News Portal

वैदेशिक रोजगारी व्यवस्थित गर्नेबारे श्रममन्त्रीसँग संसदीय समितिमा छलफल

हिमालीसंचार संवाददाता
३५१ पटक

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ।

मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामनादिन संसदीय समितिले आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्नेबारे छलफल भएको हो।

फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरुले चासो राख्नुभएको थियो।

मन्त्री श्रेष्ठले विचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताउनुभयो। मन्त्री श्रेष्ठले राम्रो गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले सरकारले बेलायतमा फाष्ट ट्याकबाट १० हजार नर्स पठाउन औपचारिक पहलसुरु गरेको जानकारी बताउनुभयो।

सीप सिकाएर राम्रा गन्तव्य मुलुकमा श्रमिक लैजाने गरी तयारी अघि बढेको उहाँले बताउनुभयो। दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको भन्दै उहाँले आगामी जनवरीसम्म ६ सय जना कामदार पठाइने बताउनुभयो।

इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्वन्धी काम सकिएर प्रशासनिक काम मात्र बांकी रहेकोले छिट्टै इजरायल पठाइने बताउनुभयो।

मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले वैदेशिक रोजगारीकोनयाँ गन्तव्य खाजी भइरहेको बताउनुहुँदै बिभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नविकरणको तयारी भइरहेको बताउनुभयो। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य समेत रहुनभएका मन्त्री श्रेष्ठलाई समितिमा बधाइ ज्ञापन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...