News Portal

किरात राई यायोक्खा कतारको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा शंकरमान राई चयन

हिमालीसंचार संवाददाता
४५७ पटक

गजेन्द्र खालिङ/दोहा – किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले किराया शाखा कतारको अध्यक्षमा शंकरमान राई सर्वसम्मत चयन गरेको छ।

गत अक्टोबर १ तारिख शुक्रबारको दिन किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन २०७८ संस्थाका अध्यक्ष बिमल राईको सभापतित्वमा नेफिन कतारको अध्यक्ष पुरुषोतम सुनुवारको प्रमुख आतिथ्यमा दोहाको नज्मा स्थित सुन्दरबन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमान, नेफिन कतारमा आवद्ध मातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संस्थाका सल्लाहकार तथा पुर्वअध्यक्षहरु, कार्यसमिति, कलाकार लगायत कतारमा कार्यरत किरात राई दाजुभाई तथा दिदी बहिनिहरुको उपस्थितिमा सामाजिकदूरी कायम गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको खुल्लासत्रमा उपस्थित मातृ संस्थाका अध्यक्षहरु, एनसीसी कतारका अध्यक्ष मुसलमान, प्रमुख अतिथिको रुपमा उपस्थित नेफिन कतारका अध्यक्ष पुरुषोतम सुनुवार लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

आयोजित सम्पन्न आठौं अधिवेशनको निर्वाचन समितिको संयोजक एकराज राईको समंयोजकत्वमा भएको निर्वाचन प्रकृयाबाट अध्यक्ष पदमा शंकरमान राई निर्विरोध निर्वाचित भएका हुन्। शंकरमान राई अध्यक्ष, सीता राई वरिष्ठ उपाध्यक्ष, गजेन्द्र राई प्रथम उपाध्यक्ष, राजकुमार राई द्वितीय उपाध्यक्ष, पुर्ण बहादुर राई महासचिव, राजु राई सचिव, जीवन राई कोषाध्यक्ष, दिल कुमार राई सह कोषाध्यक्ष, सुक्र कुमार राई संस्कृतिक संयोजक, आशा राई महिला विभाग संयोजक लगायत १३ जना सदस्य सहित २३ जनाको कार्यसमिति चयन गरिएको हो। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...