News Portal

नारायण रायमाझीको २० वर्ष पूरानो गीत “कदमको छायाँले” नयाँ भर्सनमा सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८५७ पटक

काठमाडौँ।
गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीको गीत कदमको छायाँले नयाँ भर्सनमा सार्वजनिक भएको छ। कदमको छायाँले आमाको मायाले बोलको तीज विशेष गीत करिब २० वर्ष अगाडि रेकर्ड भएको थियो भने हाल नयाँ भर्सनमा तयार पारिएको हो।

गीत नयाँ एरेन्जमेन्ट गरी म्युजिक भिडियोसहित रिमा इन्टरटेन्मेन्टले रिलिज गरेको हो। पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिएका थिए।

लय पुरानै भए पनि शब्द र भिडियोमा देखिने कलाकारहरू समय सापेक्ष बनाइएको छ। पुनर्ताजगी गरिएको गीतमा सुनीता बुढा छेत्रीले स्वर दिएकी छिन्।

यसमा शब्द, संगीत रायमाझी स्वयंकै छ भने यसको म्युजिक भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको छायांकन तथा मिराज अर्यालको सम्पादन रहेको छ। म्युजिक भिडियोको निर्देशन नारायण रायमाझीले गरेका छन्।

पुरा भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...