News Portal

कुवेती नागरिकको छोराद्वारा नेपाली घरेलु कामदारको छुरी प्रहार गरी हत्या, परिवारलाई संपर्कमा आउन दुताबासको आग्रह

हिमाली संचार संवाददाता
१३६१ पटक

हरि कृष्ण न्यौपाने
कुवेत, २३ सेप्टेम्बर – कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन। राहदानी नं. ०६५५६१९६ र नेपाली नागरिकता नं. २४८०(सुनसरी) रहेकी पेसल माया राइको ३ अगस्ट, २०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा प्रहार गने कुवेती नागरिक जेलमा रहेको र घट्नाको थप अनुसन्धान भईरहेको बताइएको छ।

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर भने – मृतकको आफन्त अनी घर परिवारसंग संपर्क पनि हुन नसक्दा शब पठाउन र अन्य कानुनी प्रकृया शुरु गर्न सकिएको छैन। मगरले थपे – आफ्नै कुवेती मालिकको छोराबाट छुरी प्रहार गरी पेसल माया राइको हत्या भएको प्रमाणित भईसकेको छ भने हत्या गर्ने मालिकको छोरो हाल कुवेतको जेलमा छन। मृतक पेसल माया राइको परिवार वा आफन्तहरु कसै संग पनि संपर्क हुन नसकेको हुँदा शब पठाउने तथा मृतकको परिवारले पाउने क्षतिपुर्ती लगाएत अन्य कानुनी प्रकृया शुरु हुन सकेको छैन। दितिय सचिब मगरले यसै समाचार मार्फत मृतक पेसल माया राइको परिवार वा आफन्तहरुलाई नेपाली दुतावास कुवेतको संपर्कमा आउन अनुरोध गरेका छन।

मृतक पेसल माया राइ बि.स. २०७० भदौ ४ गते ब्यक्तिगत भिसामा कुवेतका लागि घरेलु महिला कामदारका रूपमा श्रम स्विकृति लिएर कुवेत आएको रेकर्डमा देखिएको छ। राहदानी जारी मिती २७ जुन, २०१३(सुनसरी) र जन्म मिती १९७३ नोभेम्बेर १२ रहेकी पेसल माया राइलाई चिन्नु हुनेले उनको परिवार वा आफन्तहरुसम्म यो सुचना प्रबाह गरिदिन अनुरोध गर्दै नेपाली दुताबास कुवेतको हटलाइन नं. ००९६५ – ९८८६९१२१ मा सम्पर्क गरिदिनु हुन नेपाली दुताबास कुवेतले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...