News Portal

भिसाको अवधि सकिनु अगावै साउदी अरब नफर्किए ३ वर्ष प्रतिबन्ध

हिमालीसंचार संवाददाता
४१९ पटक

साउदीअरब – पुनः प्रवेश (रि–इन्ट्रि) भिसामा फर्किएका श्रमिकले समयअवधि सकिनु अगावै नै साउदी अरब नफर्किएको अवस्थामा तीन वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ। आइतबार वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामार्फत रि–इन्ट्रि भिसामा फर्किएका आप्रवासी श्रमिकहरु भिसाको अवधि सकिनु अगावै काममा नफर्किएको खण्डमा ती कामदारलाई तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको भनिएको छ।

सूचनामा भनिएको छ, ‘साउदी सरकारले रि–इन्ट्रि भिसामा स्वदेश गएका कामदारहरु सो भिसाको अवधि सकिनु अगावै काममा नफर्किएमा यस प्रकारका कामदारहरु तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।’ तर, जुन कम्पनीबाट रि–इन्ट्रि भिसामा गएको हो सोही कम्पनीमा नया“ भिसामा आउन अनुमति पाएमा उक्त अवधिअगावै आउन बाधा नपर्ने भनि साउदी अरबको अध्यागमन कार्यालयले जनाएको सूचनामा उल्लेख छ।

मतलब रि–इन्ट्रिको अवधि रहदै सोही कम्पनीमा नया“ भिसा पाएमा पनि प्रवेशमा रोक नलगाइने सूचनामार्फत भन्न खोजिएको छ। रि–इन्ट्रि भिसामार्फत् साउदी जानेहरुले भने स्वास्थ्य प्रोटोकल तथा प्रतिबन्धमा सम्बन्धमा नियमहरु पालना गर्नुपर्ने भनिएको छ। पछिल्लो समय साउदीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि साउदी सरकारले कोरोना संक्रमण कम गर्न स्वास्थ्य प्रोटोकलका अतिरिक्त नियमहरु बनाएको छ।

रि–इन्ट्रि भिसामार्फत् व्यापारिक मलहरुमा जाने हरेकले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको ‘ट्वाककल्ना एप्स’ अनिवार्य रुपमा आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने सूचनामा भनिएको छ। डाउनलोड गरिएको एपबाट कोरोना संक्रमण भएका व्यक्तिगको आवागमनको ट्रेसिङ हुने जनाइएको छ। यसैगरी ३१ मार्चबाट हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन प्रतिबन्ध हटाउने निर्णय गरिएपनि १७ मे सम्मलाई लम्ब्याइएको पनि सूचनामार्फत् भनिएको छ।

त्यस्तै, विभिन्न २० देशका नागरिकलाई साउदी अरब प्रवेशमा रोक लगाइएको छ। साउदी अरबले रोक लगाइएको देशहरुमा भारत, पाकिस्तान, अर्जेन्टिना, ब्राजिल, इजिप्ट, फ्रान्स, जर्मनी, इन्डोनेसिया, आयरल्यान्ड, इटली, जापान, लेवनान, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्विटजरल्यान्ड, टर्की, युएइ, बेलायत र अमेरिका रहेका छन्। यी २० देशबाट आप्रवासीहरु, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनीहरुका परिवारहरु अर्काे व्यवस्था नभएसम्म साउदी अरब प्रवेशमा रोक लगाइएको सूचनामा भनिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...