिनदेखि सडकमा धर्ना दिइरहेका छन् । धोपा क्याम्प स्थित डेन्टल गेट अगाडी हरेक दिन ४ बजेदेखि ६ बजेसम्म विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर प्रतिष्ठानको डेन्टल अगाडी सडकमा धराने युवाहरुले घर्ना दिईरहेका छन् ।

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थानीय धरानवासीहरूका लागि ‘घोपा क्याम्प’ नामले ज्यादा परिचित छ । विस २०१७ सालमा पहिलेको घोपा गाउँ पञ्चायत र बाँझगरा गाउँ पञ्चायत मिलेर धरान बनेको थियो। त्यो समयसम्म धरान मोरङ जिल्लाको निर्वाचन क्षेत्रमा पर्दथ्यो। घोपा क्षेत्रमा ब्रिटिश लाहुरे भर्ती केन्द्र खुलेपछि त्यसलाई ‘घोपा क्याम्प’ भन्न थालियो। पछिल्लो समय धरानबाट गोर्खा भर्ती केन्द्र पोखरा सरेपछि विस २०५० सालमा प्रतिष्ठान स्थापना भयो। तर, स्थानीयवासीको मुखबाट घोपा क्याम्प हट्न सकेन।

    भारतको प्रसिद्ध स्वास्थ्य संस्था अखिल भारतीय चिकित्सा विज्ञान संस्था (एम्स) को मोडलमा धरानमा प्रतिष्ठान स्थापना भएको थियो। पछिल्लो समय भ्रष्टचारमा डुबेपछि प्रतिष्ठान भित्र ब्यथिति बढ्यो। नेपाल सरकारले सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा छानबिन समिति गठन गर्यो । पदाधिकारीहरूलाई कारबाहीको सिफारिस गरे पनी कारबाही गर्न सकेन। 

    त्यस्तै, २० चैतमा प्रतिष्ठानका सह–कुलपति समेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सिनेट बैठक डाके पनि प्रतिष्ठानका पदाधिकारीहरूले अदालतबाट अल्पकालीन अन्तरिम आदेश पाएपछि बैठक बस्न सकेन।

    अभियानमा नगर प्रमुख राईको समर्थनः युवाहरुको अभियानमा धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले पनि युवाहरुको माग प्रति समर्थन रहेको बताएका छन् । धर्ना स्थलमा युवाहरुलाई सम्बोधन गर्दै मेयर राईले धरानका जनताका लागि भएको अन्दोलनमा समर्थन रहने बताए ।

    मेयर राईका अनुसार ‘यो कुनै राजनीतिक दल अथवा संगठनले आयोजना गरेको आन्दोलन होइन । स्वतन्त्र युवाहरुले आफ्नो लागि आफैं गरिरहेको आन्दोलन भएर मेरो साथ छ, रहन्छ।’ प्रतिष्ठान धरानको मुख्य आयश्रोतको केन्द्र रहेको बताउदै यो आन्दोलनमा आफ्नो समर्थन रहने बताएका छन् । 

    अभियानकर्मीहरुको विभिन्न चार बुदे मागः हामी नेपालको नेतृत्वमा धरानका युवाहरुले प्रत्येक दिन साझ ४ बजेदेखि ६ बजेसम्म सडकमा धर्ना दिइरहेका छन्। धर्नासंगै अभियानकर्मीहरुले विभिन्न ४ बुदे माग समेत राखेका छन्।

    पहिलो मागः अस्पतालको एमआरआई मेसिन बनाउनुपर्ने, भिडियो एक्सरेको सुविधा दिनुपर्ने ।

    दोश्रो मागः दोस्रो बुँदामा २५ वर्षयताका पदाधिकारीको सम्पत्ति छानबिन हुनुपर्ने ।

    तेश्रो मागः तेस्रोमा प्रतिष्ठानमा भएका खरिद प्रक्रियाका कागजात वेबसाइटमा राखिनुपर्ने। 

    चौथो मागः चौथोमा सामान्य र अस्पतालका आधारभूत सेवा पनि दिन नसक्ने हो भने पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

    यो धर्ना कसैसँग सम्झौता गर्ने भन्दा पनि सेवामा परिवर्तन आएपछि मात्रै रोकिने अध्यक्ष गुरुङले बताएका छन् । प्रतिष्ठानमा औषधी पसलमा औषधी नपाइने, एमआरआई गर्न बाहिर जानुपर्ने, सामान्य अवस्थामा पनि आईसीयू बेड नपाएर अन्य अस्पताल अथवा विराटनगर जानुपर्ने अवस्था हुन नहुने उनीहरुको बुझाइ छ ।

