News Portal

  • डडेल्धुरामा पहिलो पटक खानेपानीका धारामा मिटर जडान

    हिमाली संचार संवाददाता
    ३८६ पटक

    डडेल्धुराको परशुराम नगरपालिका मटहल्दोमा जिल्लामै पहिलो पटक खानेपानीको धारामा मिटर जडान गरिएको छ ।

    खानेपानीलाई मितव्ययी ढंगबाट उपभोग गर्ने र सबै उपभोक्तालाई बराबर पानी वितरण गर्ने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका-१२ पुन्तुरा मटहल्दोमा लालढुंगा खानेपानी उपभोक्ता समितिले मिटर जडान गरेको हो । यसले उपभोक्तालाई जिम्मेवार बनाउने उपभोक्ता समितिले जनाएको छ ।

    आयोजना जिल्ला खानेपानी डडेल्धुराको कुल ६२ लाख लागतमा सम्पन्न भएको हो । ५५ हजार लिटरको ट्याङकी भएको उक्त आयोजनाबाट ७५ घरधुरी लाभान्वित भएका छन् ।

    खोलाबाट पानी खानुपर्ने तथा खानेपानीको एकदमै समस्या भएको उक्त गाँउको धारामा मिटर जडान भएपछि सहज भएको उपभोक्ता समितिका अध्यक्ष हरी धामीले बताए । ‘खानेपानी कम भएको ठाँउमा योजनाले सहज भएको छ,’ उनले भने, ‘घर घरमा धारा भएपछि सबै गाँउले अहिले ठीक छ भन्छन ।’

    उनले अघि थपे, ‘पाँच वर्षको लागि आयोजनाले धान्ने भएपछि अबको पाँच वर्षसम्म आन्दछ छ ।’ उक्त नमुना आयोजना देखेपछि अन्य उपभोक्ता समितिले धारामा मिटर जडान गर्ने मनसाय बनाएको उनले बताए ।

    जम्मा ७५ घरधुरी रहेको पुन्तुरा मटहल्दोमा खानेपानी आयोजना सम्पन्न हुनुपूर्व पहिले १२ घरलाई १ धारा रहेकोमा लाइन लागेर पानी भर्नुपर्ने हुँदा खानेपानीको समस्या हुने गरेको थियो ।

    मिटर जडान भएपछि गाउँलेहरुले अहिले खानेपानीको जथाभावी प्रयोग गर्न छोडेका छन् । धारामा जडान गरिएको मिटरका कारण धाराबाट पानी खेर बग्न नदिन उपभोक्ताहरु सचेत भएका छन् ।

    ‘आजभोलि मिटर लगाएर पानी खेर जादैन, खानेजती पानी भर्छौ,’ मटहल्दोकी स्थानीय जमुना धामी भन्छिन,’ ‘विगतमा जथाभावी धारा खोल्ने गर्थे तर अहिले पैसा धेरै तिर्नुपर्छ भन्ने डरले पनि सबैले आवश्यक पर्दा मात्र धारा प्रयोग गर्छन ।’

    मिटर जडान भएपछि उपभोक्ताले २४ युनिटसम्मको १०० र त्यसपछिको थप १ युनिटको १० रुपैयाँका दरले तिर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal