News Portal

युएईको ‘दुबई एक्स्पो’मा साकेला शीली प्रदर्शन

हिमालीसंचार संवाददाता
३१० पटक

युएई – दुबईको यूएईमा जारी ‘दुबई एक्स्पो’मा नेपालका आदिबासी जनजातिको मौलिक संस्कृति प्रदर्शन गकिएको छ । गत १५ असोजबाट सुरु भएको ‘दुबई एक्स्पो–२०२०’मा नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाईमा नेपालका विभिन्न जातजातिको मौलिक पहिचान झल्काउने साँस्कृतिक झाँकी तथा साकेला नाच प्रदर्शन सुरु गरिएको हो ।

गत शुक्रबार किरात राई यायोक्खाले आ-आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजा सहित मौलिक झाँक्री तथा साकेला नाच प्रस्तुत गरेको किरात राई यायोक्खा शाखा दुबईका पूर्वअध्यक्ष हर्कजंग किरातीले हिमालीसंचारडटकमसंग बताए ।

मौलिक संस्कृति झल्किने भेषभुषा सहितको झाँकीको प्रदर्शनीले दुबईमा नेपालको झल्को दिलाएको किरात राई यायोक्खा शाखाका पूर्वअध्यक्ष किरातीले जानकारी दिए । नेपाली झाँकीले एक्स्पोमा आएका विदेशी पर्यटकको समेत ध्यान खिचेको थियो ।

आगामी ६ महिनासम्म चल्ने एक्स्पोमा प्रत्येक शुक्रबार जनजाति महासंघमा आवद्ध संघसंस्थामार्फत तामाङ समुदायको सेलो, नेवार समुदायको लाखे, मगर समुदायको नाच लगायतका साँस्कृतिक झाँकी तथा नाच प्रदर्शन गर्ने तयारी रहेको समते जानकारी दिए।

विश्व स्तरिय मञ्चमा नेपाली मौलिक संस्कृति प्रस्तुत हुनु सिंगो देशको लागि गौरबको विषय भएको आदिवासी जनजाती महासंघ यूएईका संरक्षक पासाङ शेर्पाले बताए । नेपाली मौलिक संस्कृतिलाई बिश्व सामु चिनाउन ‘दुबई एक्स्पो’ महत्वपूर्ण प्लेटफर्म बनेको दावी गरिएको छ ।

युएईको दुबई एक्स्पोका लागि आयोजकले नेपाललाई २१३ वर्गमिटर फिट ठाउँ उपलव्ध गराएको छ । दुबई एक्स्पोमा इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले नेपाली टोलीको नेतृत्व गरिरहेको छ ।

एक्स्पोमा नेपाली मौलिक सजावटका स्टलहरु समेत राखिएका छन् । एक्स्पोमा विश्वका १८० देशको पेभेलियन बनाइएको छ । सन् २०२० मै गर्न खोजिएको एक्स्पो कोरोना महामारीका कारण रोकिएको थियो ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...