    अभियानकर्ताहरुले सोमबार पत्रकार सम्मेलन गरेर अभियानमा प्रतिष्ठान सुधार बाहेक कुनै राजनीतिक वा अन्य उद्देश्य नरहेको बताएका छन् । संयोजक गुरुङले भने, “अस्पताल सुधार्न सहयोग गर्नुको साटो उल्टै अभियान रोक्न राजनीतिक दलका नेताहरूले दबाब दिन थालेका छन् ।”

    आन्दोलनका क्रममा उनीहरूले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीको मोबाइल नम्बर सार्वजनिक गरेर ‘घोपा बचाउ’ लेखेर एसएमएस गरी दबाब सिर्जना गर्न आह्वान गरेका थिए। उनीहरूको आह्वान अनुसार आन्दोलनमा सहभागी युवा पुस्ताले एसएमएस पनि गरे। तर, उपकुलपति गिरीले आफूलाई म्यासेज मार्फत धम्की समेत आएको भनी प्रहरीमा उजुरी दिएपछि प्रहरीले अभियानकर्मीलाई बोलाएर सोधपुछ गरेको छ।

    उपकुलपति सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले उनको मोबाइल नम्बर भने सांकेतिक रूपमा दबाब दिनका लागि सार्वजनिक गरेको तर कसैलाई हानि हुने काम नगरेको संयोजक गुरुङको भनाई छ। उनी भन्छन्, “राजनीतिक दलका नेताहरूले प्रहरीलाई आन्दोलन रोक्न दबाब दिएका रहेछन्।”

    गत १९ चैतबाट शुरू गरिएको अभियानमा धरानका युवा पुस्ताको उपस्थिति बढिरहेको छ, तर राजनीतिक दलहरूले भने यस विषयमा अहिलेसम्म चासो देखाएका छैनन्।

    हामी नेपाल समूहले धरानसँगै काठमाडौंमा पनि ‘घोपा बचाउ अभियान’ सञ्चालन गरिरहेको छ भने पोखरामा पनि चाँडै शुरू गर्ने संयोजक गुरुङले बताए। शान्तिपूर्ण अभियानबाट समस्या समाधान नभए स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालय घेर्ने, त्यसपछि पनि समस्या समाधान नभए सामूहिक अनशनमा बस्ने उनीहरूको योजना छ।

    “हाम्रा मागहरू राजनीतिक रूपमा आएका होइनन्, हामी कसैको झण्डा बोक्दैनौं,” संयोजक गुरुङ भन्छन्, “यस्तो भव्य अस्पताल अस्तव्यस्त हुँदा हामी चूप लागेर नबसौं भनेर धरानवासीलाई पनि जगाउन खोजेका हौं। यदि धरानवासीले यो आवश्यक छैन भन्छन् भने हामी फर्किन्छौं।”

    वीपीमा स्वास्थ्या जाँच गर्न जाने विरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआई बिग्रिएका कारण निजी ल्याबमा जानुपर्ने अवस्था छ । वर्षौंदेखि यस्तो समस्या झेलिरहेको धरानबासी आफैं जागरुक भएर धर्नामा उत्रिएका भने होइनन्। धराने युवाहरुलाई जागरुक बनाउनको लागि काठमाडौंबाट ‘हामी नेपाल’ को टोली नेतृत्व गरिरहेको छ ।

    घुसपैठ रोक्न सीसीटीभी क्यामेरा जडानः स्थानीय तहको चुनाव नजिक आएपछि आन्दोलनमा राजनीतिक घुसपैठ हुन सक्ने जोखिमप्रति युवाहरु सचेत छन् । त्यस्तो हुन नदिन धर्नास्थलमा सीसीटीभी समेत जडान गरिएको छ ।

    आन्दोलनलाई राजनीतिक एजेण्डा बनाउन र आन्दोलनमा सहभागीलाई भड्काउन सक्ने जोखिम भएकोले स्थानीयको सहयोगमा सीसीटीभी जोडिएको हामी नेपालका अध्यक्ष गुरुङले बताए ।

    हरेक दिन धर्नामा सहभागी स्थानीय युवहरुले भन्छन् ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं । अस्पतालको सेवामा हाम्रो धर्नाले नकारात्मक असर नपरोस् भन्नेमा हामी सचेत छौं ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अब धरहरा चढ्न सार्वजनिक बिदा कुर्नु नपर्ने, १२ घण्टा खुला रहने व्यवस्था लागू

    काठमाडौं, साउन १ – सर्वसाधारणका लागि धरहरा अवलोकनको समय थपिएको छ। अबदेखि राजधानीको ऐतिहासिक धरहरा...

    मन्त्री अधिकारीको खुलासा : मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ, अडियो प्रकरणमा संलग्नता नदेखिए कारबाही भोग्न तयार

    काठमाडौं, साउन १ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा...

    मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

    काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण...

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...

    अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा...