News Portal

  • एनआरएनए बहराइनको आठौं अधिवेशन विवाद नै विवाद

    हिमालीसंचार संवाददाता
    ४२४ पटक

    कुवेत। गैर आवासीय नेपाली संघ बहराइनमा यतिबेला बिबादै बिबादले अछुताे रहेन । कार्यसमितिमा भएका समस्याको समाधानलाई कार्यसमितिले सुझाउन नसकेर यतिबेला छरपष्ट रुपमा बाहिर आएको छ। गैर आवासीय नेपाली संघ बहराइनको आठौं अधिवेशनका लागी बनाईएको निर्वाचन समिति खारेज गर्न माग गर्दै अध्यक्ष कुमार पन्तलाई पत्र पठाइएको छ। निर्वाचन समितिमाथि ८ बुँदे असहमति राख्दै एनआरएनए बहराइनका पदाधिकारीहरुले अध्यक्ष पन्तसमक्ष निर्वाचन समिति खारेज गर्न माग गरेका छन।

    निर्वाचन समितिले आफ्नो बैठकको माइन्युट नगरेको, केहि उम्मेदवारको उम्मेदवारी झुट्टा आरोप लगाएत खारेज गरिदिएको , उम्मेद्वारी मनोनयन दर्ता समय समाप्त हुँदा पनि बलजफत गरी उम्मेद्वार दर्ता गरेको, एउटै विषयमा फरक मापदण्ड अपनाइ एउटा पक्षको उम्मेद्वारी दाबी विरोधलाई स्वीकार गरेको लगायतका विषय गलत रहेको ठहर गर्दै निर्वाचन समिति खारेज माग गर्न माग गरिएको एनआरएनए बहराइनका वर्तमान उपाध्यक्ष एवं अध्यक्ष पदका उम्मेद्वार शुभास केसीले एक पत्रकार सम्मेलनको आयोजना गर्दै जाकारी गराए।

    “एउटा डिभाइसबाट एउटा मात्रै मतदान गर्न दिइनु पर्नेमा कार्य समितिले बहुमतबाट एउटा डिभाइसबाट जति पटक पनि मतदान गर्न दिने भन्ने एकल निर्णय गरेको र त्यसबाट चुनावमा धाधली हुन सक्ने भएकाले हामीले त्यसको लिखित विरोध गरेका छौं, तर अहिले सम्म कुनै सुनुवाइ भएको छैन,” केसीले भने। केसीले एनआरएनए बहराईनका अध्यक्ष लक्ष्मी गिरि, निर्बाचन संयोजक राजकुमार क्षेत्रि र अन्य केहिले मनोमानी ढंगले निर्बाचन प्रक्रियामा मनोपोली गरेकाले तत्काल खारेज गर्नुपर्ने बताए। केसीले आफुहरुले उनीहरुको मनोपोलीबिरुद्द मध्यपुर्व क्षेत्रिय समिति र आईसिसिलाई जानकारी गराईसकेकाले न्याय पाइनेमा आशाबादी रहेको बताए।

    उक्त पत्रकार सम्मेलनमा सबै प्रकृया पुरा गरेर पैसा तिरिसकेका प्रथम उपाध्यक्षका प्रतिस्प्रधी रामु काफ्ले र सहकोषाध्यक्षका उम्मेदवार अनमोल राक्सेमगरले आफुहरुलाई निर्बाचन समितिले झुटा आरोप लगाएर उम्मेदवारी खारेज गराएको बताए । निर्बाचन समितिले उनीहरुलाई नेकपा माओवादीको सदस्य भएको आरोप लगाउदै उम्मेदवारी खारेज गरेको थियो । तर उनीहरुले पार्टीबाट राजिनामा दिएर राजिनामा स्वीकृत पत्रसहित आफुहरु उपस्थित हुदा पनि राजनीतिक प्रतिसोधका आधारमा आफ्नो उम्मेदवारी खारेज गरेकाले यो निर्बाचन समिति खारेज गर्नैपर्ने बताए।

    उक्त सम्मेलनमा एनआरएनए बहराईनका सहकोषाध्यक्ष देव गिरिले एनआरएनए बहराईनको हिसाब अध्यक्षले मनोमानी हिसाबले खर्च गरेको र आर्थिक पारदर्शिता नभएको आरोप लगाए। उनले कोषको हिसाब कोषाध्यक्ष नहुदा आफुले हेर्नुपर्नेमा अध्यक्ष आफैले संचालन गर्नु गलत भएको बताए।

    कोषाध्यक्ष बिष्णुप्रसाद आचार्यले आफुलाई मानबिय त्रुटिका आधारमा अध्यक्ष लक्ष्मी गिरीले कारबाही गरेको बताउदै तत्काल कारबाहीमुक्त गर्नुपर्ने माग गरे उनले आफुले सबै जानकारी आईसिसिलाई गरेकोले न्याय पाउनेमा आशाबादी भएको बताए।

    कार्यक्रममा उपस्थित धेरै पदाधिकारी तथा बहराईनका संघ संस्थाले एनआरएनए बहराईनमा धेरै मनोपोली भएकाले तत्काल आईसिसिले हस्तक्षेप गरि अनुसन्धान गर्नुपर्ने बताए।

    श्री लक्ष्मी गिरी ज्यू

    अध्यक्ष , गैरआवासीय नेपाली संघ बहराइन ।

    बिषय :- स्पष्टीकरण पत्रको प्रतिउत्तर ।

    उपरोक्त बिषयमा मिती 03/06/2021 साझको करिब ६ बजे , म बिष्णु प्रसाद आचार्य गैरआवासीय नेपाली संघ बहराइन को कोषध्यक्ष लाई उद्रधित गर्दै प्रेसित स्पस्टिकरण सोधीएको पत्र अनुसार आफ्नो पदीय मर्यादा र ब्यक्तिगत नैतिक आधार ले प्रतिउत्तर दिन आबस्यक संझी पत्र मार्फत म प्रति लगाईएका अबैधानिक कपोकल्पित झुटा आरोप र प्रतिशोध को ठाडो रूपमा खारेज गर्दै ति झुटा आरोपहरू लाई बुदागत रूपमा खण्डन गर्दै , गैरआवासीय नेपाली संघ बहराइन भित्र हुदै आइरहेका ब्यथिती र विसंगती हरूको स- बिस्तार गर्दछु ।

    बुदाहरू ।

    (1) परिषद को निर्माण भन्दा बाहिर गयर नियोजित र खराब मनशाय ले सदस्यता जथाभावी प्रमाणित गर्ने गरेको बिषय माथी पछिल्लो बैठकमा कार्यसमिति का संरक्षक सल्लाहाकार तथा ICC सदस्य को उपस्थिति मा छलफल गरी यस बिषयमा म बाट सामान्य मनवीय त्रुटी हुन गयको स्वीकार गरी सकेको अबस्थामा उक्त बैठकमा उपस्थित सम्पूर्ण सल्लाहाकार संरक्षक र ICC सदस्य तथा कार्य समिति का सदस्य हरूले समान्य बिषय लाई हामि संग कुनै सोधपुछ अथवा आबस्यक परामर्श सम्म नगरी RC DRC लाई समेत ब्यवस्था गरी सिधै ICC लाई ईमेल गर्न नहुने निष्कर्ष सहित अगाडि बढ्न सुझाब दिएको स्मरण गराउन चाहन्छु ।

    (2) बैठकमा अनावश्यक र बिबादित कुरा गर्ने गरेको र NDA को व्यवास्था गरेको भन्ने सबालमा , म बाट त्यस्तो कुनै पनि अनाबस्यक र बिबादित कुराहरू गरेको मेरो स्मरणमा नभयको र जनकारी गराउदछु । यदि म बाट त्यस्ता कुनै अनावस्यक र बिबादित कुरा हरू हुदै गर्दा अध्यक्ष लाई बैठक संचालन को समयमा नै रूलीङ गर्न के ले रोकेको थियो ? यदि त्यस्ता खालका किर्याकलाप भय गरेको भय प्रमाणको रूपमा लिखित मौखिक अडियो रेकर्ड भिडियो रेकर्ड प्रस्तुत गर्न म चुनौती दिन चहान्छु । NDA को सबालमा बुदा नम्बर एक मा नै प्रस्टीकरण गरेको छु ।

