News Portal

प्रगतिशील नेपाली समाज कुवेत गठन, अध्यक्षमा बिजय आउजी र उपाध्यक्षमा गगन बिष्ट

हिमालीसंचार संवाददाता
७३८ पटक

कुवेत सिटी। बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रवास संगठन प्रगतिशील नेपाली समाज कुवेतको २०२१ डिसेम्बर ३ तारिखका दिन प्रमुख अथिती पार्टी संयोजक विश्व भक्त दुलाल(आहुती) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख राजेश नेपालीको समुपस्थितिमा घोषणा भएको छ।

उक्त घोषणा कार्यकमको सन्चालन प्रगतिशील नेपाली समाजका महासचिव कुशल थापा मगरले गरेका थिए भने, संगठनका उपाध्यक्ष गगनसिंह बिष्टले स्वागत मन्तव्य राखेका थिए।

प्रगतिशील नेपाली समाजको घोषणा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख राजेश नेपालीले गरेका थिए भने, कार्यक्रममा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको महत्व पुर्ण बिचार, कार्य योजना र बैज्ञानिक समाजवाद विस्तारका लागि संघर्षको बारेमा विशेष मन्तव्य पार्टी संयोजक आहुतीले गरेका थिए।

कार्यसमिति:-
अध्यक्ष:- बिजय आउजी
उपाध्यक्ष :- गगनसिंह बिष्ट
महासचिव :- कुशल थापा मगर
कोषाध्यक्ष :- शिव राना मगर

सदस्यहरु:-
निराजन मगराती
पवन गजमेर
महेश कुमार
कालू सिंह नागरी
हिमाल नेपाली
चक्र दमाई
गणेश ताम्राकार
शिवराज बि.एल.

उक्त घोषणा कार्यक्रममा गैरआवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितीका सदस्य माधब पौडेल, पत्रकार महासंघ युएई शाखाका उपाध्यक्ष मेघराज सापकोटा, विश्वकर्मा एकता समाजका सदस्य, दलित एकता संजालका सदस्य तथा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष दिल सेर्पालीलगायत प्रगतिशील नेपाली समाज युएईका अध्यक्ष जीवन दास र उपाध्यक्ष कृष्ण विश्वकर्मा, प्रगतिशील नेपाली समाज साउदी अरेबियाका संयोजक भिम नेपाली, प्रगतिशील नेपाली समाज मलेसियाका अध्यक्ष सुनिल परियार, प्रगतिशील नेपाली समाज भारत केन्द्रिय समितीका उपाध्यक्ष दिलिपसिंह नागरी र दिपेन्द्र बिबस बिष्टलगायत प्रगतिशील नेपाली समाज दक्षिण कोरियाका प्रतिनिधिहरुको शुभकामना मन्तव्य रहेको थियो।

उक्त प्रगतिशील नेपाली समाज कुवेतको घोषणा कार्यक्रमको समापन संगठनका अध्यक्ष बिजय आउजीले गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...