News Portal

खसी काट्न बिबाद हुदा बुवाले आफ्नै छोराको घाँटी काटे

हिमालीसंचार संवाददाता
७२० पटक

सल्यान – अष्टमी सुरु हुने रात बुवाले आफ्नै छोराको हत्या गरेका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हत्या गरेका हुन् ।

दसैंमा काट्ने खसीको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा करिब राति १० बजे तिर घरेलु हतियार हँसियाको प्रयोग गरेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै, रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

“हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो”, सुवेदीले भने । उनका अनुसार अमराज आफैँले पनि हत्या गरेको स्वीकारी सकेका छन् । प्रनाउ सुवेदीले भने, “राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हत्या गरेको प्रहरी जानकारी दिएको छ ।”

पारिवारिक विवादका कारण हत्या गरेको बताइएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताए । मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएकोसमेत स्थानीयवासीले बताएका छन् ।

मृतककी श्रीमतीको पहिले नै मृत्यु भइसकेको छ । दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएको बताइएको छ । मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...