    (3) अध्यक्ष लाई अमर्यादित तवरले व्यबहार गर्ने ,बैठकमा अध्यक्ष माथी बिस्वास छैन भन्ने अभिव्यक्ति दिएको संम्बन्ध मा यदि अध्यक्ष लाई बैठक मा प्रति प्रस्न गर्नु ,फरक मत राख्नु जस्ता बिषयलाई अमर्यादित व्यबहार भनेर चित्रण गर्ने हो भने गैरआवासीय नेपाली संघ को मूल्य मान्यता बिधान भित्र यस किसिमका क्रियाकलाप लाई अमर्यादित संज्ञा दिन सकिने कुन धारा उप धारामा व्यबस्था गरिएको छ ? यदि त्यसो होइन भने अध्यक्ष लाई अरू कसैको समाजिक जिबन ब्यक्तिगत जिबन र कुनै पनि संस्था को पदिय मर्यादा मा रहदा वा न रहदा पनि यस्ता किसिमका घटिया कपोकल्पित इर्ष्य पूर्ण घिन लाग्दो आरोप हरू लगाउन कुनै पनि किसिम ले छुट न रहेको स्मरण गराउदै ई सम्पूर्ण आरोपलाई प्रमाणित गर्न चुनौती दिन चहान्छु । बैठकमा अध्यक्ष माथी बिस्वास छैन भन्ने अभिव्यक्ति दिन मलाई अध्यक्ष स्वयं लक्ष्मी गिरी ले बाध्य बनाएको हो । कारण परिषदको बैठकमा छलफल र निर्णय भन्दा बाहिर गयर NDA मा हस्ताक्षर पछि पनि म निर्बाचित कोषाध्यक्ष लाई MIS प्रयोग मा आंसिक रूमा मात्र प्रयोग गर्न दिएको र यस सम्बन्धमा मौखिक कुरा गर्दा कोषध्यक्ष लाई पूर्ण रुपमा MIS प्रयोग गर्न आबस्यक छैन भनी मनोमानी ढङ्गले अगाडि बढेको , त्यस पछि मैले अन्य देशका NRNA NCC कोषध्यक्ष हरू र RC DRC ज्य हरू संग जनकारी लिदा NCC कोषध्यक्ष MIS प्रयोग र पंजिकृत सदस्य निर्माण मा अनिवार्य संलग्न हुनु पर्ने बुझ्न आएको ले MIS पूर्ण प्रयोगको लागी संबन्धित निकायहरू मा मौखिक उजुरी पस्चात मैले अधिकार पाएको हुदा यस बिषयमा आफ्नै कोषाध्यक्ष लाई अबिस्वास गरी माथीका कुरा हरू बाट गुम्राहामा राखिए पछि तपाइलाई कुन आधारमा बिष्वास गर्न सकिन्छ ? तपाईं लाई म प्रति प्रस्न गर्न चाहन्छु ।

    (4) संस्था भित्र गुट बन्दि गरेको , अलग समुह बनाएको NCC को कार्य बिधी उलङ्घन गरेको , अध्यक्ष लाई मिथ्या आरोप लगाएको , ICC लाई पत्राचार गरेको र अनुशासन हिन कार्य गरेको आरोप संम्बन्धमा मैले कुनै गुट बन्दि नगरेको अलग समुह नबनाएको प्रष्ट छ बरू अध्यक्ष स्वयं ले बिभिन्न गुट बन्दि चलाएको र आफ्नै समूह बनाई त्यहि समूह मा कुनै पनि बिषयको छलफलमा गरी यसरी जाने भन्ने गुटगत रणनीति बनाई बैठकमा प्रस्तुत हुने गरेको जगजाहेर नै छ । NCC को कार्यबीधी मात्र नभै ICC , बिभिन्न टाक्सफोर्स को कार्यबीधी उलङ्घन गर्दै अगाडि बढेको ज्वलन्त उदाहरण हो Covid 19 र ILO संबन्धी आफ्ना सिमित ब्यक्ति हरू संग मात्र छलफल गरी अगाडि बढेको र मलाई कुनै पनि छलफल वा जिम्मेवारी बाट पूर्ण व्यवास्था गरीएको अबस्था मा ICC बाट उक्त दुई शिर्षकको हिसाब मिलान संबन्धी पत्राचार मा कोषाध्यक्ष को अनिबार्य हस्ताक्षर मा खर्च बिबरण पठाउनु भनी पत्राचार पश्चात मात्र मलाई ई सम्पूर्ण बिषयमा जनकारी गराई हस्ताक्षर गर्न दबाब दिएको र यस संबन्ध मा मेरो फरक मत रहदा स्वयं अध्यक्ष लक्ष्मी गिरी ले म बाट गल्ती भयको आइन्दा यस्ता कुनै पनि काम हरू म बाट नहुने भनि मौखिक रूपमा आत्मालोचना समेत गरेको हुदा अब मलाई स्पट पार्नुहोस् की गुट गत अलग समुह मैले बनाए की अध्यक्ष स्वयं ले ?

    (5) ICC लाई पत्राचार गरेको र मिथ्या आरोप र अनुशासन हिन कार्य गरेको संबन्धमा म यस बिषयमा धेरै सवाल जवाफ न गरी RC लाई संबोधन गरी DRC लगाएत संपुर्ण ICC पदाधिकारी हरू लाई जनकारी सहित हामी चार जनाको हस्ताक्षेर को पत्र मा उल्लेख भयका सम्पूर्ण कुराहरू सहि र सत्य भयको कुरा यहि स्पस्ठिकरण को प्रतिउत्तर को पृष्ठ भूमीले प्रष्ट पारेको छ धन्यवाद जय NRNA

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १८ गतेको राशिफल

    आज असार १८, २०८२ (जुलाई २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...