News Portal

  • कुवेतबाट ४० जनाले पठाएको कार्गो १३ महिनासम्म पनि पुगेन नेपाल

    हिमालीसंचार संवाददाता
    २२५१ पटक

    कुवेत – कुवेतबाट कार्गो गर्दा एक वर्षसम्म पनि पठाएको सामना नपाएको भन्दा अचम्म लाग्छ होला। तर यो वास्तविक रुपमा यस्तै भयो। २०२० फेब्रुअरीमा ४० जनाले कुवेतको आराेसी कार्गोबाट नेपाल सामान कार्गो गरेका थिए।

    काेभिड-१९ कै कारणले २०२० मार्च महिनामा नेपालमा लगडाउन भयाे। त्यसैकारणले गर्दै केही सामान ढिलाे हुने भयाे भनेर सबै ग्राहकलाई जानकारी दिईयाे। कोरोनाकै कारणले गर्दाखेरि ४/५ महिना ढिलो भयाे। काठमाडौंस्थित कार्गो कार्यालयमा हामीले सम्पर्क गर्यौ, आराेसी कार्गो सञ्चालक डम्बरजंग मल्लले भने- केही समय लागनेछ।

    अहिले आएर ४० जनाले सम्पर्क गर्दा फोन समेत नउठाएको गुनासो हिमालीसंचारलाई जानकारी दिए। त्यसपछि हामीले आराेसी कार्गो सञ्चालक मल्ललाई सम्पर्क गरेका थियाै।

    सञ्चालक मल्लले टेलिफोन सम्पर्कमा कुरा गर्दै भने विमानस्थल भन्सारमा भन्सार शुल्क १४ देखि १५ लाख तिर्नुपर्ने जानकारी दिए। १५ दिन भित्र सबै सामान पुर्याउने भनेरसमेत भनेका थिए। यसरी १३ महिना हुदासमेत सामान नपाएपछि कार्गो गर्ने मध्ये एक जनाले भने हामीले गल्ती गरेर आरोसीबाट कार्गो गरेछौं।

    ४० जनाको सामानमा धेरैको खाद्यपदार्थ रहेकाे जानकारी हामीले पायौँ। खाद्यपदार्थ १३ महिना भैइसक्दा धेरै सामानको मिति समाप्त भईसकेकाे छ। अब मिति समाप्त भएको सामान पाएपनि के काम  लाग्लाा र भनेर  एक जना पिडितले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...