News Portal

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको महासचिवमा अन्जन चौलागाईकाे उम्मेदवार

हिमालीसंचार संवाददाता
३७१ पटक

काठमाडौं -सिन्धुपाल्चोकमा जन्मनु भएका अन्जन कुमार चौलागाईं एनआरएनए एनसीसी अमेरिकाको महासचिव पदमा उम्मद्बारी सामाजिक सञ्जाल मार्फत निरन्तर गरिरहेका छन् । २००९ मा अमेरिका आउनु भएका चौलागाईं सुरु देखि नै न्यूयोर्क बस्दै आउनु भएको छ। २०१४ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्यत लिनु भएका चौलागाईं २०१९ को निर्वाचनमा महसचिवमा प्रतिस्पर्धी हुनुहुन्थ्यो।

चौलागाईं राजनीतिक रुपमा पनि खारिएका यूवा हुनुहुन्छ। शंकरदेव क्याम्पसमा नेपाल बिधार्थी संघ (नेवि संघ) को इकाई सभापती समेत भईसकेका ब्यक्ति हुनुहुन्छ। नेवि संघको पुर्ब केन्द्रिय सदस्य मात्र होइन र सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा पटक-पटक सदस्य भएर काम गरेको अनुभव छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले जेल समेत भोगेका चौलागाईं ०६२-०६३ को आन्दोलनमा ३ महिना जेल बसे सेमत बसेको बताउनु हुन्छ।पछि उहाँलाइ सर्वोच्च अदालतले बन्दि प्रत्यक्षीकरण रिटका आधारमा रिहाई गरेको थियो।

अमेरिकाको नेपाली समाज बिभिन्न कुराले विभक्त छ।आफूले एनआरएनए एनसीसी अमेरिकाको महासचिवको हैसियतले संघ-संस्था, समाज, राजनीति, कला, धर्म, संस्कृति इत्यादि कुरालाइ संयोजन गरेर नितान्त्रता दिनमा प्रशानको हेडको रुपमा काम गर्ने बताउनु हुन्छ।

एनआरएनए भनेको राजनीतिबाट बाहिर छैन।हाम्रा सबैजसो मुद्दाहरु राजनीतिसँग गाँसिएका छन्। यति मात्र होइन एनआरएनए एनसीसीमा एउटा छुट्टै राजनैतीक ब्यूरो नै हुनुपर्छ र आफूले त्यसलाई स्थापना गरेर राजनैतिक क्षेत्रका सबै मुद्दाहरुलाई सहजीकरण गर्न भूमिका खेल्ने योजना चौलागाईको रहेको छ।

यसर्थ नेपाली अमेरिकी समुदायलाई एक बनाउने उद्देश्यका साथ अगाडी आएको हुँ, चौलागाईंले हलिउडखबरसँग भन्नु भयो। अब अमेरिका आएपछि नेपालको राजनीति भन्दा माथि उठ्नुपर्छ, राजनैतिक स्वार्थ भन्दा आम नेपाली समुदायको लागि एनआरएनए एनसीसी अमेरिकाले काम गर्नुपर्छ।

उनी भन्छन “मेरो समाज सेवाप्रतिको सक्रियता हेरेर साथीभाईहरुको आग्रहमा मैले उमेद्वारी दिने निर्णय गरेको छु। म न्यूयोर्क मात्र होइन अमेरिकभरी नै सामाजिक काममा संलग्न हुन् चाहन्छु। सबै नेपाली अमेरिकनहरुको आफ्नो हुन चाहन्छु। त्यसैले सबै मतदाताको मत पाउने विश्वास गरेको छु”।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...