News Portal

मलेसियाको जेलमा रहेका पुर्णबहादुरलाई नेपाल फर्काउन सहयोगको अपिल

हिमालीसंचार संवाददाता
६१६ पटक

खोटाङ – खोटाङ जिल्ला केपिलासगढी पालिका वडा नं.-७ सुङदेलका एक युवा मानसिक सन्तुलन गुमाएपछि मलेसियाको एक जेलमा रहेका पूर्णबहदुर राईलाई नेपाल फर्काउन परिवारले सहयोग अपिल गरिएका छन्।

खोटाङ जिल्ला केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेल साविक सुङदेल गाविस वडा नं. ३ स्थायी बसोबास गर्ने सेरबहादुर राईको नाती रणबहादुर राईको छोरा ना.प्र.नं. ५७० भएको पूर्णबहादुर राई बैदेशिक रोजगारीका लागि विगत ४ बर्ष अधि मलेसियामा थिए। 

एकासी मानसिक संतुलन मन्द भई सम्पर्क विहिन भएका राई नेपाल फर्काउने तयारी भईरहेको थियो। उनलाई स्थानीय प्रहरीले विना अनुमति स्थानीयको घर भित्र छिरेको अभियोगमा नियन्त्रणमा लिएको बुझिएको छ।

गत २२ अगस्ट २०२१ देखि मलेसिया स्थित सनगोगाई कारागारमा बन्दि रहेको हुदा नीजको आर्थिक अबस्था कमजोर भएको हुदा निज पुर्णबहादुर राईलाई स्वदेश फिर्ता ल्याउन आवश्यक रकम लाग्ने भएको हुनाले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण सुङदेलबासी तथा नेपाली दाजुभाई तथा दिदि बहिनीहरुले आर्थिक तथा आवश्यक सहयोग गरिदिन हुन वडाध्यक्ष तेजकुमार राईद्वारा हस्ताक्षरित अपील पत्रमा अनुरोध गरिएको छ।

मलेसियाको एक सुरक्षा कम्पनीमा कार्यरत पुर्णबहादुर राई एकासी मानसिक संतुलन गुमाएपछि कार्यरत कम्पनीको नियन्त्रण भन्दा बाहिर गएपछि सम्पर्क विहिन भएका थिए। मलेसियामा गठीत विभिन्न सामाजिक संस्थाहरुको पहलपछि भेटिएका राई अहिले मलेसियाको एक जेलमा रहेका छन्। परिवारको आर्थिक अवस्था ज्यादै न्यून रहेको कारण मलेसियाको जेलमा रहेका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन परिवारले आर्थिक एवम् आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ।

पूर्णबहादुर राईको परिवारमा एक श्रीमती एक छोरा र एक छोरी रहेका छन। सहयोग गर्नका लागि राईको श्रीमती ममता राईको सम्पर्क नम्बर ९७४२४२५७७१ वा दाजु गंगाबहादुर राईको सम्पर्क नम्बरमा ९८४८९४३३७६ सम्पर्क गरेर आवश्यक सहयोग गर्न सकिने परिवार श्रोतले अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...