News Portal

हङकङको जोर्डन र साम सोइ पो कोरोना शुन्य, परीक्षणमा नगएकाहरुलाई ५ हजार जरीवना

हिमालीसंचार संवाददाता
४५४ पटक

हङकङ – हङकङ सरकारले कोरोना भाईरस नियन्त्रण गर्नका लागि हङकङका विभिन्न स्थानमा लगकाउन धोषणा गरेर कोभिड -१९ टेष्ट गर्दै आएको छ। हिजो जोर्डन र साम सोइ पो कोरोना टेष्ट गर्दा त्यस क्षेत्रमा कोरोना भाईरस शुन्य भेटिएको हो।

हङकङ सरकारले रोग निवारण तथा नियन्त्रण गर्न निश्चित व्यक्ति केन्द्रित अनिवार्य परिक्षण अध्यादेश क्याप्सन ५९९ प्रयोग गर्दै कोरोना भाइरस उच्च संक्रमण क्षेत्रमा प्रत्येक रात लकडाउन धोषणी गर्दै कोरोना परीक्षण गर्दै आएको छ। हिजो सरकारले दुई स्थानमा एम्बुस लकडाउन गरेर कोरोना परीक्षण गर्दा नतिजा शुन्य भेटिएको हो। 

हङकङको मान यीङ बिल्डिङ, २-२४ मान यीङ स्ट्रीट , फेरी पोइन्ट जोर्डनमा अनिवार्य परिक्षणको अभ्यास करिब ७ बजेतिर सकिएको थियो । हाङ ओन  बिल्डिङ, ८८-९० फुक विङ स्ट्रीट / ४६A-46C क्वेइलिन स्ट्रीट,  साम सोइ पो जहाँ लकडाउनको घोषणा बेलुकी ८:३० बजे भएको थियो। आज बिहान ९:३० बजे सम्म लकडाउन जारी रहेको थियो ।

साम सोइ पोको सानो लकडाउन एरियाको ५९ घरमा कर्मचारीहरु पुगेका थिए । जसमा १५ वटा घर्को ढोका खोलिएन। जोर्डनबाट करिब १ गजार ४ सय ५० जनाले परिक्षणमा भाग लिएका थिए । करिब १ हजार घरको ढोकामा कर्मचारी पुगेका थिए । त्यस क्षेत्रमा २ सय ७० वटा निवासको ढोका खोलिएन। जोर्डन र साम सोइ पो को लकडाउनमा शुन्य संक्रमण भेटिए।

साम सोइ पो प्रतिबन्धित इलाकाबाट अनिवार्य परिक्षणमा नगएका पाँच जनालाई जनही हङकङ डलर ५ हजार जरिवाना गरिएको छ । कोरोना परीक्षण गर्न जान अनुरोध गरिएको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...