News Portal

कुवेतबाट ४० जनाले पठाएको कार्गो १३ महिनासम्म पनि पुगेन नेपाल

हिमालीसंचार संवाददाता
२३४२ पटक

कुवेत – कुवेतबाट कार्गो गर्दा एक वर्षसम्म पनि पठाएको सामना नपाएको भन्दा अचम्म लाग्छ होला। तर यो वास्तविक रुपमा यस्तै भयो। २०२० फेब्रुअरीमा ४० जनाले कुवेतको आराेसी कार्गोबाट नेपाल सामान कार्गो गरेका थिए।

काेभिड-१९ कै कारणले २०२० मार्च महिनामा नेपालमा लगडाउन भयाे। त्यसैकारणले गर्दै केही सामान ढिलाे हुने भयाे भनेर सबै ग्राहकलाई जानकारी दिईयाे। कोरोनाकै कारणले गर्दाखेरि ४/५ महिना ढिलो भयाे। काठमाडौंस्थित कार्गो कार्यालयमा हामीले सम्पर्क गर्यौ, आराेसी कार्गो सञ्चालक डम्बरजंग मल्लले भने- केही समय लागनेछ।

अहिले आएर ४० जनाले सम्पर्क गर्दा फोन समेत नउठाएको गुनासो हिमालीसंचारलाई जानकारी दिए। त्यसपछि हामीले आराेसी कार्गो सञ्चालक मल्ललाई सम्पर्क गरेका थियाै।

सञ्चालक मल्लले टेलिफोन सम्पर्कमा कुरा गर्दै भने विमानस्थल भन्सारमा भन्सार शुल्क १४ देखि १५ लाख तिर्नुपर्ने जानकारी दिए। १५ दिन भित्र सबै सामान पुर्याउने भनेरसमेत भनेका थिए। यसरी १३ महिना हुदासमेत सामान नपाएपछि कार्गो गर्ने मध्ये एक जनाले भने हामीले गल्ती गरेर आरोसीबाट कार्गो गरेछौं।

४० जनाको सामानमा धेरैको खाद्यपदार्थ रहेकाे जानकारी हामीले पायौँ। खाद्यपदार्थ १३ महिना भैइसक्दा धेरै सामानको मिति समाप्त भईसकेकाे छ। अब मिति समाप्त भएको सामान पाएपनि के काम  लाग्लाा र भनेर  एक जना पिडितले भने।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...