News Portal

जापानमा बागलुङका युवाको निधन

हिमालीसंचार संवाददाता
४१९ पटक

जापान – रोजगारीको सिलसिलमा विगत ८ वर्षदेखि जापानको आइचीकेनको खासुगाइ सिटीमा बस्दै आएका बागलुङ ग्वालीचौरका एक युवाको निधन भएको छ।

पौंदी समाज जापानका अध्यक्ष गोविन्द भुसालका अनुसार श्रीमतीसहित जापानमा रहेका ३७ वर्षीय मधु आचार्यले गत सोमबार राति आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

श्रीमान् श्रीमतीबीच बेमेलका कारण अलगअलग बस्दै आएका आचार्य दम्पतीको गत शनिबार अन्तिम वार्तालाप भएको श्रीमती सरस्वतीले जानकारी दिइन्। आचार्य दम्पतीको ५ वर्षिया छोरी हाल नेपालमा छिन्।

चुकुल लगाएको आफ्नै कोठामा मृत अवस्थामा भेटिएकोले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको बुझिएको छ। आचार्यको पार्थिव शरिर अहिले नागोयाको खासुगाई सिटीस्थित प्रहरी कार्यालयमा राखिएको छ। स्व.आचार्य कुक पेशामा कार्यरत थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...