News Portal

  • राष्ट्रिय राजनीतिमा नेपाल समूह निर्णायक शक्ति

    हिमालीसंचार संवाददाता
    ३३१ पटक

    काठमाडौं।
    नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ। नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

    नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल भएका हुन्। तर, नेपाल समूहले पार्टी एकतामा जाने वा सरकारमा सहभागी हुने निर्णय गर्न नसक्दा प्रधानमन्त्री देउवाले दुई साता बितिसक्दा पनि मन्त्रिपरिष्दलाई पूर्णता दिन सकेका छैनन्।

    देउवा नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वरमै धाइरहेका छन्।

    नेपाल समूह सरकारमा सहभागी भएको खण्डमा नेपाल समूहलाई ६ देखि ८ वटा मन्त्रालय दिने सहमति बनेको छ। उता जसपा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएसँगै तत्काल सरकारमा सहभागी हुने भएको छ।

    परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालय ताकेको जसपाले कम्तीमा ६ वटा मन्त्रालय लिने भएको छ। तर, नेपाल समूह सरकारमा सहभागी हुने नहुने निक्र्यौल नभएसम्म यसै भन्न सकिने अवस्था छैन। यो समाचार आजको नेपालसमाचारपत्र दैनिकमा छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...