News Portal

नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौँ।
नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आज (सोमबार)बाट सरु हुँदै छ। नेपाली सेना र अमेरिकी सेनाबिच सोमबारबाट ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुन लागेको हो। विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन्।

नेपाली र अमेरिकी सेनाबिचको सैन्य अभ्यास काठमाडौँ र पोखरामा हुनेछ। मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्धार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रित रहने छ।

अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्धारका लागि निपूर्ण मानिन्छन्। अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्धारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन्। अभ्यास झन्डै एक महिनासम्म चल्ने छ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले भने, ‘विपद् व्यवस्थापन केन्द्रित तालिम हो। तालिमले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ।’ टीक नेल’ सैन्य अभ्यासको यो २२ औँ संस्करण हो। यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए।

अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन्। विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमूलक सहयोग गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...