News Portal

विदेशबाट फर्किएका यात्रुसँग बढी भाडा असुल्ने एक कार्मचारी पक्राउ

हिमालीसंचार संवाददाता
११८२ पटक

काठमाण्डौ – विदेशबाट नेपाल फर्किएका यात्रुसँग तेब्बर भाडा लिने बस काउण्टरका कर्मचारीलाई नेपाल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजधानीको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका एक कर्मचारी स्थायी ठेगाना स्याङ्जा चापकोट–७ बस्ने ३० वर्षीय मिलन सारु पक्राउ गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले बताए । 

राजधानीदेखि बा४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग उनले ३ हजार देखि ४ हजारसम्म भाडा लिएका थिए । काठमाडौंदेखि बागलुङको नियमित भाडादर नेपाल सरकारले ९ सय रुपैया तोकेको छ । बससहित उनलाई कारवाहीका लागि महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाइएको एसएसपी भट्टराइले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...