News Portal

नेपाली जनसम्पर्क समिति मकाउको चौथो अधिवेशन सम्पन्न, सभापतिमा चण्डी योङ्या चयन

हिमालीसंचार संवाददाता
११०८ पटक

मकाउ – नेपाली जनसम्पर्क समिति मकाउको चौथो अधिवेशन मकाउ स्थित मेट्रोपोल होटलमा सम्पन्न भएको छ। जनसम्पर्क समिति मकाउको सभापतिमा चण्डी योङया निर्विरोध चयन गरिएको छ।

नेपाली जनसम्पर्क समिति मकाउका कार्यवाहक सभापति चण्डी योङयाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि, जनसम्पर्क समिति मकाउका पूर्वसभापति, नेपाली जनसम्पर्क समितिका संरक्षक सदस्य सुदर्शन थापा मगर रहेको कार्यक्रममा मकाउका स्थानीय संसद जोसे परेरा कोटिन्ह्रो प्रमुख अतिथि र स्थानीय मकाउका महासभाका अध्यक्ष (ATFPM) रिता सन्तोषा विशेष अतिथि रहेको थियो। 

कार्यक्रममा आमन्त्रीत अतिथिहरुले छोटो रुपमा आफ्नो धारणा राख्दै आयोजित कार्यक्रममा नया कार्यसमितिलाई विशेष कार्यसफलताको शुभकामना सहित आफ्नो धारणा राखेका थिए।

त्यस्तै, मकाउमा गठीत जनप्रगतिशिल मञ्च मकाउ, किरात राई यायोक्खा मकाउ, किरात याक्थुङ चुम्लुङ मकाउ, तामाङ धेदुङ संध मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ, मगरसंध मकाउ, तुमु गुरुङ समाज मकाउ र शेर्पा समाज मकाउका प्रतिनिधिहरुको उपस्थिति विच कार्यक्रम सम्पन्न भएको थियो। 

नया कार्यसमितिका सभापति चण्डी योङ्या, वरिष्ठ उपसभापति निर्मला थापा मगर, उपसभापति निर्मल उप्रेदी, महामन्त्री विनय गुरुङ, महामन्त्री नवराज पराजुली, सहमहामन्त्री पदम बुदाठोकी, सहमहामन्त्री गणेश बराल, सहमहामन्त्री जनक उप्रेदी, सचिव कुमार तिमल्सिना, कोषाध्यक्ष मोहन सिह पन्त, सहकोषाध्यक्ष संगीता खनाल, प्रबक्ता ज्ञानेन्द्र राउत, सदस्यहरुमा इश्वर गुरुङ, राजकुमार हरीजन, प्रदिप खत्री, निरज गुरुङ, अमर लिङदेन, सन्देश लिम्बु, भुबल गुरुङ, रुपेश पाखरिन, संदेश पौड्याल, भरत भट्टराई, किरण क्षेत्री, राम शर्मा र मकर दहाल गरी २५ सदस्य  नया कार्यसमिति गठन गरिएको हो।

आयोजत कार्यक्रम बडो छरितो ढंगबाट छोटो समयमा सम्पन्न गरिएको थियो। आजोजित कार्यक्रम निर्मला थापा मगरले संचालन गरेकी थिइन्। 

 

 

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...