News Portal

जुनी खालिङ राईको “याद आउछ मेरी आमा” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७१९ पटक

काठमाडौं – पुर्वाञ्चल धनकुटाकी उदयीमान युवा गायिका जुनी खालिङ राईको एकल आवाजमा रहेको “याद आउछ मेरी आमा” गीत गायिका राईको जुनी खालिङ राई युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

सार्वजनिक म्युजिक भिडियोको गीतकार बसन्त लिम्बुको शब्द रचना रहेको गीतमा गायिका राईले आफैले अभिनय समेत गरेकी छिन्। युवा संगीतकार गंगा प्रकाश लावतीको संगीत रहेको गीत प्रत्येक संगीत प्रेमीहरुका लागि मिठो गीत बनेको छ।

छायांकन तथा प्राविधिक संयोजन राज बान्तावाले गरेका यस गीतमा राजु कार्कीको एरेन्ज, मिक्सिङ एण्ड मास्टरिङ समेत कार्कीले गरेका छन्। यो गीत किङ स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको हो। 

सार्वजनिक गीतमा विशेषत जन्म दिनु हुने आफ्नी आमाको माया जीवन पर्यान्त पनी सधै सम्झानामा रहीरहने सन्देश दिन खोजेका गीतकार लिम्बुले “बाँचिरेको छु जब जुनेली रातमा चम्किरहेको जूनलाई हेरेर मुस्कुराउने गर्छू आमा, जब कालो बादल आएर जूनलाई छेकी दिन्छ अनि म  झस्किन्एर टोलाउछु आमा, जब यो धर्तीबाट आमा बिलिन हुदाँ आमाको त्यो माया प्रस्तुत गरिएको गीतमा रिता खालिङ राई र गायिका राईको अभिनय रहेको गीत हरेक संगीत प्रेमी मानुभावहरुले मनपराई दिने विश्वास गायिका राईले हिमालीसंचारडटकमसंग आशा ब्यक्त गरेकी छिन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...