
मकाउ – मञ्जुश्री सम्बत् २८५७ औ लाङ ल्हो सोनाम ल्होछारको अबसरमा मकाउमा संगठीत मकाउ तामाङ घेदुङले विशेष शुभकामना आदन-प्रदान कार्यक्रम तथा सामुहिक भोज कार्यक्रम २०२१ आज एक कार्यक्रमका साथ नेपाली रेष्टुरेन्ट ८८४८मकाउमा मकाउ तामाङ घेदुङले सोनाम ल्होछार मनाएको छ।
मकाउ तामाङ घेदुङ संघका उपाध्यक्ष कल बहादुर तामाङको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एनआरएन मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, विशेष अतिथि नेपाली सहयोगी हातहरु मकाउका निर्देशक उदय राज वाग्ले, विशेष अतिथि नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष सुदर्शन थापा मगर र अतिथिहरुमा मकाउ भित्र क्रियाशील संध संस्था साथै समाजसेवी व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो।
आयोजित कार्यक्रममा विशेष अतिथि, प्रमुख अतिथि लगायद आमन्त्रित अतिथिहरुले सामुहिक रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धाटन गरिएको थियो। आयोजित शुभकामना आदन-प्रदान कार्यक्रममा विभिन्न संस्थाका प्रमुख, प्रतिनिधिहरुले आ आफ्नो धारणा राखेका थिए। आयोजित कार्यक्रम संस्थाका सचिव भिरेन वाईवाले कार्यक्रम संचालन गरेका थिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
