News Portal

विधानसभामा ममता बेनर्जीको हार, तर पुनः मुख्यमन्त्री हुन सक्छिन

हिमालीसंचार संवाददाता
६२१ पटक

ऐजेन्सी – भारतीय राज्य पश्चिम बंगालमा आइतबार भएको विधान सभाको मतगणनामा बिहानैदेखि दुई कार्यकाल सत्ता चलाएको तृणमूल कंग्रेसको रूझान देखियो। पार्टीकी अध्यक्ष तथा मुख्यमन्त्री ममता बेनर्जीले पनि आफ्नो क्षेत्रमा लगातार अग्रता लिइरहेकी थिइन्।

केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले निकै नै जोडबल लगाएको पश्चिम बंगालमा बेनर्जीको तृष्णमूलले सन् २०१६ सालको भन्दा बढी सिट जित्ने दिउँसोसम्म लगभग निश्चितजस्तै भइसकेको थियो तर बेनर्जीले जित्छन् कि हार्छन् भन्ने साँझसम्म स्पष्ट हुन सकेन।

साँझ हुन लाग्दा भारतीय मिडियाहरूमा बेनर्जीले प्रतिष्पर्धी शुभेन्दु अधिकारीलाई १२ सय मतान्तरले हराएको समाचार आयो । अधिकारी केही समय अघिसम्म बेनर्जी सरकारमा मन्त्री थिए। गत डिसेम्बरमा मात्रै उनी तृष्णमूल छोडेर भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए।

यो समाचार आएसँगै धेरै भारतीय नेताहरूले बेनर्जीलाई बधाई दिए। तर एकछिनपछि बेनर्जीले चुनाव हारेको र अधिकारी १६ सय मतले विजयी भएको खबर फैलियो।

साँझ सवा ६ बजेतिर निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा अधिकारी बेनर्जीभन्दा झन्डै १० हजार बढी मतले अघि रहेको देखियो। साँझ ७:४५ बजे अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूले जितेको दाबी गरे। उनलाई केन्द्रीय मन्त्रीसहित विभिन्न नेताहरूले बधाई दिए। केहीबेरमा तृणमूल कंग्रेसले आधिकारिक ट्वीटर ह्यान्डलबाट मतगणना जारी रहेको बतायो।

राती ८:५५ बजे निर्वाचन आयोगले पछिल्लो मत गणनाको जानकारी दियो। त्यसमा बेनर्जीले ८४ हजार ४ र अधिकारीले ८२ हजार ५ सय ५१ मत ल्याएको देखियो। राती सवा दश बजे आयोगको वेवसाइटमा बेनर्जी अधिकारीभन्दा ८ सय २० भोटले अगाडि रहेको देखिन्थ्यो।

राती ११ बजेतिर निर्वाचन आयोगले अन्तिम परिणाम वेवसाइटमा राख्यो जसअनुसार अधिकारी १ लाख ९ हजार ६ सय ७३ मत ल्याएर विजयी भए भने १ लाख ७ हजार ९ सय ३७ मतमात्र पाइन्।

बेनर्जीले मतगणनामा धाँधली भएको भन्दै अदालतको ढोका ढकढक्याउने बताएकी छन्। चुनाव हारेपनि बेनर्जीलाई तेस्रो कार्यकालका लागि मुख्यमन्त्री हुन अवरोध नहुने हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय संविधानको धारा १६४ (४) ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ।

बेनर्जीले उक्त धाराअनुसार मुख्यमन्त्रीको सपथ लिने र छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर आउने सम्भावना छ। पश्चिम बंगालमा पार्टीलाई दुई तिहाईभन्दा बढी बहुमत दिलाएकी बेनर्जीले यसरी मुख्यमन्त्री बन्नु संवैधानिक, राजनीतिक र नैतिक रूपले पनि स्वीकार्य हुने विश्लेषकहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...