News Portal

नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौँ।
नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आज (सोमबार)बाट सरु हुँदै छ। नेपाली सेना र अमेरिकी सेनाबिच सोमबारबाट ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुन लागेको हो। विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन्।

नेपाली र अमेरिकी सेनाबिचको सैन्य अभ्यास काठमाडौँ र पोखरामा हुनेछ। मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्धार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रित रहने छ।

अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्धारका लागि निपूर्ण मानिन्छन्। अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्धारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन्। अभ्यास झन्डै एक महिनासम्म चल्ने छ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले भने, ‘विपद् व्यवस्थापन केन्द्रित तालिम हो। तालिमले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ।’ टीक नेल’ सैन्य अभ्यासको यो २२ औँ संस्करण हो। यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए।

अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन्। विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमूलक सहयोग गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...