News Portal

जुनी खालिङ राईको “याद आउछ मेरी आमा” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६८६ पटक

काठमाडौं – पुर्वाञ्चल धनकुटाकी उदयीमान युवा गायिका जुनी खालिङ राईको एकल आवाजमा रहेको “याद आउछ मेरी आमा” गीत गायिका राईको जुनी खालिङ राई युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

सार्वजनिक म्युजिक भिडियोको गीतकार बसन्त लिम्बुको शब्द रचना रहेको गीतमा गायिका राईले आफैले अभिनय समेत गरेकी छिन्। युवा संगीतकार गंगा प्रकाश लावतीको संगीत रहेको गीत प्रत्येक संगीत प्रेमीहरुका लागि मिठो गीत बनेको छ।

छायांकन तथा प्राविधिक संयोजन राज बान्तावाले गरेका यस गीतमा राजु कार्कीको एरेन्ज, मिक्सिङ एण्ड मास्टरिङ समेत कार्कीले गरेका छन्। यो गीत किङ स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको हो। 

सार्वजनिक गीतमा विशेषत जन्म दिनु हुने आफ्नी आमाको माया जीवन पर्यान्त पनी सधै सम्झानामा रहीरहने सन्देश दिन खोजेका गीतकार लिम्बुले “बाँचिरेको छु जब जुनेली रातमा चम्किरहेको जूनलाई हेरेर मुस्कुराउने गर्छू आमा, जब कालो बादल आएर जूनलाई छेकी दिन्छ अनि म  झस्किन्एर टोलाउछु आमा, जब यो धर्तीबाट आमा बिलिन हुदाँ आमाको त्यो माया प्रस्तुत गरिएको गीतमा रिता खालिङ राई र गायिका राईको अभिनय रहेको गीत हरेक संगीत प्रेमी मानुभावहरुले मनपराई दिने विश्वास गायिका राईले हिमालीसंचारडटकमसंग आशा ब्यक्त गरेकी छिन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...